मन्दिरा चापागाईं
‘अलिकति सरौँ न बहिनी !’ मैले आग्रह गरेँ ।
‘हुन्छ नि ।मान्छे पनि कति कोचेको हो ?’ अलि पर सरे जस्तो गरी खलासीतिर हेर्दै भनिन्। अस्वाभाविक स्वर सुनेर छक्क परेर हेरेँ ।सायद उनी मेरो भ्रम चिर्न चाहन्थिन् ।
‘लिङ्ग जे भए पनि मानिस हुंँ दिदी तर आधारभूत मानवतासम्म पाइन्न !’ उनले भनिन् ।
‘बुझिनँ नि ! कि बहिनीसम्बोधन गरेर गल्ती गरेँ?’ मैले सङ्कोच मान्दै सोधेँ ।
‘ठिक छ, म जन्मिँदाकिरण थिएँ । हुर्कंदै गर्दा ममा नारी आत्मा पलाउँदै गयो । केटी साथी, केटीको पहिरन, केटीको आनिबानी मन पर्न थाल्यो । केटी हुँ जस्तो लाग्नथाल्यो। यसरी जैविक लिङ्ग पुरूषभए‘निसामाजिकलिङ्गमहिलाभएकीलेअहिलेकेटरिनाभएकीछु।’उनलेभनिन्।
‘हामीलाई पनि दश महिना कोखमा राखेर जन्माएकी हुन् आमाले।जन्मिनुमा हाम्रो के दोष ? सभासमारोहमा पहिचानको आधारमा विभेद गरिन्छ । हिजडा छक्का भनी गाली गर्छन् । हाम्रो आवाज सुनेर हाँस्छ्न्, खिल्ली उडाउँछन् । कतिले यस्ताको मुख देखे अगति परिन्छ भन्दै कुट्छन् ।सम्मानित जीवन बाँच्ने रहर कसलाई हुन्न र ?’ केटरिना भन्दै गइन् ।मैले सुनिरहेँ ।
‘परिवार, समाज र राष्ट्रले तेस्रो लिङ्गीलाई हेयको नजरले हेर्छ ।’
‘सरकारबाट के अपेक्षा राख्नुभएको छ ?’मैले सोधेँ ।
‘पहिचानसहितको नागरिकता देओस् । रोजगारीपाए बाँच्न आफूलाई बेच्नु पर्दैनथ्यो ।भावनामा ठेस लाग्दा, बिरामी भएर ओछ्यान पर्दा मल्हमपट्टी गर्न साथ जरूरत पर्छ । हाम्रो जीवनसाथी रोज्ने अधिकार खै ?समलिङ्गी विवाहले कहिले मान्यता पाउने ?कानुनी परिवर्तनसँगै समाजमा भएको नकारात्मक सोचको अन्त्य हुन्थ्यो कि दिदी ।हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको बेथा बुझ्नतेस्रो आँखा चाहिन्छ तर सरकार दृष्टिविहीन भइदियो ।’ केटरिना भावुक बनिन् ।