कृष्ण प्रधान
(मञ्जरी भिलेज, इमाडोल, ललितपुर)
१. सूत्रमा कविता नबुझिएजस्तै मान्छेलाई सूत्रमा बुझिन्न । समीक्षा नै गर्नुपर्छ विस्तारित समीक्षा । समीक्षा सूत्रमा लेखिन्न । मान्छेको समीक्षार्थ बाहिरी बनावटको समीक्षा गरेर पुग्दैन भित्री बनावटको समीक्षा गर्नुपर्छ । अब मान्छे भन्नेबित्तिकै हामी हात, खुट्टा, टाउको, आँखा, नाक, कान, मुख, पाइताला, रौँ, कपाल, औला, घाँटी, उदर आदि सबै सबै एकैचोटि कल्पना गर्छौं । देख्तैनौँ त्यहाँ अलग अलग आँखा, अलग अलग हातखुट्टा, अलग अलग नाक, कान, घाँटी, मुख आदि आदि । मानिस भन्नु नै भौतिकरुपमा त्यस आकारको ती सबैको समुच्च आकारको सबैको सजावटको सग्लो भनेर हामी देख्छौँ। तर ‘मानिस’ त्यतिले मात्र पूर्ण हुन्छ त ? हुँदैन । छैन । हुनसक्दैन । उसका ती बाहिरी आवरण हुन् । हामी बाहिरी आवरणको सग्लो मान्छे करिब साढे पाँच फुट वा केही अग्लो वा होचो, पुड्को, बलियोबाङ्गो, मोटोदुब्लो, गोरोकालो, गहुँगोरो आदिका रङरुपमा पनि हेर्छौं रदेख्छौँ। ती सब बाहिरी आवरण हुन् हाम्रा दुई आँखाले देख्ने मान्छे । एउटा अन्धाले ‘मान्छे’को परिकल्पना कस्तो गर्दो हो, जो जन्मजात अन्धो छ । उसले सुनेर रछामेर बुझ्ने हो, अनुभूत गर्ने हो तर आँखा नभई भौतिक रुप अनुभूत हुँदैन रबुझिँदैन । ‘मान्छे’का बाहिरीभन्दा भित्री रुप जानीनसक्नु हुन्छन्। जान्न बाहिरी आँखाले पुगोइन्, भित्री आँखा चाहिन्छ । त्यो भित्री आँखा भनेको ज्ञान हो, विवेक हो, विवेचन हो, ध्यान हो, योग हो । ध्यान र योगको जोड हो, आफूले स्वयम्ले आफूलाई बुझ्नु हो ।
२. ‘मान्छे’ आखिर आँखा, नाक, कान, हातगोडा मात्र होइन। उसभित्र अहम् पनि छ, घमन्ड पनि छ, माद पनि छ । दया पनि छ, करूणा पनि छ । घृणा पनि छ । चेतना पनि छ, अर्धचेतना पनि छ, अवचेतना पनि छ । मूर्खता पनि छ । बुद्धि पनि छ, अक्कल पनि छ । विचार पनि छ । दार्शनिक पनि छ । धार्मिक पनि छ । पापी पनि छ । चलाख पनि छ, लाटो बोधो पनि छ । त्यस्तो‘भित्री’ मान्छे चिन्नचाहिँ सोझो हेरेर मात्र चिनिँदैन । त्यो ‘मान्छे’ चिन्न भित्री आँखा, ज्ञान, विवेचन गर्नसक्ने क्षमता, ध्यानदृष्टिका चिन्तना पनि चाहिन्छन्।
३. मान्छे कन्जुस पनि छ, दानी पनि छ । उसभित्र चोर पनि छ, डाँका पनि छ । ज्ञानी पनि छ, मूर्ख पनि छ । मान्छेभित्र के छैन ? जो बाहिर देखिन्छ त्योभन्दा धेरै भित्र छ मान्छेमा। बाहिर देखेर उसलाई चिनिँदैन । त्यसलाई चिन्न भित्री मान्छे पढ्नुपर्छ । त्यो उससितको सङ्गतले, उसका व्यवहारले, उसका आम बानी र कर्मले बुझिने हो । मान्छे धोकेबाज पनि छ, इमानदार र वचनको पक्का पनि छ । ठग पनि छ उतिकै, ढाँट र छलकपट पनि छ । रङ्गीन रमाइलो पनि छ मान्छे । उराठलाग्दो विरक्तिलो र उदास उदास पनि छ मान्छे । हेर्दा सन्तसाधु भए पनि ज्ञानी छैन मान्छे । हेर्दा ज्ञानीजस्तो देखिए पनि बुझ्दा हठी, ढोँगी पनि लाग्नसक्छ ऊ । यसैले मान्छे चिन्न जति अप्ठ्यारो, गाह्रो र कठिन अरु केही छैन । ऊ वैज्ञानिक पनि छ, सिपालु पनि छ, चतुर पनि छ । समस्याको समाधानकर्ता र समन्वयकर्ता पनि छतर त्यही ‘मान्छे’झगडाको बिउ पनि छ । उसका कारण वर्षौंवर्ष युद्धभइरहन सक्छ । उसैका कारण मतभेद भइरहनसक्छ । उसैका कारण युद्ध पनि हुन्छ । उसैका कारण शान्ति पनि हुन्छ । बुझी नसक्नु, चिनी नसक्नु जानी नसक्नु अजबको प्राणी हो मान्छेजो उसका दुई दुई हातखुट्टा नाक, कान, आँखा, मुख, अनुहार, टाउको र बाहिरी छालाले बताउँदैन रभन्दैन । हो, कसैका अनुहारका छविले प्रतिछविले रङले त्यहाँ प्रतिबिम्बित चित्रणले उसलाई बुझ्न केही अनुमानसम्म गर्न सकिएला तर त्यो नै पर्याप्त छैन भन्छन् मनोविद्हरु । मान्छेको अनुहारबाट धेरै कुरा पढ्न सकिन्छ । पे्रमीप्रेमिकाले तिनका ‘मान्छे’लाई आँखाले पढ्छन्। हाउभाउले बुझ्छन्र इसाराले तिनका भित्री तहसम्म छाम्छन् त्यो पे्रमीप्रेमिकाका दम्पतीका कुरा भए तर सँगै बसेर वर्षौंवर्ष दाम्पत्य गुजारेका पारिवारिक गुजारेका जोडीले पनिलोग्नेले स्वास्नीलाई बुझेको र चिनेको हुँदैन, स्वास्नीले लोग्नेलाई । अर्थात् तीभित्रका छली, कपटी वा त्यस्तै इमानी, आदर्श र वचनबद्ध मान्छेलाई कहिलेकाहीँ नचिन्दा चिन्न नसक्दा डरलाग्दा पारिवारिक दुर्घटना पनि हुने गर्छन् । त्यो दुर्घटनाले ‘मान्छे’लाई आत्महत्या गर्न पे्ररित गरी अहङ्कारी र व्रmोधी पनि बनाउँछ, उसभित्र ‘हत्यारा’ पनि देखाउँछ । मान्छे यस्तो छ । ज्ञानी पनि भित्रभित्रै ‘हत्यारा’ भइरहेको हुन्छजुन देख्न रबुझ्न सकिँदैन । उसका कर्तुत जब बाहिर आउँछन् त्यो बेला ती ज्ञात हुन्छन्।
४. यसैले‘मान्छे’ जो बाहिरको सग्लो वा बाङ्गो वा जे भौतिक पदार्थको देखिन्छ त्योभित्रको असली‘मान्छे’को रुप भिन्न धेरै कठिन र कठिनतम् हुन्छ । साह्रै जटिल र चव्रmव्यूह हुन्छ मान्छे ।‘मान्छे’भित्रको चव्रmव्यूहबुझ्न र त्यसबाट बाहिर निस्कन निकै गाह्रो हुन्छ । सितिमिति सकिँदैन पनि । अग्निका सातफेरा लगाएर जिन्दगीभर सँगै बाँच्ने सँगै मर्ने कसम खाएकाहरु वा पे्रमले बाँधिएकाहरु, प्रेमविछोडले छट्पटिन नमान्नेहरु र जातीय विभेदका बाबजुद आफ्ना प्रेमकारङ नबदलेकाहरु सबै सबै जब जीवनका उकालीओरालीबाट गुज्रन्छन् गुज्रँदै जान्छन् तब तब तिनका जीवनमा व्यवहारबोधिसत्व प्राप्त हुँदै जान्छ । बोधिसत्व प्राप्त हुँदा त ठिकै हो कहिलेकाहीँ तिनमा राक्षस बोधिसत्वचाहिँका देशना हुँदा तिनले पहिले गरेका सबै वाचा प्रतिबद्धता प्रतिज्ञा सबै भुल्छन् रसम्बन्ध पारपाचुकेमा पुग्छ । अदालत पुग्छ तिनका प्रेमकहानी । पालिकाका वडाका ढड्डामा अभिलिखित हुन्छन् तिनकासम्बन्धका नालिबेली। गाउँसमाज इष्टमित्र नातासम्बन्ध, कुलकुटुम्ब जोरिपारीतिर पनि तिनका ती सम्बन्ध लहलहाउँछन् बेगमबेलीको लहरा फैलिएजसरी । वाचा गरेर सँगै बाँच्नेमर्ने कसम खाएर पनि तिनले भित्रका आआफ्ना ‘मान्छे’लाई चिनेका हुँदैनन् । बिर्सेका हुन्छन् त्यो ‘मान्छे’लाई र नयाँ मान्छे आफूभित्र जन्माउँछन्। लोग्नेले स्वास्नीलाई चिनेको हुँदैन, स्वास्नीले लोग्नेलाई । तिनका सम्बन्ध अरुले चिन्ने कुरा पनि हुँदैन । ती आफैले चिन्ने हुन् ती कुरा, ती सम्बन्ध । अग्निको सातफेरा अदालतको चौघेरा र बारतिर फेरा लाउँदा मात्र थाहा पाइने कुरा भयो, तीभित्रका मान्छेको स्वरुपरुप । सँगै एउटै सिरानी हालेर सुतेको लोग्नेले स्वास्नीको गर्दन छिनालेको घटना छ । सँगै सुतेकी स्वास्नीले गलामा लोग्नेकै मङ्गलसूत्र भिरेर लोग्नेलाई छिनालेको घटना छ । यथार्थ छ । ती ‘लोग्ने’ले ‘स्वास्नी’ले आफूभित्रका ‘लोग्ने’र ‘स्वास्नी’को मान्छे रुप नचिनेरै त्यस्ता हविगत भोग्नुपरेको हुन्छ । यस्तो छ‘मान्छे’भित्रको मान्छे ।
५. मान्छे अपराधी पनि छ । हत्यारा पनि छ । मान्छे नै होतर जब जब अपराध कर्म गर्न अग्रसर हुन्छ÷गर्छ, जब जब हत्या गर्न उद्दत हुन्छ÷गर्छ तब तब उसभित्रको वास्तविक मान्छे हराएर कहाँ जान्छ उसलाई नै पत्तो हुँदैन । मान्छे अन्धो हुन्छ आँखा भएर पनि । व्रmोधले, स्वार्थले, लोभले, पापले, घृणाले, रिसले, आवेगले, अविवेकले, अज्ञानताले, न्याय गर्न नसक्नेले स्वयम्लाई जब जब कुकृत्य गर्छ अनि गरिसकेपछि उसका आँखा खुल्नसक्छ। सबैको नखुल्ला पनिर पश्चात्तापमा जीवन बिताउँछ । पश्चात्ताप गर्नुपूर्व उसलाई उसका ज्ञानको ढकनी खोलिएको भए पश्चात्ताप गर्नुपर्ने स्थिति आउँथेन तर मान्छेले पाप गर्दा परिणाम हेर्दैन । रिसमा वेद पढिँदैन भन्छन्।
६. हेर्दा साधुमार्गमा हिँडेको देखिन्छ कुनै सन्त, महन्त, साधु, जोगी, सन्यासी । त्यो पनि मान्छेका चेतनका मार्गै हुन् तर कतिपय जोगी साधुसन्यासी ती बाहिरी आवरणले हुन्छन्, भित्री ‘जोगी‘ ‘साधु’ आर्कै हुन्छ । हेर्दा खरानी धसेको, निधारमा सुर्केचन्दन लगाएको छ, निधारमा महादेवकै त्रिनेत्र बनाएर हिँडेको छ, जटाधारी छ, कमण्डलु छ, चिम्टा छ, अलखनन्दनमा छ, पीतवस्त्रादिको पहिरन छ, नाङ्गो पाइतालामा छ । हेर्दा ‘सन्यासी’ नै लाग्छ । सबै मोह, माद, लोभ त्यागेको यौन सुखसुविधा भोग सबै त्यागेको ज्ञानी तपस्वी लाग्छ तरत्यस्तै वर्णका छापमा ‘साधु’ ‘सन्त’, ‘महन्त’,‘मठाधीश’,’महागुरू’ जे भनौँ मध्यरातमा ज्ञान प्राप्त भयो भन्दै मनले खाएकी भक्तिनीलाई आफ्ना कुटीर आश्रममा बोलाएर यौनशोषण गर्छ । भारतेली यस्तै आश्रममा र हाम्रै बराहक्षेत्रमा पनि यस्ता घटना भएका कुरा बाहिर आएकै हुन् । सन्यास भनेको सन्यासै हो, लोभ, माया, मोह, क्षोभ, भोग, लालसा, यौन पक्कै होइन। अब यस्ता ‘साधु’का भित्री मान्छे ‘दानव’लाई कसरी चिन्ने ? उसका प्रवचन,महावाणी, भजनकीर्तन र तर्पनतापले पनि चिनाउन सकोइन्। उसका आवरणले चिनाउन सकोइन्। मान्छे यस्तो छ । बैरागी बनेका पनि ‘रागी’ छन्् । ‘साधु’ बनेका पनि ‘हरामी’ छन्। पीतधारी बनेका सुखलोलुप छन्। यसै मान्छेलाई उसका वस्त्र, आभूषण, अलङ्कार रमानपदवीले चिन्न सकिँदैन । उसभित्रको मान्छे चिन्न उसले पहिले स्वयम्लाई चिन्नसक्नुपर्छ ।
७. हामीलाई लाग्दो हो, सुटबुटका पहिरनका उच्च कोटी असल घरानाका होलान् भनेर । लाग्दो हो, धोतीकछाड लाउनेहरु तन्नमगरिब होलान् भन्ने पनि । लाग्दो हो, सोह्रै शृङ्गारमा सजिएर बसेकी नारी सम्पूर्ण हो भनेर । आभूषणले भरिएकी गरगहनाले छपक्कै छोपिएकी र शृङ्गार सजावटले धपक्कै बलेकी साँच्चै घरानिया स्त्री होलिन् भनेर पनि तर जब जब तिनका आचरण व्यवहारले तिनलाई तिनका आभूषण, गरगहना र शृङ्गारपटारको मानमनितो राख्न सकोइन् ती ‘स्त्री मान्छे’ नरहलान् पनि । पुरूषमा पनि यहीलागु हुन्छ । दौरासुरूवाल र कोट ढल्काउँदैमा ऊ महापुरूष बन्दैन । लबेदासुरूवाल, ढाका टोपी ढल्काउँदैमा ऊ असल हुँदैन । घोडामा सवार हुँदैमा ऊ महान् हुँदैन । त्यो बाहिरी देखिने मान्छेको रुप हो, स्वरुप हो, शृङ्गार हो, तानाबाना हो, हेर्दा देखिएको‘मान्छे’हो तर मान्छेलाई त्यसरी चिनिँदैन रबुझिँदैन । उसलाई उसका शृङ्गारर आभूषणले बुझिँदैन । उसलाई उसका पहिरनले बुझिँदैन । उसलाई उसका खानपानले बुझिँदैन ।
८. मान्छे आडम्बरी,अहङ्कारी र षड्यन्त्रकारी पनि उत्तिकै हुन्छ । भित्री खोव्रmो हुन्छ तर उसलाई बाहिर आडम्बर देखाउनै पर्छ । बाजेका पालाको हिङ नभए पनि हिङ बाँधेको टालो देखाउनै पर्छ उसलाई । जातको उछितो काड्नै पर्छ र मनुस्मृतिले देखाएको बाटोमा हिँड्नैपर्छ उसलाई । मान्छे आकारले प्रकारले भौतिक आवरणले एउटा भाले लोग्नेपुरूष मर्द जात भए पनि वा पोथी स्त्रीमहिलानारीजनाना जाति भए पनि ती तीले जातका आडम्बरमा पानीपधेँरा बार्छन्, बसाउठा बार्छन् । जात एउटै हो भाले वा पोथी वा उभय लिङ्गकै सही एउटै जातले अर्कोलाई बारेको छ । त्यसले एउटाले उँचो जात र अर्कोलाई निचो जात देख्छ । मान्छे यस्तो छ ।
९. देख्दा मित्रवत्जस्तो मान्छे भित्रभित्रै षड्यन्त्रका तानाबाना बुनेर षड्यन्त्रकारी रुप पनि देखाउँछ । अहङ्कारले यतिसम्म थिचेको हुन्छ कि उसले वरिपरि कोही देख्दैन । यस्तो कि ऊ अन्धोजस्तै हुन्छ अहङ्कार र मादले । त्यही मादले आफूलाई समेत सिध्याउँदा पनि उसले चाल पाउँदैन । यस्तो छ मान्छेको बहुरुप, अनेक रुप । युद्धकोहुङ्कार र अहङ्कारले मान्छेकै कारण सयौँ वर्षसम्म युद्ध भइरहन्छ । इजरायलका यहुदी र प्यालेस्टाइनका पिलिस्तानी मान्छेबिचका रगत रगतमा नसा नसामा युद्धकै रगत बगिरहेको देखिन्छ । सन् १९४५ देखि ती परस्पर लडिरहेकाछन्। सम्भवतः अर्को सय वर्ष पनि पुग्ला, तिनका युद्धरुप । ती जन्मँदै युद्ध बोकेर जन्मिन्छन् र मर्दा पनि युद्धसितै मर्छन् ।
१०. मान्छे आतङ्ककारी पनि छ । आतङ्क मच्चाउनु उसको धर्मैजस्तो ठानिन्छ । ओसामा बिन लादेन अमेरिकीका लागि‘आतङ्क’ थियो । उसलाई बिसौँ वर्ष लगाएर अमेरिकीले सफाया गरे पनि‘बिन लादेनका मान्छे’हरु सबै सफाया छैनन् । अमेरिकी नजरमा ‘विनलादेनी’ मान्छे ‘आतङ्ककारी’हुन् भने बिन लादेनीका नजरमा ‘अमेरिकी’ ‘आतङ्ककारी’ हुन् । यो उनीहरुको हेर्ने नजरिया हो । तिनले ती नजरिया बिच्छ्याउँदा ‘मान्छे’चाहिँ बिर्सेका हुन्छन्, भुलेका हुन्छन्, देख्दैनन् । आफूलाई मात्र चोखो देख्छन्, फुटाएर हुन्छ कि, जुटाएर हुन्छ कि, लडेर हुन्छ कि, लडाएर हुन्छ कि ‘आतङ्ककारी मान्छे’ मान्छेमा आतङ्क मात्रदेख्छ, मान्छे देख्दैन । मान्छेले‘मान्छे’नदेखेरै समस्या आएको छ मान्छेमा । त्यो सितिमितिदेखिन्न ।
११. धोकेबाज पनि छ मान्छे । विश्वासिलो मान्छे नै कहिलेकाहीँ कुनबेला ‘धोकेबाज’ निस्कन्छ पत्तै हुँदैन । पिताले’पितृत्व’बिर्सेर धोका दिएका छन् कति छोरीलाई र पु¥याएका छन् कोठीमा । अग्निका सात फेरा घुम्नेले पनि दलालका हातमा बेचिदिएका छन् आफ्नै जीवनसङ्गिनीलाई र तिनले कोठीमा नारकीय जीवन भोगेर बाँच्नपरेको छ । यस्तो हुन्छ मान्छे । ऊ कुनबेला ‘दलाल’निस्कन्छ कुनबेला ‘पिशाच’ बन्छ पत्तै पाइन्न । झगडालु हुन्छ मान्छे हेर्दा सुबानी लागे पनि । उसको सुबानीपनले ‘झगडिया’ मान्छे बताइरहेको हुन्न । झिनामसिना कुरामा पनि झगडाको बिउ खोजिरहन्छ मान्छे । मर्दा सबै चिज छाडेरै जाने हो धरतीलाई नै तर पनि त्यही धरतीमा बस्दा एक सेन्टिमिटर जग्गामा छिमेकीसित निहुँ खोजिरहन्छ मान्छे ।‘राम्रोछिमेकी’ ‘झगडिया छिमेकी’मा परिणत भएको पत्तै हुँदैन । यसैले जो देखिन्छ आवरणमा त्यो देखिने कुरा मात्र हो भित्री आवरण अर्कै हुन्छ, त्यसको गर्न सकिँदैन सितिमिति अनावरण । अरुको त के कुरा धरती बनेकी आमाले छोरीलाई छोरी मात्र देख्छे, छोरीजस्तै बुहारीमा ‘छोरी’देख्तिन । सासूले ‘बुहारी’नदेखेकै कारण कति ‘बुहारी’ले ससुरालीमा सासूलाई स्वयम् भोग चढ्नुपरेको छ । छोरी पनि कसैकी ‘बुहारी’ हुन्छे भन्ने यथार्थ चटक्कै बिर्सेर ‘बुहारी’माथि अगेनु खन्याउँछन्, मटितेल खन्याउँछन् र झोस्छन् आगो । खरानीमा परिणत हुन्छे ‘बुहारी’ । ती कसैकी छोरी हुन् भन्ने मान्छेले ‘सासू’मान्छेले बिर्सिदिँदा यस्तो हुन्छ । भइरहेको छ । यस्तो छ मान्छे ।
१२. यसैले मान्छे जो देखिन्छ, त्यो होइन। नदेखिएको पनि‘मान्छे’हो । खोज्नुपर्छ त्यसलाई ।
१३. वैज्ञानिक पनि हो, इन्जिनियर पनि हो मान्छे, चिकित्सक पनि । रकेट उडाउने चन्द्रमामा पाइला टेक्ने मान्छे मङ्गल ग्रहमा पाइला राख्न उद्यत छ । जानी नसक्नु रहस्यहरुको गर्भ खोतल्ने पनि उही हो । मान्छेजस्तै यस्तो रहस्य बोकेका स्थावर अरु भइदिए यो संसारको चित्र अर्कै हुन्थ्यो होला । धन्न ऊजस्तो अरु स्थावर नभएकैले उसले यो धरतीमा एकछत्र राज्य गरिरहेको छ, युगौँदेखि ढुङ्गे युगदेखि अहिले साइबर युगसम्म । सम्भवतः अनन्त अनन्तसम्म पनि राजै गर्ला मान्छेले । यस्तो चिनिनसक्नुको मान्छे जति ज्ञानी, सिपालु, चलाक, बुद्धिमानी, विवेकी, मार्मिक,सन्त, महात्मा, विद्वान् छ त्यति नै मूर्ख, राक्षस, पापी। अधर्मी, अहङ्कारी, छद्मी, आडम्बरी, झगडिया, सुराखी, बदनाम पनि उतिकै छ । यो सब जान्दाजान्दै पनि एक दिन ऊ धरती छाडेर विलीन हुनपुग्छ र पनि उसका कुकर्महरु हराएका हुँदैनन् । एक दिन मर्नुपर्छ भन्ने जान्दाजान्दै मान्छेले नमरी संसार देख्दैन । मरेपछि त्यो ‘कर्म’ कुकर्म देखिने कुरा भएन स्वयम्ले । एउटा कुरा सत्य के हो भने मान्छेले जीवनकालभर स्वयम्लाई चिन्न सक्दैन, यतिसम्म कि मरेको दिन पनि उससित अलिकति बोल्ने श्वास रहेछ भने पनि स्वयम्लाई चिन्दैन । चिनिने त कर्मले हो । चिन्दाचिन्दै बुझ्दाबुझ्दै एक दिन निर्निमेष उसले आँखा पल्टाउँछ, मुट्ठी खोल्छ र खरानी हुन्छ, माटो हुन्छ, हावापानी यस्तै यस्तै के के हुन्छ । संसारमा मान्छेको गतिमति करोडौँकरोड वर्षदेखि सम्भवतः त्यसरी नै चलिरहेको होला ।
जानेर जानी नसक्नु
बुझेर बुझी नसक्नु
चिनेर चिनी नसक्नु
यस्तो छ मान्छे । तपाईं हामी सबैभित्र छ त्यो ‘मान्छे’ ।