डा. शेखरकुमार श्रेष्ठ

१. विषयप्रवेश
ध्रुव मधिकर्मी नेपाली तथा नेपाल भाषामा कलम चलाउने मूर्धन्य स्रष्टा हुन्।उनको जन्म २०१५ साल कात्तिक १४ गते भक्तपुरमा भएको हो।उनका पिता आदिदास मधिकर्मी र माता इन्द्रमाया मधिकर्मी हुन्।२०३३ सालदेखि साहित्य सिर्जनामा लागेका मधिकर्मीका समय सन्दर्भ (कवितासङ्ग्रह २०३९), पीडाको जङ्गल (गजलसङ्ग्रह २०६८), जिन्दगी र समय (२०४५) तथा दृष्टि र घनघोर जङ्गल (२०५८) कथासङ्ग्रह, लघु लघुकथासङ्ग्रह (संयुक्त, २०३५), बुद्ध कहीँ छैन (२०५१) र ओरालोको सिलसिला (२०७८) लघुकथासङ्ग्रह, समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर(समालोचनासङ्ग्रह), अवतार विघटन (संयुक्त उपन्यास) जस्ता कृति प्रकाशित छन्।यसै गरी नेपाल भाषामा उनको ध्रुव मधिकर्मीया बाखं प्रकाशित छ।
यस लेखमा २०५० देखि २०७१ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित भई ओरोलोको सिलसिलामा सङ्गृहीत ४० ओटा लघुकथाको अध्ययन लघुकथा तङ्खवका आधारमा गरिएको छ।यो कृति २०७२÷७३ मा नै प्रकाशनार्थ तयार थियो तर सात वर्षपछि प्रकाशित भयो ।
२. सैद्धान्तिक आधार
लघुकथा आख्यान विधाको उपविधाअन्तर्गत पर्छ।जीवन र जगत्को एउटा प्रवाहमा जमेको घटनालाई शृङ्खलाबद्ध रुपमा गद्य भाषाका माध्यमबाट कुतूहल, कलात्मक सिर्जना गर्दै चोटिलो समापनका साथ छोटो आयाममा प्रस्तुत गरिएको रचना लघुकथा हो।लघुकथा आख्यानको लघुरुप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तङ्खवका कारण यो आफैमा पूर्ण हुन्छ।यसका तङ्खव भनेको लघुकथा लेखनका लागि आवश्यक पर्ने साधन हो।यसका अध्येताले लघुकथा लेखनका तङ्खवनिरुपण गरेका छन्।यहाँ कथानक, चरित्र, परिवेश, भाषाशैली, उद्देश्य र शीर्षकका आधारमा ओरालाको सिलसिलाकलघुकथाकोअध्ययनगरिएकोछ।
२.१. विषयवस्तु
प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत पहिलो लघुकथा ‘संस्कार’ हो।यसमा आफूलाई आधुनिक बनाउँदै ऊ पात्रले प्राचीन मूल्यमान्यतालाई अन्धविश्वास मानी ईश्वर नहुने कुरा साथीसँग गरेको छ।उसले साथीसँग मूर्तिलाई ढुङ्गा घोषणा गर्छ।विवाद बढ्दै जाँदा साथीले मूर्तिमा ईश्वर नभए लात हानेर नास्तिक भएको प्रमाणित गर्न चुनौती दिन्छ।यसलाई स्विकार्दै सुरूमा ऊ पात्रले आफू नास्तिक भएको देखाउन मूर्ति छेउमा एकान्त पारी जान्छ तर लात हान्न सक्दैन।यसरी यसमा मानिसले आफूलाई जतिसुकै नास्तिक ठाने पनि उसभित्र रहेको आदिम संस्कारका कारण नास्तिक बन्न नसक्ने आशय प्रकटित छ।यसमा सांस्कृतिक मनोविज्ञान छ।
‘जत्था’मा बलियो पक्ष वा समूहबाटकमजोर वा एक्लो व्यक्ति पीडित बन्ने कुरा छ।यसमा तिनीहरु (समूह) ले ऊ (एक्लो) व्यक्तिलाई आफूसँग भएका हतियारले तर्साई बन्धक बनाउँछ।यस बन्धनबाट मुक्ति लिन ऊ पात्रले दाजुभाइ र आफन्त हेर्नुपर्ने कुरा बताउँदा चलमलाउने गोडा बाँधिदिन्छन्।छोराछोरी झगडा गर्न लागेको कुरा गरी छुट्याउनलाई छाड्नभन्दा तिनीहरुले हातहरु बन्धक बनाइदिन्छन्।ऊ पात्रले श्रीमतीलाई प्रेम दिन आफूलाई छाड्नभन्दा उनीहरुले छाती नै ढुङ्गा जस्तो कठोर बनाइदिन्छन्।यसै व्रmममा ऊ पात्रले आफ्नो इच्छा विपरीत बन्धक बनाएको कुरा गर्दा तिनीहरुको इच्छा पूरा नगरेकाले बन्दी बनाएकोसुनाउँछन्।अन्तमा तिनीहरुको विचार ऊ पात्रले कुनै हालतमा नमान्नेभन्दा जबर्जस्ती बलपूर्वक घिसारेर आफ्नो समूहमा लैजान्छन्।यस स्थितिमा ऊ पात्रले शरीर आफ्नो भए पनि आफ्नो नियन्त्रणमा नरहेको महसुस गर्छ।उसले आफूमा रहेको स्वतन्त्रता मरेको ठहर गर्छ।यसरी यसमा बलियो जत्था, विस्तारवादी शक्ति, ठुला पार्टी, सङ्गठन, हातहतियारले अरुलाई अधीनमा लिँदा मानवीय स्वतन्त्रता खोसेको कुरा आएको छ।यस लघुकथाले दश वर्षे जनयुद्धको प्रताडनालाई मार्मिक रुपमा चित्रण गरेको छ।साथै शक्तिसम्पन्न राष्ट्रले नेपाल, नेपालीको स्वतन्त्र विचार आदि कब्जा गरेको कुरासमेत उल्लेख गरेको छ।यस कथाले निरीह व्यक्ति, समाज, राष्ट्र आदि शक्तिशालीको बन्धनमा पर्ने कुरा गरेको छ।यो कथा राजनीतिक र विस्तारवादी विषयसँग सम्बन्धित छ।
‘शुभचिन्तक’मा प्रजातन्त्र प्राप्तिका लागि जीवन दाउमा राखेर व्रmान्तिमा सहभागी हुँदा साथ दिने आफन्त नभएको तर प्रजातन्त्र आई मन्त्री बनेपछि गोरू बेचेको साइनो जोडेर नभएका आफन्त पनि शुभचिन्तक बनी आएको कुरा छ।यसमा राजनीतिक विद्रोह र व्रmान्ति सफल भएपछिको राजनीतिककर्मीको फरक जीवनलाई मानिसले हेर्ने मनोवृत्ति प्रस्तुत छ।
‘कमाइ’ले भारतबाट नेपालीले विभिन्न कुरा सहयोग लिने व्रmममा दाइजो प्रथा पनि लिएको कुरा व्यक्त गरिएको छ।यसमा भारतको कुनै सहरमा बस्ने मारवाडी नेपाल आई व्यापार गर्दै बसेको कुरा छ।मारवाडीले छोरा जन्मेपछि एक लाख कमाइ भएको भनी छोराको जन्ममा खुसी मनाएको कुरा छ।यस कथाले एकातिर भारतीय नागरिकको नेपाल प्रवेश देखाएको छ भने अर्कातिर भारतीय संस्कृतिको प्रभावका कारण नेपालमा तिलक प्रथा र अधिक दाइजो दिनुपर्ने संस्कार भित्रिएको कुरा उल्लेख छ।यस कथाले सामाजिक विसङ्गति, सांस्कृतिक अतिव्रmमण, भारतीय नागरिकको नेपालमा खुलेआम बसोबास रहेको कुरा व्यक्त गरेको छ।
‘लक्ष्य’मा ऊ पात्र लक्ष्यमा पुग्न तीव्र गतिको यात्रामा सरिक भएर अगाडि पुगे पनि कहाँ पुगेको थाहा नपाई रूमल्लिएको छ।यस कथामा लक्ष्यविहीन यात्राले मानिस, समाज, राजनीति, देशलाई कुहिरोभित्र अलमलिरहेको काग बनाएको कुरा छ।यसमा तिस वर्षको यात्रा देखाई पञ्चायती व्यवस्था फाली नेपाल अगाडि बढे पनि कहाँ पुगेर यात्राको अन्त हुने भन्ने अलमलले नेपालको आन्दोलन सडकमा अलमिलरहेको कुरा देखाइएको छ।यसमा मानिसले आफूलाई जतिसुकै परिवर्तन गरे पनि अन्तमा बाटाको भेउ नपाई अलमलिने कुरा छ।यसले पौरस्त्य ब्रह्मज्ञानरहित दार्शनिक चिन्तनलाई पनि ध्वन्यात्मक रुपमा अभिव्यक्त गरेको छ।
‘भुत्ते हतियार’मा ऊ पात्रसँग भुत्ते हतियार भएको देखाइएको छ।ऊ पात्रले आफूसँग भएको त्यही हतियार लिएर निरीह र निर्दोष मानिसलाई आफ्नो अधीनमा राखेको थियो।उसको हैकमी प्रवृत्ति लामो समय चल्छ।हतियारबाट त्रसित मानिसले उसबाट भयभीत भई उसलाई मानसम्मान गर्छन्।समयव्रmमसँगै जनताले उसको हतियार भुत्ते भएको देख्छन् अनि सामान्य जनताले पनि उसको हैकम मान्न छाड्छन्।यस कथाले पुरानो विचारलाई कसैले नमान्ने कुरा एकातिर गरेको।डर र त्रासमा गरिने राजनीति क्षणभङ्गुर हुने कुरा देखाइएको छ।
‘घरझगडा’लघुकथामा तिनीहरु पात्र छन्।यसमा पुरानो, अपायक, सानो घर भत्काएर बनाउन सबैको सहमति जुटे पनि घर भत्किएपछि कस्तो घर बनाउने भन्नेमा मत बामिmँदा घरबारविहीन भएको स्थिति छ।यसमा पुरानो सत्ता र संविधान फालिएपछि नयाँ सत्ता र संविधान कस्तो बनाउने भन्ने विषयमा झगडा पर्दा देश बेथितिको सिकार भएको कुरा व्यञ्जना अर्थमा आएको छ।यस कथाले गतिछाडा राजनीतिक माहोल प्रस्तुत गरेको छ।
‘बाटैबाटो’मा जनता, समाज, पार्टी, सरकार र राष्ट्रको लक्ष्य एउटै नबनेका कारण अनेक बाटाको नक्सा कोरिएको तर सबै अपूर्ण रहेको कुरा छ।यसले देशको सवालमा एकै चिन्तन, विचार र लक्ष्य नहुँदा देशले विकासको बाटो नलिएको तितो सत्य ओकलेको छ।
‘सुनको फूल’ले नेतृत्वको ज्ञान र क्षमता प्रस्तुत गरेको छ।यसमा सामान्य मानिसलाई नेता बनाएर सुनको फूल पार्ने कुखुरा दिँदा लोभका कारण कुखुरा नै मारेर दैनिक आम्दानीको स्रोत टुटेको कुरा प्रस्तुत छ।यसमा कुखुरा मर्दा नेताले एउटा फूल प्राप्त गरे पनि जनताले केही नपाएको कुरा छ।यसलाई पनि व्यञ्जनार्थमा हेर्दा नेपालमा संविधान बने पनि नेताले आफ्नै स्वार्थमा त्यसको उपयोग गर्ने हुँदा संविधानका नियम मिचिएको कुरा आएको छ।
‘हातको चरा’मा केटाकेटी पात्र छन्।केटाकेटीले अचानक रङ्गीचङ्गी प्वाँख भएको चरा हातमा पार्छन्।त्यससँग खेल्दै जाँदा अन्तिममा चरा फुत्केर उड्छ।त्यो हाँगामा गई अरु चरासँग बस्छ।केटाकेटीलाई चरा गुमाउँदा दुःख नलागेको बरू अर्को लिन उफ्रिरहेको कुरा छ।यसमा पाएको चिज सदुपयोग गर्न नसकी अप्राप्य वस्तु प्राप्तिका लागि व्यर्थ प्रयास भइरहेको कुरा छ।यसले नेपालमा प्रजातन्त्र, संविधान आए पनि त्यसलाई सबैले खेलौना बनाउँदा फुत्केको र फुत्काइएको पीडासमेत नलिई अर्कोका लागि समय र श्रम खेर फालिरहेको कुरा गरेको छ।
‘बमर बेलुन’मा बेलुनलाई शान्तिको द्योतक मानिएको छ।बालिका बेलुनसँग खेल्न र रम्न चाहन्छे तर बेलुनलाई नेताले खेली बालिकालाई चाहिँ बमसँग खेल्न दिइएको छ।यसमा शान्तिलाई नेताले अपहरण गरी बमचाहिँ जनतालाई दिइएको प्रसङ्ग छ।
‘ओरालोको सिलसिला’ यस सङ्ग्रहको बाह्रौँ र कृतिको नामकरण भएको कथा हो।यसमा भ्रष्टाचारी प्रवृत्ति घरको चुल्होदेखि सरकारसम्म व्यापक बनेको कुरा छ।सबै जना भ्रष्टाचारी भएकाछन्।प्रधानमन्त्रीले भ्रष्टाचार गरेको समाचार पत्रकारले छापेपछि मन्त्रीदेखि खरिदारसम्मलाई त्यसले आश्चर्यमा पारेको तर पिउनलाई भ्रष्टाचारले छोएको छैन।ठुला भ्रष्टाचार समाचारमा आए पनि घरखर्चको सामान किन्न जाँदा हुने भ्रष्टाचार कसैको आँखामा परेको छैन।भ्रष्टाचारी प्रवृत्तिले सबैलाई छोएका कारण देश ओरालोतिर लागेको कुरा यस लघुकथामा वर्णित छ।
‘अन्धाधुन्ध दौड’मा नेपालका नेता र कार्यकर्ताको प्रवृत्ति आएको छ।यस कथाले नेपालको सिद्धान्तविहीन र नेतामुखी राजनीतिलाई देखाएको छ।राजनीतिक दलका कार्यकर्तालाई नेताले अन्धो बनाएका छन्।यसकै कारण कार्यकर्तामा विवेक छैन।परिणामतः कार्यकर्ताले यथार्थ बुझ्नुभन्दा नेताले जे भन्यो त्यसलाई अक्षरशः पालन गरी दौडिरहेका छन्।नेपालको राजनीति सिद्धान्तमा नभई नेतामुखी बनेको कुरालाई यस कथामा देखाइएको छ।
‘राजनीति’मा जङ्गलमा बस्ने बाघले भेडा नखाई मान्छे खान थालेको छ।यसमा ङ्गलको राजनीति सहर पसेको बताइएको छ।मान्छेको हिंसा गर्न बानी परेपछि बाघले जनावर मारेर नखाने भन्दै अहिलेको हिंसा जङ्गलबाट मानव समुदायमा स्थानान्तर भएको देखाइएको छ।
‘बजार’मा हरेक पेसाकर्मीले आफूलाई बेचिरहेको देखाइएको छ।यसमा एउटी तरूनीले फूल बेच्ने पेसा अँगाले पनि फूल नभई उसकै यौवनको फूल विव्रmी भएको देखाइएको छ।कथामा पेसा नभई यौवनको व्यापार भएको देखाइएको छ।यौन व्यापारले समाज भाँडिन्छ भनी दिनमा विरोध गर्ने नै राती यौनको ओढ्ने ओढ्न पुगेको देखाइएको छ।
‘अर्थोक’मा मानिसको व्यापारिक प्रवृत्ति देखाइएको छ।यसमा धार्मिक र पवित्र काममापनि व्यापार भएको देखाइएको छ।कथामा मन्दिर बनाउन उठाइएको पैसाले मन्दिरका साथै धर्मका ठेकेदारले घर बनाएकोेदेखाइएको छ।
‘गोष्ठीहरुको देश’ले गोष्ठी, सेमिनार, छलफल र प्रवचन गर्दै समय, श्रम र लगानी सकिएकोले भनिएको छ।काम गरेर देश विकास गर्नुपर्नेमा कुरा र छलफलमै देश जकडिएको छ।कथाले नेपालको सामाजिक स्थिति र राजनीतिको पर्यावलोकन गरेको छ।
‘धोएको गधा’मा गधा धोएर गाई बन्दैन भन्ने उखानलाई गलत साबित गरिएको छ।कथामा नेपालको राजनीति सिद्धान्तमा नभई नेताको पुच्छर बनेको उल्लेख छ।
‘सामान्य कारण’मा एउटा शीर्षकभित्र चार ओटा कथानक छ।यसमा आएको अन्तले सबैलाई समेटेको छ।पहिलोमा घाम राम्रोसँग लागेर हावा कतै नचलेका बेला यात्रा सुरू गरे पनि घामकै सहारामा यात्रा गर्ने मानिसको झोला रित्तो भएकोले यात्रीको जीवनमा घनघोर छाया परेको कुरा व्यक्त छ।दोस्रोमा एक्लै हिँडिरहेको ऊ पात्रलाई कसैले आव्रmमण गरेको तर उसले प्रतिरोध गर्न (सिप नहुँदा) नसक्दा आव्रmमणमा परी मरेको छ।त्यस्रोमा ऊ पात्र राष्ट्र र समाजभित्रकै व्यक्ति भए पनि सहाराविहीन बनेर महँगी, अनैतिकता, अन्याय, कुकर्म र अनादर्शको सिकारमा परी मानिस एक्लो बन्दै गएको छ।चौथोमा ऊ पात्र महाभारतको अभिमन्युजस्तै सत्यमा लाग्दा चारैतिरका छलछाम, ईष्र्या, बेइमान, अनादर्शका कारणबाँच्नसकेको छैन।यस लघुकथाको अन्तले नेपालमा प्रजातन्त्र आए पनि ऊ पात्रमा धोका षड्यन्त्र, छलछाम, जालझेल आदि नहुँदा एक्लो बनी कसैले नबचाएको स्थिति चित्रित छ।
‘एक्लो नेता’मा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा प्रस्तुत छ।यसले मानिसलाई सबैको नेतृत्व गर्नुपर्ने कुरा गरी अरुलाई तर्साएर, अघि बढ्न नदिएर नेतृत्ववर्ग बसिरहेको देखाइएको छ।कथामा नेतृत्व गर्नुपर्ने कारण पार्टीमा नेता एक्लो परेको कुरा छ।कथाले साथमा अघि बढ्न नसक्ने र अर्काको राजनीतिक नेतृत्व पनि स्वीकार गर्न नसक्ने बेथितिका कारण धेरै दल भई पार्टीमा एक्लै नेता मात्र रहेको यथार्थ प्रस्तुत छ।लघुकथाले नेतामा राजनीतिक नेतृत्व गर्ने चाहना बलवान् रहेकोले सक्षम व्यक्ति पछाडि परेको देखाइएको छ।
‘अभिभावकत्व’ले अन्योलग्रस्त राजनीतिक अवस्थालाई व्यङ्ग्य गरेको छ।यसमा बसभाडा वृद्धिका कारण भएको आन्दोलन, आन्दोलनमा भएको तोडफोड प्रस्तुत छ।अभिभावकविहीन आन्दोलन बिचमा तुहिने गरेको यथार्थ एकातिर प्रस्तुत छ भने अर्कातिर निरर्थक आन्दोलनले गाडी तोडफोड भएको, सडक घण्टौँ जाम भएको, बटुवाले व्यर्थमा दुःख पाएको कुरा छ।कथामा बेअर्थमा गाडी फोरिएको, जाम भएको, गाडी जलाउन खोजिएको देखाइएको छ।अभिभावकविहीन देशका कारण आन्दोलनले क्षति मात्र पु¥याएको उल्लेख कथामा गरिएको छ।
‘चङ्गा’मा राजनीतिक दलका वक्ताहरु एकातिर भाषण गर्न पर्खेर बसेको र अर्कोतिर पार्कमा केटाकेटी खेलिरहेको प्रसङ्ग छ।कथामा दुई फरक प्रसङ्ग छ।पार्कमा खेलिरहेका केटाकेटी अरुले उडाएको चङ्गा चेट भएर आएपछि त्यसलाई पाउन दौडन्छन्।लामो प्रयासपछि चङ्गा भेट्छन् तरसबैले आफ्नो बनाउने कोसिस गर्दा च्यातिन्छ।अर्कोतिर देशको नेतृत्व गर्ने नेताले पनि चङ्गारुपी देशको नेतृत्व आफ्नो पोल्टामा पार्न खोज्दा केटाकेटीले च्यातेको चङ्गाझैँ देशको अस्तित्व च्यातिन थालेको छ।यसले लुछाचुँडीका कारण देश टुव्रिmने कुरा गरेको छ।
‘ढुङ्गा’मा बाटामा परेको ढुङ्गालाई पूजा गरेकाले देवता बनेको देखाइएको छ।यसमा सबैले पूजा गरून्जेल ढुङ्गा देवता बन्ने तर आँटका साथ फाल्दा फालिने कुरा छ।यसले बिचमा परेको देवतारुपी ढुङ्गालाई नेतृत्व तहले दिएको बाधा मानेको छ।बाटाको देवतारुपी ढुङ्गाले फराकिलो बाटो बन्न नदिँदा हिम्मतका साथ कसैले फालिदिएजस्तै देशको नेतृत्व गरिरहेको देवतारुपी सरकारलाई पनि जरैसहित हटाउनुपर्ने छ।यस कथाले संसारमा कुनै पनि देवता, देवतारुपी व्यवस्था आदि दोबाटोमा बसी विकासको बाधक बन्छ भने त्यसलाई मिल्काउनुपर्छ भनेको छ।संसारमा कुनै पनि कुरा स्थायी हुँदैन।कथाले नेपालको राजनीतिमा देखिने पुरानो सत्ता दोबाटोको ढुङ्गाझैँ फालिएको कुरा गरेको छ।
‘चिनेको चोर’मा पाले पसलमा चुरोट किन्न गएका बेला मौका छोपी घरभित्र पसेर चिनजानको चोरले सामान चोरेको छ।चोरलाई कुकुरले चिनेका कारण चोरी सफल बनेको छ।नचिनेको चोरले भन्दा पनि चिनेकै चोरले घर सखाप पारेको छ।ज्ञान र सुझबुझ भएका मानिसले नै घर, समाज र राष्ट्रलाई सखाप पारेको छ।
न्वारनदेखिको बल झिकेर सामान चोरी भागेको घटनाबाट ‘बहस’लघुकथा सुरूहुन्छ।चोरलाई लखेट्न सुरू गरे पनि कसरी लखेट्ने भन्ने बहसका कारण चोर पव्रmाउ पर्दैन ।यस लघुकथामा अनावश्यक तर्क, विचार र बहसले काम बिग्रने कुरा छ।
‘पीडा र पैसा’मा परिस्थिति वर्णित छ।यसमा रामप्रसाद लुइँटेलको छोरो अमेरिका, हरिबहादुर कार्कीको छोरो मलेसिया, मानबहादुर तामाङका दुई छोरा अरब, धनबहादुर गुरूङकोछोरो ब्रिटिस लाहुरेगएको कुरा गरी हिरालाल बिकको प्रसङ्ग आएको छ।हिरालालको छोरोले पनि अरुले जस्तै विदेश जान खोज्यो तर पैसा नभएका कारण उसलाई कसैले सहयोग गरेन र ऊ स्वदेशमै बस्न बाध्य भयो।यसरी आफ्नै ठाउँमा बस्दा उसलाई बाबुले विदेश नगएकामा हर्दम गाली गरे।यही कारण ऊ पनि अचानक गाउँबाट हरायो।सन्तान विदेश गएकामा सबै खुसी भए।यही कारण अहिले गाउँमा विदेश जाने कल्पना गर्ने मानिस बाँकी छैनन्।गाउँमा बस्ने आमाबाबु र आफन्त विदेश गएकालाई सम्झेर रूने दिन आएको छ।यसरी प्रस्तुत कथामा विदेशमोहले गाउँ शून्य भई रूवाबासी चलेको कुरा छ।यस लघुकथालाई व्यञ्जनार्थमा हेर्दा अहिले नेपाली युवाजनले विदेशमा गएर काम गरी रेमिटेन्स भित्रिँदा देश खुसी भए पनि भोलि पश्चात्तापमा पर्नुपर्ने कुरा गरिएको छ।
‘जाम’ले नेपालको सडकमा हुने ट्राफिक जामको विषयलाई उठाएको छ।यसमा ऊ र ऊ पात्रको विदेशी साथी डेभिड बर्नर छन्।डेभिड बर्नरले फोन गर्दा ऊ पात्र जाममा परेको थियो।ऊसँगै पढेको डेभिड बर्नरले काम गरी प्रशस्त पैसा कमाएर मनोरञ्जनका लागि अन्तरिक्षमा घुम्न जाने सोच बनाएको बखतमा पनि नेपालको ऊ भने सडककै जाममा परिरहेको छ।यसमा नेपालमा हुने कामको जामका कारण देश र जनताको उन्नति नभएको कुरा छ।यसमा नेपालको राजनीतिक, सामाजिक, प्रशासनिक आदि क्षेत्रमा देखिएको अदक्षता प्रस्तुत छ।
‘एजेन्ट’ पौराणिक मिथकमा आधारित छ।यसमा भष्मासुरले महादेवबाट जे छोयो त्यही भष्म हुने वरदान प्राप्त गर्छ।त्यसपछि भष्माासुर महादेवलाई मार्न अघि सर्छ।आफैले दिएको वरदानबाट प्रताडित भई महादेव भागेर विष्णुको सहारा खोज्न विष्णुलोक, ब्रह्मलोक पुग्छन्।महादेवले विष्णुको सहारा पाउँदैनन्।महादेवले विष्णुलाई बचाउन आग्रह गर्छन् तर भष्मासुरले महादेवलाई विष्णुकै सल्लाहअनुसार आफूले आशीर्वाद लिएको कुरा बताउँछ।रहस्य खुलेपछि आफैले दिएको आशीर्वाद भारी बनेको कुरा महादेवले ठान्छन्।यसमा विष्णुले महादेवको समर्थन गर्नुपर्नेमा भष्मासुरलाई साथ दिई धोका दिइएको छ।महादेवको तेस्रो नेत्रले पनि काम गर्दैन ।यसमा नेपालको राजनीतिमा राजाले जनतालाई छाडेको सत्ता, जनताले नेतालाई दिएको वरदान देशका लागि घात बनेको छ।यसमा द्वैध चरित्र निर्वाह गर्नेले नै एजेन्ट भई सबैलाई धोका दिएको प्रसङ्ग छ।
‘फुटेको नरिवल’प्रतीकात्मक छ।यसमा ऊ पात्र बाहिर जटा र भित्र रस भएको नरिवल हातमा खेलाउँदै अगाडि बढ्छ।उसले नरिवललाई कहिले हात कहिले गोडाले खेल्छ।उसले नरिवललाई कान छेउमा लगेर हल्लाउँछ।नरिवलले आफ्नै टाउकोमा हिर्काएर पनि रमाउँछ।यसरी उसले नरिवललाई मन लागुन्जेल विभिन्न तरिकाले खेल्छ।खेल्दाखेल्दै नरिवल भुर्इँमा खस्छ।नरिवल आफै खसेको हो वा टाउकामा हिर्काउँदा लागेको चोटले खसालेको हो ? कसैले थाहा पाउँदैनन् तर नरिवल फुट्छ।नरिवललाई उसले रिसले खसालेको हो या आफै खसेको थाहा छैन भन्दा यहाँ कथाको दुईओटा मध्य भाग वा प्रसङ्ग आएको छ।पहिलोमा नरिवल अर्थात् नारीलाई पुरूषले शिरमा राख्दा चोट दिएको भनी मिल्काएको छ।दोस्रोमा पुरूषले मनोमानी ढङ्गले खेल्दाखेल्दै नरिवल वा नारीको अन्त भएको छ।दुईमध्ये जसरी नरिवल फुटोस्, नरिवलको अन्त भएको छ।फुट्दा नरिवलबाट सेतो तरल बग्छ।त्यो नरिवलको आँसु हो । आँसु उसको रगत थियो।यसरी बाहिर साह्रो भए पनि भित्र रस भएको नरिवलरुपी नारीको अस्तित्व मेटिएको कुरा यहाँ आएको छ।यसमा पुरूषले जीवनयात्राकाव्रmममा नारीलाई विभिन्न तरिकाले खेल्दा कहिले पीडाको नाममा वा कहिले खेल्दाखेल्दैको क्षणमा फालेर अस्तित्वहीन बनाएको छ।पुरूषबाट खसेपछि नारीमा रहेको रस छताछुल्ल भई पोखिएर खेर जाने कुरा गर्दै प्रकृति रसविहीन हुनुमा पुरूषलाई दोषी देखाइएको छ।
‘दाबी’मा मालिकलाई सर्वगुणसम्पन्न पशु चाहिएको विज्ञापन छ।विज्ञापनअनुसार पशुहरुले मालिकसामु आफूलाई सर्वोत्कृट बनाउन लाग्छन्।यसै व्रmममा घोडाले भनेजति भारी बोक्ने, गोरूले खेत जोत्न र प्रतिद्वन्द्वीसँग जुधेर मनोरञ्जन दिने, कुकुरले मालिकको रक्षा गर्न सक्ने भनी सेवाको मौका दिन अनुरोध गर्छन्।हरेकले आआफ्ना गुण देखाउँछन्।यस व्रmममा सबैलाई उछिनेर मानिसरुपी पशु अवस्था हेरेर मर्न, मार्न, लड्न, लडाउनसक्छु भन्दैसबै जनावरको विशेषता आफूमा रहेको दाबी गर्छ।दाबीअनुसार मानिस सेवक बन्न योग्य बनेको कुरा यस लघुकथामा छ।यस कथामामानवीयबाहेक सम्पूर्ण पशुको गुणलाईमानिसमा देखाइएकोे छ।
‘आन्दोलनको अध्ययन’मा विद्यार्थी आन्दोलनमा नेता र नेतापुत्र विद्यार्थीको भूमिका छ।नेता पुत्रले शैक्षिक संस्थाको शुल्क वृद्धिको विरोधलाई बाबुले गर्ने राजनीतिसँग जोड्छ।उसले सबै साथीलाई समेटी शैक्षिक आन्दोलन गर्छ।आन्दोलन सफल बनाउन राजनीतिक दल पनि परोक्ष रुपमा साथ दिन पुग्छ।आन्दोलन बढ्दै जान्छ।आन्दोलनमा प्रहरी र विद्यार्थीको झडप हुन्छ।दुवैतिर घाइते हुने र मर्ने हुन्छन् । मर्ने र मार्ने व्रmममा नेताको छोरा भने विदेश पुगिसक्छ।यसरी यस कथामा नेपालमा नेता र उसका सन्तानबाट आन्दोलन सुरू भए पनि मर्ने बेलामा ती भाग्ने र सामान्य जनता सहिद बन्ने घटना छ।यसले शैक्षिक संस्थालगायतमा हुने आन्दोलनमा राजनीतिक पार्टीको हस्तक्षेप स्वार्थ पूर्तिका हुने गरेको खुलासा गरेको छ।
‘जीविका’मा जादुगरलाई नेताका रुपमा लिइएको छ।यसमा जादुगरले चटक देखाएर जसोतसो जीविका धानिरहेकोमा राजनीति गरी अकुत सम्पत्ति कमाएको छ।‘आगामी दिन’नारीशक्ति रसशक्तीकरणसँग सम्बन्धित छ।यसमा रामी रचनाको घरमा गई कुराकानी गर्दागर्दै रात पर्छ।रातको समयमा रामीले घर फर्कन डर लागेको कुरा रचनालाई सुनाउँछे।रचनाले बाटो लामो नभएकाले एक्लै जाँदा डराउन नपर्ने कुरा गर्छे तर रामी आँट गर्न सक्दिन।त्यसपछि रामीले भाइलाई लिन पठाउन आमासँग अनुरोध गर्छे।जवाफमा आमाले आफूभन्दा सानोको सहारा लिन खोज्ने रामीलाई गाली गर्दै डराउन पढाए–लेखाएको होइन भन्दै फोन राखिदिन्छिन्।यसमा डराएर होइन आँटले अगाडि बढ्नुपर्ने कुरा छ।यसमा पढेलेखे पनि मनोवैज्ञानिक त्रासका कारण नारी अगाडि बढ्न नसकेको देखाइएको छ।
समुद्र मन्थनका लागि पक्ष र विपक्ष मिलेको कुराबाट ‘पुन मन्थन’ आरम्भ भएको छ।समुद्र मन्थन गर्दा दुवै मिली लामो र अथक प्रयास गरेपछि कलम प्राप्त हुन्छ।दुवै पक्ष मिली समुद्र मन्थन गर्दा उनीहरुले जे लेख्यो त्यो साक्षात् रुपमा प्राप्त हुने चमत्कारी कलम प्राप्त गर्छन्।त्यसपछि भने दुवैको सम्झौता भङ्ग हुन्छ।उनीहरु कसले कलम समाउने र कसले के लेख्ने भन्ने विवाद गर्छन्।विवाद गर्दागर्दै द्वन्द्व हुन्छ।द्वन्द्वमा चमत्कारी कलमको निब भाँचिन्छ।कलमको मसी सुक्छ।अथक श्रम र प्रयासबाट प्राप्त गरेको कलम विवाद कारण नाश हुन्छ।त्यस्तै कलम पाउन उनीहरु विदेशी शक्तिको सहयोग लिई अर्को मन्थनको तयारी गर्छन्।यस लघुकथाले नेपालको संविधान बनाउँदा भएको झगडा र संविधान नलेखी खेर गएको समयलाई देखाएको छ।मौका पाए पनि आपसी कलहका कारणसमयमा संविधान नपाएको र देशमा अराजकता फैलिएको कुरा यसमा छ।मौका गुमेपछि एउटै कामका लागि पटक पटक प्रयास गर्नुपर्ने स्थितिलाई यसले देखाएको छ।
‘आयात’मा ऊ नामक नेपाल पात्र छ।उसको घरमा पहिले नुनबाहेक सबै उत्पादन हुने भएकोले विदेशको भर पर्नुपरेको थिएन तर पछि तोरी, तरकारी, अन्नपात उसको देशमा उत्पादन भएन।उसकहाँ भएको शिक्षा पनि काम लागेन।रोजगारका लागि नेपालीहरु बिदेसिन प¥यो।विदेशी कमाइ आएपछि यहाँको घरबुना कपडाको सट्टा नयाँ फेसनका कपडा विदेशबाट आए।गरगहना सुखसुविधाका सामानदेखि काम गर्ने मान्छे पनि विदेशबाट आए।यावत् कुरामा निर्भर बन्दै जाँदा अन्तमा देशमा विचारको खडेरी पर्छ । देश चलाउने विचारसमेत विदेशबाट आयात गर्नुपर्छ।यस लघुकथाले परावलम्बी बन्दै जाँदा नेपालको अस्तित्व सकिने कुरा गरेको छ।
‘भारी’मा गधाप्रसाद पात्र रुपमा छ।सुरूमा गधाप्रसादले गाउँको सुखदुःखमा साथ दिई गाउँलेको मन जितेको छ।यही कारण गाउँलेले उसलाई मत दिएर सहरमा पठाउँछन्।ऊ सहरमा गाउँको भन्दा धेरै भारी बोक्न थाल्छ।गाउँमा दुःखको भारी बोक्ने गधाप्रसाद सहर पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगार, नियमकानुन, व्यवस्था आदिको जिम्मेवारी बोक्न थाल्छ।यही व्यस्तताका कारण उसले गाउँमा समय दिन सक्दैन।आफूले पठाएको मानिसले गाउँ हेर्न नपाएको ठानी गाउँलेहरु उसलाई भेट्न सहर जान्छन्।तिनले सहरमा गधाप्रसादलाई सुकिलामुकिला र विदशीको भारी बोक्न थालेको देख्छन्।गाउँलेले गधाप्रसादलाई नभ्याएर होइन सुकिलामुकिलाको भारी बोक्ने बानी पर्दा गाउँ नआएको थाहा पाउँछन्।गाउँलेको भोटले सरकारमा पुगेको नेताले सुकिला लुगा र विदेशीको भारी बोक्दा गाउँलेउपर धोका भएको छ।यसरीयसमा गाउँको सहारामानेता बनेकाले गाउँलेलाई साथ नदिएको राजनीतिक व्यङ्ग्य छ।
‘नौलो दृश्य’मा नेपालको निकृष्ट राजनीति छ।यसमा राजनीतिकर्मीले दिउँसो जनतासमक्ष एकअर्कासँग झगडा गरी सत्तोसराप गरे पनि रातको समयमा विदेशीको संयोजकत्वमा मिलेर बसेको देखाइएको छ।यसमा सिद्धान्त विपरीत विदेशीसामु राजनीतिकर्मी निरीह बनेको देखाइएको छ।यसले नेपालका राजनीतिक दल र नेताको द्वैध चरित्र र स्वार्थ देखाएको छ।
‘अरूचि’मा मानिसको कुप्रवृत्ति ज्ञात भएका कारण मानिसले गर्ने काममा कसैको रूचि नहुने कुरा छ।यसमा म र ऊ पात्र छन्।बाघले घाँस खाएको कुरालाई ऊ पात्रले उत्साहरुपमा लिए पनि मानिसले घाँस खाएको कुरालाई नलिएको देखाइएको छ । यसबाट मानिस पशुभन्दा निकृष्ट व्यवहारमा प्रस्तुत हुँदा त्यसले उत्साह नदिने कुरा छ।
‘लौरो’मा नेपालका नेतामा देखिने प्रवृत्ति छ।यसमा स्मृतिबहादुर पात्र रुपमा छ।चुनाव प्रचारमा गाउँ जाँदा गाउँलेबाट प्राप्त लौरोले पारि तर्ने नेताले खोला तरेपछि लौरो खोलाकै छेउमा फाले जस्तै भोट लिएर जितेपछि जनतालाई फालेको कुरा यस लघुकथामा छ।जनताको मत प्राप्त गरी चुनाव जित्ने नेताले आफ्नो यात्रा बिर्सेको कुरालाई यसमा देखाइएको छ।
‘भ¥याङ’मा अवसरका लागि मानिस भ¥याङ बने पनि पछि भ¥याङ बनाउनेलाई नै नतमस्तक बनाएको कुरा छ।यसमा होटलमा भएको दुईओटा छुट्टाछुट्टै भोजको प्रसङ्ग छ।सुरूमा क महोदयले अड्केको फाइल फुत्काउन मन्त्रीलाई भव्य होटलमा भोज दिन्छ।भोजमा उसले रुपवती तरूनी पनिसमर्पण गर्छ।रुपवती युवती भ¥याङ बन्दा क महोदयको फाइल फुक्छ।दोस्रोपटक कले नै भ¥याङ बनाएको युवतीले क महोदय र मन्त्रीलाई भोज दिन्छे।त्यसपछि क महोदयकी भ¥याङ बनेकी युवती उच्च पदमा पुग्छे।क महोदय युवतीलाई नमस्कार गर्न बाध्य हुन्छ।यस कथामा भ¥याङ बन्न सक्नेले नै मौकाको फाइदा लिएर अगाडि बढ्ने कुरा छ।
सङ्गृहीतमध्ये ‘संस्कार’मा मानिसले अरुलाई सुनाउन बाह्य रुपमा धर्मलाई आडम्बरकारुपमा लिए पनि उसभित्र रहेको आदिम सोचका कारण परम्परित संस्कृतिबाट प्रभावित हुने कुरा व्यक्त छ । ‘कमाइ’मा छोराको जन्मसँगै तिलक वा दाइजोका रुपमा कमाइ हुने सोचको विकास नेपालमा पनि भित्रिएको कुरा छ।‘बजार’मा हरेक व्यक्तिले आफ्नो पेसा वा काम बेच्न राखे पनि नारीको यौवन किन्ने ग्राहक धेरै हुने कुरा छ।यस लघुकथामा दिनमा यौन व्यापारको विरोध गर्नेहरु रातको समयमा यौन अखडामा पुग्ने कुरा छ।‘अर्थोक’मा मन्दिर बनाउने, मूर्ति स्थापना गर्ने र धार्मिक व्रिmयाकलाप गर्नेले नै धर्मलाई व्यापार बनाएको कुरा छ भने ‘फुटेको नरिवल’ लघुकथाको नरिवललाई लक्ष्यार्थबाट हेर्दा मानव जीवन र विशिष्ट अर्थमा नारीको जीवनलाई नरिवलको दृष्टान्त दिइएको छ।यस कथामा मन परून्जेल खेल्ने र रहर मरे फालिदिने मानवीय प्रवृत्ति उद्घाटित छ।‘आगामी दिनमा’ नारीले जीवनयात्रामा उमेरले सानै भए पनि पुरूषको सहयोग खोज्ने भएकाले सक्षम हुन नसकेको कुरा छ।यस प्रकार ओरालोको सिलसिलामा समेटिएका लघुकथामध्ये यी छ ओटामा सामाजिक र सांस्कृतिक विषयकछन्।त्यस्तै ‘लक्ष्य, भुत्ते हतियार, ओरालाको सिलसिला, गोष्ठीहरुको देश, अभिभावकत्व, चिनेको चोर, बहस, जाममा, एजेन्ट, दाबी, अरूचि, भ¥याङ’मा चाहिँ राजनीतिसँग समीप रहेको सामाजिक विषय प्रस्तुत छ ।अरु लघुकथा विशुद्ध रुपमा राजनीतिसँग सम्बन्धित छन्।चौँतिस लघुकथाको विषय राजनीति छ।राजनीतिक विषयकमध्ये पनि कुनैमा प्रत्यक्ष राजनीतिछ । कुनैमा प्रतीकलाई प्रयोग गरी राजनीतिक गतिविधि, अप्ठ्यारो, विकृति, खेलाडी, स्वार्थ आदि प्रस्तुत छ।यी कथाले नेपालको समसामयिक घटना, परिस्थिति, जीवन, समाज, राष्ट्र र विदेशी हस्तक्षेपलाई देखाएका छन्।यिनले २०४६ सालदेखि यताको समाज र राजनीतिक चलखेललाई देखाएका छन्।
२.२. चरित्र
सङ्ग्रहका लघुकथामा तीन किसिमका पात्र प्रयुक्तछन्।ऊ÷उनीहरु÷तिनीहरु जस्ता सर्वनाम प्रयोग गरिएकासोह्रओटा लघुकथा छन्।‘संस्कार’मा ऊ (आफूलाई नास्तिक ठान्ने पात्र) र म (लेखक), ‘जत्था’मा ऊ (जनता) र तिनीहरु (पार्टीका सेना), ‘शुभचिन्तक’मा ऊ (नेता), ‘लक्ष्य’मा ऊ (नेपाली जनता÷परिवर्तनगामी यात्रु), ‘भुत्ते हतियार’मा ऊ (हैकमवादी, शोषक), ‘अर्थोक’मा ऊ (व्यापारी), ‘सामान्य कारण’मा ऊ नेपाली जनता, ‘एक्लो नेता’मा ऊ (पार्टीको नेता), ‘चिनेको चोर’मा ऊ (गेटपाले) र घरको मालिक, ‘जाममा’ ऊ (नेपाली जनता) र डेभिड वर्नर, ‘फुटेको नरिवल’मा ऊ (पुरूष पात्र), नरिवल (महिला), ‘आयात’मा ऊ (नेपाल राष्ट्र), ‘अरूचि’मा म (लेखक) र ऊ (नेपाली जनता) पात्र छन्।‘घरझगडा’मा कसै र कोही पात्र (नेपाली जनता र पार्टीका नेता) छन्।सङ्ग्रहमा आएका म पात्रले भने लेखक पात्रको भूमिका खेलेका छन्।
सङ्ग्रहभित्रका दशओटा लघुकथामा पात्रको स्पष्ट नाम दिइएकोछ।‘कमाइ’मा मारवाडी र म (लेखक), ‘बाटैबाटो’ (गप्रसाद, मप्रसाद, सप्रसाद जस्ता नेता), ‘सुनको फूल’मा नेता, ‘अन्धाधुन्ध दौड’मा नेता क, ख र कार्यकर्ता, ‘पीडा र पैसा’मा रामप्रसाद लुइँटेलका बाबुछोरा, हरिबहादुर कार्कीका बाबुछोरा, मानबहादुर तामाङका बाबुछोरा, धनबहादुर गुरूङका बाबुछोरा, हिरालाल बिकका बाबुछोरा, ‘लौरो’मा स्मृतिबहादुर (नेता) र जनता, ‘भ¥याङ’मा क महोदय (मन्त्रीबाट काम सम्पन्न गराउनुपर्ने पात्र), मन्त्री र तरूनी केटी (सुरूमा भ¥याङ बनी पछि अरुलाई भ¥याङ बनाउने पात्र) छन्।‘भारी’मा गधाप्रसाद (नेता), ‘नौलो दृश्य’मा पक्ष र विपक्ष दलका नेता, ‘आगामी दिनमा’ रामी (कमजोर नारी), रचना (रामीको साथी), आमा (उत्प्रेरक), भाइ (पुरूष सत्ता) जस्ता पात्र छन्।‘राजनीति’मा बाघ (जङ्गलको नेता), भेडा (नेपाली जनता) र मान्छे (राज्यको नेता) मानवेतर प्राणीलाई मुख्य पात्र बनाइएको छ भने ‘एजेन्ट’मा भष्मासुर, महादेव र विष्णुजस्ता पौराणिक कथाका पात्रलाई बिम्बका रुपमा राखी सामाजिक जीवनका घटनालाई चित्रण गरिएको छ।
सङ्ग्रहभित्रका लघुकथामध्ये ‘हातको चरा’मा केटाकेटी (प्रतीकात्मक रुपमा नेता), ‘बम र बेलुन’मा शान्तिको कार्यव्रmम गर्ने व्यक्ति (नेता) र बालबालिका, ‘ओरालोको सिलसिला’मा (भ्रष्टाचारी), ‘बजार’मा विभिन्न पेसामा आबद्ध पेसाकर्मी, देह बेच्ने आइमाई, ‘गोष्ठीहरुको देश’मा गोष्ठीकर्ता र सहभागी, ‘धोएको गधा’मा नेता, गधा, कार्यकर्ता, ‘अभिभावकत्व’मा आन्दोलनकारी यात्रु, नेपाली जनता, ‘चङ्गा’मा नेता र केटाकेटी, ‘ढुङ्गा’मा तिनीहरु (परिवर्तन चाहने मानिस, विद्रोही), ‘बहस’मा चोर र तिनीहरु (कुराकानीमा समय बिताउने काम नगर्ने मानिसको जत्था), ‘पुनः मन्थन’मा नेता (संविधान बनाउन लागिपरेका नेता) र विदेशी शक्ति, ‘दाबी’मा मालिक (नेता), जनावर र मानिस (नेपाली जनता), ‘आन्दोलनको अध्ययन’मा (नेता पुत्र, नेता, नेपाली जनता र प्रहरी), ‘जीविका’मा (जादुगर नेता) आएका छन्।यी लघुकथामा आएका पात्रले व्यक्ति नभई समूह, खास समाज, वर्ग, समुदाय आदिको प्रतिनिधित्व गरेका छन्।
सङ्ग्रहका लघुकथाहरुविभिन्न पत्रपत्रिकामा २०५० देखि २०७१ सालसम्ममा छापिएका हुन्।यस आधारमा यी लघुकथाका विषय पनि सोही समयका हुन् भन्न सकिने स्थिति विद्यमान छ ।यसका साथै कथानकको आदि, मध्य र अन्त्यको व्रmम हेर्दै जाँदा यस सङ्ग्रहमा राखिएका पात्र व्यक्ति, समुदाय, वर्ग, समाज, राजनीतिक क्षेत्र आदिको प्रतिनिधित्व गर्ने प्रकृतिकाछन्।सङ्ग्रहमा वर्गीय पात्रको प्रयोग अधिक मात्रामा गरिएको छ।समष्टिमासङ्ग्रहका सम्पूर्ण पात्र विषयवस्तु र क्षेत्रअनुसार चयन भएका छन्।यी हाम्रै आँखाअगाडि छन्।यिनमा प्रयुक्त पात्रहरुले घटनालाई जीवन्त बनाएका छन्।
२.३. परिवेश
यस सङ्ग्रहमा सङ्गृहीत लघुकथामध्ये ‘संस्कार’मा मन्दिरछेउको परिवेश छ।यसमा ऊ पात्रले आफूलाई आधुनिक मानेकाले ज्ञानविज्ञानबाट प्रभावित सहरी परिवेश छ।‘जत्था’मा मान्छेलाई बाटोमा समाएको कुरा छ।‘शुभचिन्तक, अन्धाधुन्ध दौड, बजार, गोष्ठीहरुको देश, अभिभावकत्व, नौलो दृश्य र भ¥याङ’मा सहरिया परिवेश छ।‘कमाइ’मा भारतको प्रभाव नेपालमा परेको उल्लेख गरी दुई देशको परिवेश छ।‘लक्ष्य’मा चौबाटोको कुरा छ।सहर र गाउँ दुवै परिवेशमा घट्ने घटना यसमा प्रस्तुत छ।‘भुत्ते हतियार’मा चोक, गल्ली, टोल र बजारलाई स्थान मानिएको छ।
सङ्ग्रहमा सङ्गृहीत ‘घरझगडा, बाटैबाटो, सुनको फूल, हातको चरा, बम र बेलुन, ओरालोको सिलसिला, अर्थोक, धोएको गधा, सामान्य कारण, एक्लो नेता, ढुङ्गा, चिनेको चोर, बहस, एजेन्ट, फुटेको नरिवल, दाबी, जीविका, आगामी दिनमा, अरूचि’का घटनाले नेपालको जुनसुकै ठाउँमा घट्न सक्ने घटनालाई परिवेशका रुपमा ग्रहण गरेका छन्।‘राजनीति’मा जङ्गल र सहरको परिवेशछ।‘चङ्गा’मा रत्नपार्कको सहरिया परिवेश छ।‘पीडा र पैसा’मा रोजगारका लागि नेपाली जाने विभिन्न देश परिवेशका रुपमा छ।यसमा गाउँका मानिस विदेश गएकाले गाउँ शून्य छ।‘जाम’मा विदेश र नेपालको स्थितिलाई तुलना गरिएको छ।‘आन्दोलनको अध्ययन’मा विदेश भनिए पनि नेपालको शैक्षिक संस्था परिवेशकारुपमा आएको छ।‘पुनः मन्थन’ र‘आयात’मा देश र राजनीतिक वातावरण परिवेशका रुपमा छ।‘भारी, लौरो’मा गाउँ र सहर दुवै परिवेश छ।यस प्रकार प्रायः लघुकथामा एउटा मात्र स्थानगत परिवेश मुख्य छ।कतिपय लघुकथामा सहर र गाउँ, नेपाल र विदेश, जङ्गल आए पनि ती विगतको वर्णन, संवाद, स्मरणकारुपमा आएका छन्।मूलतः लघुकथाकारले घटना घटेको स्थान एकै बनाएका छन्।त्यस्तै समयका आधारमा ‘संस्कार, जत्था, हातको चरा, बमर बेलुन, अन्धाधुन्ध, राजनीति, गोष्ठीहरुको देश, धोएको गधा, सामान्य कारण, अभिभावकत्व, चङ्गा, चिनेको चोर, बहस, एजेन्ट, फुटेको नरिवल, दाबी, आगामी दिनमा र अरूचि’ जस्ता लघुकथामा एकै समय आएका छन् भने ‘शुभचिन्तक, कमाइ, लक्ष्य, भुत्ते हतियार, घर झगडा, बाटैबाटो, सुनको फूल, ओरालोको सिलसिला, बजार, अर्थोक, एक्लो नेता, ढुङ्गा, पीडा र पैसा, जाममा, आन्दोलनको अध्ययन, जीविका, पुनः मन्थन, आयात, भारी, नौलो दृश्य, लौरो, भ¥याङ’जस्ता कथामा लामो समय आएको छ।
मधिकर्मीका लघुकथामा गाउँ, सहर, विदेश परिवेशका रुपमा आए पनि नेपाली समाज र राष्ट्रमुख्य छन्।यिनले राजनीतिक बाधा, राजनीतिबाट उत्पन्न समस्या, पार्टीगत राजनीतिमा देखिने खिचातानी, नेतामा देखिने व्यक्तिगत स्वार्थ, सत्तालिप्सा आदि चित्रण गरेका छन् । यस प्रकार उनका लघुकथामा राजनीतिक, सामाजिक र सांस्कृतिक समस्या प्रस्तुत भएका छन्।
२.४. भाषाशैली
यो २०७२÷७३ मै प्रकाशन गर्न खोजिएको सङ्ग्रह हो।यसमा सङ्गृहीत लघुकथालाई डिकोको आधारमा गन्दा ‘जत्था’मा ३२३, ‘भुत्ते हतियार’मा ३०८, ‘अर्थोक’मा ३२२, ‘सामान्य कारण’मा ३०१, ‘अभिभावकत्व’मा ३२५ शब्द छन् । अर्कातिर ‘शुभचिन्तक’मा ७८, ‘अरूचि’मा ९२, ‘लौरो’मा ९१, ‘भ¥याङ’मा ७० शब्दछन्।
सङ्ग्रहभित्रका चालिसमध्ये चौँतिसओटा लघुकथा परोक्षअपरोक्ष रुपमा राजनीतिक विषयकछन्।बाँकीमा भने सांस्कृतिक प्रभाव, यौनव्यापार, धर्मका नाममा भएका विसङ्गति र सामाजिक विकृति छन्।सङ्ग्रहका हरेक लघुकथामा लघुकथाकारले बीज वा केन्द्रीय वाक्य प्रस्तुत गरेका छन्।लघुकथामा रहेका यी वाक्यले लघुकथाको गूढ रहस्य बोकेका छन्।यी बीज÷केन्द्रीय वाक्यले लघुकथाको आदर्श निर्माण गरेकाछन्।ओरालोको सिलसिलामा प्रयुक्त वाक्यलाई लघुकथाकारले घटना रपात्रको प्रयोग गरी अगाडि बढाएका छन्।हरेक लघुकथामा देखिने यस्ता वाक्यले लघुकथाको आदर्श बहन गरी लघुकथाको मूल मर्म, धर्म र कर्म बोकेका छन्।गम्भीर रुपमा हेर्दा यिनै वाक्यको वर्णन र विश्लेषण लघुकथामा छन्।कतै यिनै वाक्यबाट कथानक सुरू भई यसको विपरीतमा कथा सकिएका छन् भने कतै पुष्टि गरी सकिएका छन्।अतः मधिकर्मीमा लघुकथाको केन्द्रीय भाव लघुकथामा प्रस्तुत गरी त्यसैको वरिपरि घटना र पात्रको संयोजन गर्दै लघुकथा लेख्ने प्रवृत्ति देखिन्छ।
मधिकर्मीले कतिपय लघुकथामा घटनाको वर्णनलाई सचेतताका साथ संयोजन गरेका छन्।‘शुभचिन्तक’मा प्रजातन्त्र प्राप्तिका लागि लड्ने व्यक्ति एक्लै थियो।त्यस समय उसलाई आफ्ना नातागोता र आफन्त भेट्न जाँदैनथे तर प्रजातन्त्र प्राप्ति भएर मन्त्री बनेपछि उससँग अनेक साइनो जोडेर आउने आफन्त देखिए भन्ने कुरालाई जोड्न तर आज स्थिति यो छैन (पृष्ठ ६) भन्ने वाक्य राखिएको छ।यसले दुई वैपरीत घटनालाई जोडेको छ।‘कमाइ’मा भारतमा रहेको तिलक प्रथालाई सुरूमा देखाइएकोछ।त्यसलाई नेपालको सन्दर्भमा जोड्न त्यसको घर भारतको कुनै सहरमा छ।तर त्यो केही वर्षदेखि यहीँ (नेपालमा) कारोबार गरेर बसिरहेको छ।(पृष्ठ ७) भनिएको छ।यसले भारतको घटना नेपालमा सहजै प्रवेश गरेको देखाइएको छ।यसै वाक्यले व्यापारिक मागबाट विकृति विसङ्गति नेपाल प्रवेश गरेको कुरा देखाइएको छ।सङ्ग्रहभित्र लघुकथामा उल्लिखित शैलीबाट फरक विषयलाई सान्दर्भिक, विश्वसनीय र कालिगडीपूर्वक जोडिएको छ।यो प्रवृत्ति लेखन उनको शैली बनेको छ।
मधिकर्मीका लघुकथाका कथानकले एउटा बाटो लिइरहँदा प्रतीकात्मक रुपमा अर्को घटनाबोध गराएकाछन्।यो बिम्ब र प्रतीकको कुशल प्रयोग हो।‘घरझगडा’ले सुरूमा एउटा परिवारभित्रको घटना बोके जस्तै लाग्छ।यसमा घरको संरचना फेर्न परिवारका सबै मिलेर लागेको तर घर भत्किएपछि सबैले आफ्नो विचार, बुद्धि, विवेक प्रयोग गरी आआफ्नो शैलीले घर निर्माण गर्न खोजेका कारण भएको घर भत्किएर नयाँ बन्न नसकेको कुरा छ।त्यस्तै, यसलाई समाजको परिप्रेक्ष्यमा हेर्दा भइरहेको विकास बिगार्न सबै तयार भए पनि अहम् र मपाइँत्वका कारण नव निर्माणको काम नभएको कुरा छ।यसैलाई देशसँग जोड्दा नेपालको संविधान, कानुन, विकासनिर्माण भत्काउन सबै मिलेको तर बनाउन आपसमा नमिलेको कुरालाई प्रतीकात्मक रुपमा व्यक्त गरिएको छ।त्यसैले मधिकर्मीका प्रायः लघुकथालाई अभिधार्थमा मात्र नभई लक्षणा र ध्वन्यात्मक तहमा बुझ्न आवश्यक छ।यसप्रकार आफ्नै निजीपनमा लेखिएका कारण भाषाशैलीका कोणबाट उनका लघुकथा उत्कृष्ट छन्।
२.५. उद्देश्य
सङ्ग्रहका लघुकथामा २०४६ देखि २०७१ सालसम्मका नेपालका समसायिक राजनीतिक विषय आएका छन्।‘जत्था’मा सशस्त्र द्वन्द्वका समयमा माओवादीले नेपालीलाई बलपूर्वक लैजाँदा गरेको वितण्डा छ भने ‘शुभचिन्तक’मा राजनीतिक द्वन्द्वअघि र सत्तामा पुगेपछि विद्रोहीका आफन्तमा देखिने मनोविज्ञान छ।‘लक्ष्य’मा परिणामको आकलनविना गरिएको राजनीतिले पछि देशलाई समस्यामा पार्ने कुरा छ भने ‘भुत्ते हतियार’मा हरेक आन्दोलनपछि आएको सत्ताले जनतामा वितृष्णा दिएको कुरा छ।‘घरझगडा’मा घर, समाज, संस्था, देश आदि भत्काउने बेला एक मत भए पनि बनाउने बेलामा भएको खण्डित मनस्थिति र व्यवहारका कारण भएको विकास नाश भएको कुरा छ।‘बाटैबाटो’मा बहुदलीय व्यवस्थामा व्यक्तितन्त्र हाबी हुँदा आएको विकृति छ ।‘सुनको फूल’ र ‘हातको चरा’मा पाएको कुरा सदुपयोग नगरी नयाँको खोजमा लागेको देखाइएको छ।’बम र बेलुन’मा देश व्रmान्तिमा लागेको बेला शान्तिको बेलुन उडाउँदा निहत्था बालबालिकाको जीवन गएको देखाइएको छ।‘अन्धाधुन्ध दौड’ र ‘धोएको गधा’मा सिद्धान्तभन्दा व्यक्तिमुखी कार्यकर्ताको जीवन र व्रिmयाकलाप छ । ‘राजनीति’मा जङ्गल बसेर राजनीति गर्ने सहर प्रवेश गरेपछि गरेका अमानवीय व्यवहार छ।‘एक्लो नेता’मा फुटको राजनीति र पार्टीको नेता बन्न खोज्ने प्रवृत्ति छ ।‘अभिभावकत्व’मा राष्ट्रिय अभिभावक नभएको देशमा गरिएका आन्दोलनले माग पूरा गर्ने नभई विनाशको कारण बन्ने यथार्थ देखाइएको छ।‘चङ्गा’ले सरकारको नेतृत्व गर्ने नेताको चाहनाले देश सकिन लागेको सङ्केत गरिएको छ ।‘ढुङ्गा’ले राजनीतिलगायत हरेक ठाउँमा देखिने आस्थाको पर्खाल ढल्ने कुरा गरी राजकीय शासन नेपालबाट उखलिएको देखाइएको छ।‘चिनेको चोर’मा सरकारलगायत अनेक स्थानमा गएर लुट्ने ज्ञान हासिल गरेकाबाट जनता र देश पीडित बनेको छ ।‘बहस’मा अनावश्यक सोच र कुराकानीले व्यक्ति, समाज र देश पछाडि परी असत् पक्षको हालीमुहाली बढेको देखाइएको छ।‘जाम’मा सडक, काम, सरकार आदि जाममा परेका कारण अरु देशभन्दा नेपाल पछाडि परेको देखाइएको छ ।‘एजेन्ट’मा एउटा व्यक्तिको दोहोरो चालले नेपालको अस्तित्व सङ्कटमा परेको देखाइएको छ।‘दाबी’मा लोभ र स्वार्थका कारण मानिस पशुभन्दा निच बनेको देखाइएको छ ।‘आन्दोलनको अध्ययन’मा नेताको कुप्रवत्ति र नेपाली जनताप्रतिको व्यवहारछ।‘जीविका’मा नेताको बढ्दो वैभव चित्रित छ ।‘पुनः मन्थन’मा संविधान नबनेपछि विदेशीलेसंविधान बनाउन गरेको प्रयास देखाई नेताको दुष्प्रवृत्ति चित्रित छ।
‘आयात’मा नेपालको आर्थिक, कृषि, सामाजिक, धार्मिकलगायत राष्ट्रिय नीति विदेशबाट आयात भएको बताइएको छ।‘भारी’ले सबैको दुःखसुखमा साथ दिने नेता पनि सत्तामा पुगेपछि विदेशीको इसारामा नाच्ने कुरा छ ।‘नौलो दृश्य’मा नेपालका पार्टी, सरकार र राजनेता दिउँसो असन्तुष्ट पक्षसँग र रातमा विदेशीसँग मिलोमतो गर्ने कुरा छ।‘अरूचि’ले मान्छे पशु बनेको कुरा उठाएको छ ।‘लौरो’ले नेताको खराब नियत प्रस्तुत गर्छ। ‘संस्कार’मा व्यक्ति जतिसुकै आधुनिक भए पनि आदिम संस्कृतिको छाप रहने कुरा छ ।‘कमाइ’मा विदेशबाट खराब विचार रसंस्कृति नेपालमा भित्री यहाँको सभ्यता बिगारिरहेको कुरा छ।‘ओरालोको सिलसिला’ले व्यक्तिदेखि सरकारसम्म भ्रष्टाचारी भएकाले देश ओरालोतिर लागेको कुरा गरेको छ ।‘बजार’ले मानिसको आवश्यकता फूलमा नभई यौन चाहना पूर्ति गर्नुमा रहेको देखाएको छ।‘गोष्ठीहरु’ले नेपालको विकास कुराकानीमै सीमित रहेको कुरा देखाएको छ ।‘अर्थोक’ले धर्म र समाजसेवामा भएको व्यापारलाई देखाएको छ।‘पीडा र पैसा’ले बढ्दो विदेशमुखी प्रवृत्ति देखाएको छ ।‘फुटेको नरिवल’ले मानिसमा रहेको आकर्षण र विकर्षण देखाएको छ।‘आगामी दिनमा’ले नारीलाई सक्षम बनाउने प्रयास गरेको छ ।‘भ¥याङ’माअरुलाई चढाउन सहयोग गर्नेले नै आफ्नो राजनीतिक, सामाजिक, प्रशासनिक काम सजिलै पूरा गर्ने कुरा छ।
२.६. शीर्षक
यस सङ्ग्रहका चालिस लघुकथाका शीर्षक विषयका आधारमा राखिएका छन्।तिनले आदिदेखि अन्तसम्मको विषयलाई बहन गरेकाछन्।‘भुत्ते हतियार, घर झगडा, सुनको फूल, हातको बेलुन, बजार, चङ्गा, ढुङ्गा, फुटेको नरिवल, भारी, लौरो र भ¥याङ’जस्ता शीर्षक प्रतीकात्मक छन्।बाँकीअभिधात्मकछन्।
३. निष्कर्ष
ध्रुव मधिकर्मीको ओरालोको सिलसिलामा राजनीतिक विषयक लघुकथा धेरै छन्।उनका लघुकथामा कथानकको आदि, मध्य र अन्तको शृङ्खला भेटिन्छ।प्रायः ऊ, उनी, तिनीजस्ता सार्वनामिक पात्र छन्।यस प्रकारका पात्रले घटनाको विषयलाई गम्भीर बनाई व्यक्ति, समाज र राष्ट्र हाँक्ने जोसुकै पात्र इङ्गित गर्न खोजको देखिन्छ।प्रथम र द्वितीय पुरूषको कुराकानीमा आउने हरेक व्यक्ति ऊ पात्र बनेको छ।एकादुई कथामा विदेशको नाम र प्रसङ्ग आए पनि अधिकांशमा नेपाली माटो, हावापानी र परिवेशछ।भाषाशैलीका कोणबाट उनका लघुकथा विशिष्ट छन्।उद्देश्यका दृष्टिले सचेत बन्ने र बनाउने प्रयास उनकालघुकथाले गरेका छन्।

सन्दर्भ सामग्रीसूची
पहाडी, किशोर (२०७८).कथाकार मधिकर्मी र उनको प्रिय ऊ पात्र, ओरालोको सिलसिला. काठमाडौँ ः सिर्जना अभियान समाज।
मधिकर्मी, ध्रुव (२०७८).ओरालोको सिलसिला. काठमाडौँ ः सिर्जना अभियान समाज।
श्रेष्ठ, शेखरकुमार (२०७७).सृजनात्मक साहित्यको रुपमा लघुकथा लेखन, लघुकथाको सुगन्ध (लघुकथा प्रधान पत्रिका). चितवन ः नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क २।
श्रेष्ठ, शेखरकुमार (२०७८).लघुकथाको विधागत स्वरुप, लघुकथाको सुगन्ध (लघुकथा प्रधान पत्रिका). चितवन ः नमस्ते आधुनिक लघुकथा मञ्च, अङ्क ३।
श्रेष्ठ, श्रीओम रोदन (२०७८).लघुकथा लेखन र उन्नयनमा लागेका स्रष्टा, ओरालोको सिलसिला, काठमाडौँ ः सिर्जना अभियान समाज।

Facebook Comments Box

Similar Posts