सुधा म्यान्मा

म्यान्मा अर्थात् बर्मा । बर्मा अर्थात् म्यानमार । दक्षिणपूर्वी एसियाली देशमध्ये क्षेत्रफलमा सबभन्दा ठुलो देश । इ. १९४८ जनवरीदेखि बेलायति उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गरे पनि राष्ट्रमण्डलको सदस्य नरहेको राष्ट्र । आसियानजस्ता क्षेत्रीय सङ्गठनकोसदस्य रहेको सङ्घीय गणतन्त्रात्मक राष्ट्र । यहाँ रहेका बहुसङ्ख्यक जाति बर्मीका नामबाट रहेको ब्रह्मावर्त वा ब्रह्मदेशबाट देशको नाम बर्मा रहन गएको पाइन्छ ।
इ. १९८९मा तत्कालीन सैनिक सरकारले बर्मीकरण गर्ने अभियान चलाएर देशको नाम म्यान्मार वा म्यान्मा राखेको हो । देशभित्रै पनि नाममा विवाद उठेकोले कतिपयले बर्मा नै भन्ने गरेका छन् भने कतिपयले म्यान्मा। अन्तर्राष्ट्रिय जगत्मा कतिपयले अझै बर्मा नै भन्ने गरेका छन् ।
म्यान्माको परिचय
म्यान्मा भौगोलिक स्थितिले बङ्गालको खाडीको पूर्व, ९० देखि २९० उत्तरी अक्षांश तथा ९२० देखि १०२० पूर्वी देशान्तरका बिच अवस्थित सार्वभौमसत्ता सम्पन्न सङ्घीय गणतन्त्रात्मक देश हो । यसको पूर्वमा थाइल्यान्ड र लाओस्, पश्चिममा भारत र बङ्गलादेश, उत्तरमा चीन जनगणराज्य छ भने दक्षिणतिरबाट यो बङ्गालको खाडी र अण्डमान सागरले घेरिएको छ । दक्षिणी सीमा समुद्र तट १,४९९माइल छ । यसैले हावापानी अपेक्षाकृत राम्रो छ । म्यान्माकोकुल क्षेत्रफल २,६१,७८९ वर्गमाइल छ । चौडाइ पूर्वबाट पश्चिम फराकिलो ठाउँमा ५७५ माइल र उत्तरदक्षिणमा लम्बाइ १,२९९ माइल छ । क्षेत्रफलको हिसाबले योसंसारको ३९औँ राष्ट्रहो । ५करोड ३५ लाख आवादी भएको यो जनसङ्ख्याका दृष्टिले संसारको २६औँ देश हो । तीमध्ये डेढलाखचाहिँ म्यान्माली नेपाली रहेको आकलन छ ।
म्यान्मा असा डगाउँ गा अर्थात् म्यान्माको सुरूआत डगाउँबाट भएको हो भन्ने यहाँका जनताको विश्वास छ । यहाँको सभ्यता ऐरावती नदीको आश्रयमा फलेफुलेको छ । म्यान्माका पुरातन राज्य पनि ऐरावतीकै तटमा विकसित भएको तथ्य आज पनि देख्न सकिने विभिन्न स्मृतिस्तम्भ भवनले प्रत्यक्ष व्याख्या गरिरहेको भान हुन्छ । डगाउँ, मान्डले, अमरापुरा (अमरपुर) सगाईं, इन्वा, बगान, प्यी आदिका ती स्मृतिभवनगौरवशाली इतिहासका साक्षी हुन् । ऐरावतीको जलस्रोत म्यान्माका जनताको जीवनधारा हो । भनिन्छ,त्जभ ब्थभथबचधबमथ चष्खभच ष्क तजभ षिभ (दयियम या तजभ ःथबलmबच उभयउभि । तिब्बतको पठार पार गर्दै बर्माको शिरोभागबाट झरेका मेखा र मलिखा नामका दुई नदीउत्तरी म्यान्मा कचिन स्टेट त्रिवेणी सङ्गम भएको ठाउँलाई देशी भाषामा म्यिसौँ भनिन्छ । यो सङ्गमस्थल मचिना सहरभन्दा ५० किलोमिटर उत्तरमा पर्छ । यस ठाउँलाई म्यान्माका नेपाली मलिका भन्छन् र पूजाआजा, चाडपर्वमा तीर्थ सम्झेर नुहाउन जान्छन् । बर्माबाट बसाइँ सरेर नेपाल गएका बर्मेली नेपालीले ऐरावतीको पानी पाए ल्याइदिनू म दिनहुँ पञ्चामृत मानेर खाने थिएँ भन्छन् । म्यान्माको माटो पाए तीर्थस्थलको माटो सम्झी तुलसीको मैरामा राख्ने थिएँ भन्छन् । यान्गौबाट भमोको बिच ऐरावती तटवर्ती प्यी, बगान्, मान्डले, सगाँई, कत्ता इत्यादि अनेक नगर र महानगरलाई ऐरावतीको जहाजसेवा उपलब्ध छ । ऐरावतीको पूर्वपश्चिम दुवैतिरका फाँटमा बाक्ला बस्तीहरु छन्। ऐरावतिजस्तै म्यान्मामा छिन्ड्विन्, सिट्टाउँ, तान्ल्वीनँ मुख्य नदीलगायत सानातिना अन्य धेरै नदी छन् । दक्षिणबाट उत्तरमा प्रवाहित म्यित्ता नदी पनि छ । म्यान्माको राजधानी पहिला यान्गौमा थियो । सन् २००८बाट प्यिंमना नगरलाई नेप्यिडमा परिणत गरी राजधानी त्यहाँ सारियो । यान्गौलाई व्यावसायिक क्षेत्र घोषित गरिएको छ। म्यान्मामा सात प्रान्त, मण्डल वा अञ्चल र सात राज्य (कतबतभ) गरी जम्मा १४ राजनीतिक क्षेत्र छन् । यान्गौ, मान्डले, सगाईं, मग्वे, एयावडी, बगो, टनिन्ताई अञ्चलमा बर्मी जातिको बाहुल्य छ । कछिन्, कया, कयिन, छिन्, मुन्, रख्खाई, स्यान स्टेट हुन् । यिनमा तत् जातिको बहुसङ्ख्या छ । कछिन्, कया, कयिन, छिन्, बर्मा मुन्, रख्खाई स्यान, नागा, पलाउँ, लीसू, वा कोक्कान् अल्पसङ्ख्यकजाति हुन् । जाति र प्रजाति१३५ जति छन् । म्यान्मामा सबै धर्मलाई संवैधानिक मान्यता दिइएको छ तापनि ९०% जनता बुद्धधर्ममा आस्था राख्छन् । पहाडी प्रदेशका जनजातिहरु जस्तै छिन्, कछिन्, करेन र लीसूहरु बढी मात्रामा इसाई धर्ममा दीक्षित छन् । यसका अतिरिक्त म्यान्मामा मुसलमान, हिन्दु र नेपालीभाषीको सङ्ख्या पनि उल्लेखनीय छ ।
बर्मा जाति स्वभावैलै दयालु र उदार मनका फरासिला र मिलनसार स्वभावका हुन्छन् । बुद्धका उपासक यिनले आफ्नो जातीय जीवन शैलीलाई बुद्धधर्मअनुरुप ढालेका छन् । अतिथि देवो भवलाई यिनीहरुसुन्दर ढंगले पालन गर्छन् । बर्मीका प्रत्येक नगर, गाउँ र टोलमा न्यूनतम एउटा बुद्धविहार हुन्छ । त्यसैले बर्मालाई चैत्य र स्तुपको देश भनेपनि हुन्छ । चैत्यहरु सुनौली रङ्गले टल्किएकाले म्यान्मालाई स्वर्णभूमि (नयमिभल बिलम) पनि भनिन्छ । बगान राजाका पालामा इतिहासमै धेरै बुद्धविहार, चैत्य र मूर्ति निर्मित भए । सानाठुला विहार, चैत्य र मूिर्तको गणना दिने काव्यात्मक पुरानो एक सूत्रले विं ञो तां ट ञां ञां बगान फयापाउँ भन्ने प्रचलित छ । यस सूत्रका सात अङ्कले दिएको हिसाब ४४४६७३३ भन्ने हुन्छ । पत्याउनै गाह्रो पर्ने तर हजार वर्षको यात्रा पार गरिसकेको उक्त नगरीको वैभव भग्नावशेषका रुपमा अझै जीवित रहेको देख्दा माथिको काव्य सूत्र झूटो भन्न गाहै्र पर्छ । यहाँको पुरातन चैत्य म्यान्मा संस्कृतिको धरोहर हो र एसियाको पुरातात्त्विक भण्डार भएको देश हो । बगानबाट ५० किलोमिटर पर निष्व्रिmय ज्वालामुखी शैल छ जसलाई पौपा टाऊँ भनिन्छ । यो म्यान्माको पुरातन स्थल हो । यो पैदल हिँड्न र स्थलयात्रा (पहाडपर्वत चढेर गरिने यात्रा) का लागि रमणीय स्थल हो । म्यान्माका प्रत्येक चैत्य र मन्दिरको ै मौलिक इतिहास, महङ्खव र गरिमा छ । मन्दिरहरुको तटस्थ नाम लिन गाह्रो छ तर पनि विशेष मन्दिरको नाम लिनुपर्दा तठौँको चाइठियो फया, यान्गौको स्वेडिगौँ, मान्डलेको महामुनि फया, रखाईको फया सिताऊं, मौँवाको सम्बुद्धे फया, इन्लेको फउडऊ फया, बगानको श्वेजीगौँ फया प्रसिद्ध छन् । म्यान्मामा पर्यटकलाई आकर्षित गर्ने बगोडा (चैत्य) हो भने अर्को समुद्री किनारहरु । ङपली, माउमकान्, छाउँदा, कान्ताया, ङ्वेसाऊँ म्यान्माको प्रख्यात बिच हुन् । यही देशलाई प्रकृति माताले विविध मणिमाणिक्यले सिँगारेकी छिन् तापनि कृषिप्रधान देश हो यो ।
बर्मेली नेपाली
बर्मेली नेपाली भन्नाले बर्मामा बसोबास गर्ने नेपाली वा खस भाषा बोल्ने बर्मेली भनी बुझ्नुपर्छ । नेपाली मूलका बर्मेली प्रायशः नेपालबाट विभिन्न समयमा यहाँ आई नागरिक बनी वा बन्ने भनी बसेका मानिस हुन् । यिनीहरु मूलतः नेपाल–भारतलगायत नेपालीको बसोबास रहेको विभिन्न स्थानबाट आएका हुनसक्छन् । यिनीहरुमध्ये कतिपय दुई सय वर्षभन्दा अघि र कतिपय पहिलो विश्वयुद्धताका वा त्यसपछि बेलायति सेनामा प्रवेश गरेका नेपाली हुनसक्छन् । पछिपछि गैरसैनिक नेपाली पनि राम्रो ठाउँको खोजीमा बसाइँ सरी यहाँ आएको हुनुपर्छ । हाल यहाँ रहेका नेपाली नेपालको पूर्वी पहाडबाट बसाइँ सरी आएका हुन् । यहाँ प्रायशःबाहुन, क्षत्री, थापा, नेवार, सन्यासी, गिरी, कुमाइँ, मगर, किरात, दमाई, कामी आदि जातिका नेपालीको बसोबास छ । हाल बर्मामा गोर्खालीको जनसङ्ख्या ३लाखको हाराहारी रहेको आकलन छ ।
बर्मेली नेपालीजनजीवन
म्यान्मामा बसोबास गर्ने नेपालीको जिउने संस्कार, आचार, व्यवहारआदिलाई म्यान्माली नेपाली जनजीवन भनिएको हो । म्यान्मामा नेपाली कहिलेदेखि आए भन्ने बारे विभिन्न किंवदन्तीरजनश्रुति छन् । ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ भन्ने आहान अझै चलनमा छ । यो हाम्रा पूर्वजको उक्ति हो । नेपाल र भारततिरका विभिन्न क्षेत्रबाट उन्नाइसौँ शताब्दीको पूर्वाद्धतिर आएका बहुजातीय फूलहरुको एउटा सुन्दर फूल हो म्यान्माली नेपाली समाज । म्यान्मामा नेपाली भिन्न भिन्न गाँउ, नगर र प्रान्तमा बसोबास गर्छन् तापनि कचिन र स्यान प्रान्तमा नेपालीहरु बाक्लो हिसाबले बसोबास गरेको पाइन्छ । प्रारम्भिक कालमा बर्मा पसेका नेपालीहरु ‘जङ्गलमा मङ्गल, बजारको हजार’भन्नेमा विश्वास राख्थे । त्यसैले होला तिनले बसोबासका लागि सहरी क्षेत्र रूचाएको देखिँदैन । आफ्नै मौलिक धर्म, कर्म, संस्कार, संस्कृति, परम्परासँग नेपालमा जसरी रमाएका थिए यहाँ पनि उसै गरी रमाएका छन् । यस पङ्क्तिले छोराछोरीलाई पढलेख गराउन पनि त्यति ध्यान नदिएको पुष्टि गर्छ, ‘पढो गुनो के छ काम, हलो जोतो खायो माम् ।’यस उक्तिमा विश्वास बसेका प्रवासी नेपालीले सुरूको आधा शताब्दी यसैगरी बिताए । जापानी उपनिवेशकाल अर्थात् १९४२–’४५ इस्बीभन्दा अघिसम्म प्रवासी नेपाली कानमा तेल हालेर मस्त सुते । नेपाली समाज प्रवासीपनको बोध र शिक्षाको महङ्खव बुझेर बल्ल शिक्षातर्फ उन्मुख भएको छ र छोराछोरीलाई पढाउन स्कुलको खोजी गर्न लागेको आभास हुन्छ । जापानी कालसम्म पुरानो चालचलन र परम्परा एक रत्ति पनि परिणत भएको देखिँदैन । धोतीपाटा फेरेर,ब्राह्मणीले चोली छोडाएर, छातीमा मजेत्रो बेरेर भान्साप्रवेश गर्नुपथ्र्यो । वर्णभेद यथावत् थियो । युद्धपछिका २०÷२५ वर्षसम्म ग्रामीण क्षेत्रमा यो नियम कायम थियो । जतिजति सहरतिर नेपालीको बसोबास बढेर आयो त्यतित्यति पुरानो परिपाटी शिथिल हुँदै आयो । अचेल त्यस परिपाटीमा जिउनेहरु हातका औँलामा गन्तीगर्न सकिने होलान् । खानपिनमा अड्याइएको छुवाछुतको पर्खाल पनि होचिँदै आयो, नयाँ पिँढीमा त छैन पनि ।
बर्मेली नेपालीका जातीय सङ्घसङ्गठन
नेपालीको बसोबास पहिलेदेखि भए पनि सन् १९३८ तिर मात्र मचिनामा नेपाली क्लब गठन भएको थियो । नेपालीमा एकताको सामाजिक आवश्यकताबोध भएर ‘अल नेपाली सङ्घ’ निर्माण गरियो । बर्मामा रहेका नेपाली बसोबास गर्ने २१ नगरलाई शाखा मानेर ‘मचिना किचिन प्रान्त’ले नेतृत्व गर्दै आयो ।सङ्घले बर्मा निवासी नेपालीलाई नागरिकता र पार्लियामेन्टमा नेपालीलाई एक स्थान मिल्नुपर्ने भनी प्रधानमन्त्रीलाई बिन्तीपत्र चढायो । यसको बोधार्थ स्यान मन्त्री, कछिन् मन्त्री, एटर्नी जनरल तथा न्याय मन्त्रीलाई समेत पठाइएको विवरण पाइन्छ । बर्माका तत्कालीन प्रधानमन्त्री तखिन्नुसँग बर्माका बासिन्दासरह नेपालीले पनि नागरिकताको अधिकार अनि फौज आदिमा विनाभेदभाव भर्ना गरियोस् भनेर पत्रसहित प्रतिनिधि मण्डल पठाएकाले १० जुन १९४८ न्यु टाइम् अफ बर्मा पत्रिकामा जवाफसहित प्रकाशित भएको थियो ।
नेपाली समाजमा नेपाली सङ्घ त थियो नै तर केही अग्रजको विचारमा ‘नेपाली भन्ने हो भने विदेशी ठहरिन्छौँ तर गोर्खाली भन्ने हो भने गोर्खा नामको राष्ट्र नभएका कारण विदेशी ठहरिन्नौँ’भन्ने विचार पलाएकोले एउटै उद्देश्य, उही सपना, अनेक योजना लिएर गोर्खा सङ्घ बन्यो ।
केही समयपछि सरकारले जापानसँगको युद्धमा नेपालीको पराव्रmमले दुस्मनलाई पराजित गरेका कारण नेपालीलाई उनीहरुले चाहेको सहयोग गर्ने वचन दिए। सरकारको वचनको सदुपयोग गर्दै हाम्रा अग्रजले म्यान्माको जातीयता लिने विचार त गरे, कचिन, कया कयिन् छिन् बर्मामुन्, यखाई स्यान गोर्खा हुने सपना देखे तर फेरि सोचे, ‘हामीले यहाँको जातीयता लियौँ भने कालान्तरमा सन्ततिले यहाँका देशी युवायुवतीसँग घरजम बसाउलान्, हाम्रो जाति, धर्म, संस्कृति, रीतिरिवाज, बोलीभाषा हराउने छ ।’यस्तो सोचेर यहाँको जातीयता नलिने निधो गरे ।
जनतामा नेपाली सङ्घ र गोर्खा सङ्घमध्ये कुनलाई चयन गर्ने भन्ने अन्योल बढ्यो । कार्यकर्तामा चर्केको मतभेद, मनमुटावले नेपालीमाझ विवाद छायो । बर्मामा बसेका नेपालीले आफ्नो परिचय दिँदा ‘नेपाली भन्ने कि गोर्खाली ? नेपाली भने विदेशी ठहरिन्छ, गोर्खाको विशुद्ध राष्ट्र नभएकाले गोर्खाली भनिए विदेशी ठहरिन्न, गोर्खाली भन्नुपर्छ’ भन्ने मतमतान्तरले मनोमालिन्य बढ्यो । यसै कारण सरकारसमक्ष एक सङ्घले राखेको विचारमा अर्को पक्षले आपत्ति जनाउन थाल्यो । कत्ति मिलाउने प्रयास गर्दा पनि नभएर सरकारबाट ‘पहिला तिमीहरुबिच एकता ल्याऊ त्यसपछि तिमीहरुका लागि हामी के दिन सक्छौँ, सोच्ने छौँ’ भन्नथाले । भनिन्छ, अवसरले एकचोटि ढोका ढक्ढकाउँछ । त्यसैले त्यो सुनौलो अवसरबाट हामी वञ्चित भयौँ र आजसम्म वञ्चित नै छौँ ।
जुनबेला नेपाली गोर्खालीको विवाद चरम चुलीमा पुगेको थियो, त्यसैबखत सन् १९५८ मा म्यान्माका निम्ति काउन्सलर जिबी याक्थुम्बा म्यान्मा आए । त्यस बेलासम्म म्यान्मामा नेपाली राजदूत राख्ने गरिएको थिएन । वाणिज्य दूत बनेर याक्थुम्बा साहेब आए । यहाँका नेपालीबिचको मनमुटाव सुनेर उनले दुवैलाई सम्झाएर पाँच दिनपछि मेलमिलाप गराए । सन् १९५९ मा उनकै अनुरोधमा‘संयुक्त नेपाली गोर्खा सङ्घ’ गठन गरियो । सन् १९६२ मेम्योमा प्रतिनिधिहरुको महासभा बस्यो । त्यसले मेजर भागीमान सुब्बाको अध्यक्षतामा देशसँग मेलखाने नाम हुनु जरूरी देखिएर त्यस सङ्घलाई प्यिडाउंसु गोर्खा सङ्घ भनी नामकरण गरियो । सन् १९६२मा व्रmान्तिकारी सेनानायक ऊ नेविनले देशको सत्ता आफ्नो हातमा लिएपछि स्कुललगायत रजिस्टर गरिएका सबै सङ्घसंस्था रद्द गरिदियो । हाम्रा सपना सबै भताभुङ्ग भए । वर्षौंपछि सरकारले मान्यता दिएको धार्मिक छुटमा हाम्रा ध्यान पुगेर आफ्ना धार्मिक र सामाजिक आवश्यकता मन्दिरको प्राङ्गणबाट पूरा हुने देखियो । सन् १९६८ पछि म्यान्माली नेपालीले गाउँटोलमासामथ्र्यअनुसार सानाठुला मन्दिर निर्माण गरेर धार्मिक एवम् सामाजिक कुराको जगेर्ना गर्न थाले । केही समयपछि चाडपर्व, परम्परा, कर्मकाण्ड आदिमा एकरुपता ल्याउन सन् १९७३ मा ब्रह्म सङ्घ मचिना गठन भयो । यस कार्यमा स्व. ज्ञानलाल घिमिरे र रघुनाथ गौतमको अग्रणी भूमिका थियो ।
सन् १९७५ मा समाजका युवा वर्गले सनातन हिन्दु धर्म सेवक सङ्घ खडा गरी समाजका अनेक खण्ड रआवश्यक विषयमा विस्तृत चर्चा गरेर आवश्यकताहरु परिपूर्ति गर्दै गए । सन् १९७६ मा युवा वर्गले नेपाली नवयुवक सेवासमिति गठन गरेर सामाजिक कार्यमा अहम् भूमिका निर्वाह गरेको पाइन्छ । सन् १९८२ मा अखिल म्यान्माीय गोर्खा हिन्दु धार्मिक सङ्घ सरकारमा रजिस्टर भयो । यसले म्यान्मामा नेपाली बसोबास गर्ने ३५ सहर (यागौँ, मान्डले, मोगोक, प्यिउल्वीं, टाउँगू, च्यापिन, कले, टमु, कताउँ, कत्था, स्वेगू, मोगाउँ, मोञीन, कामार्इा, मचिना, वाइमो, भामो, टाउँजी, टाछिलेट, पिण्डया, कलौ, यकसक, सिन्टाउँ, ल्वेको, ल्वेलीम्, नाम्साम (द, माइँश्यू, तिबो नाम्लाम, लास्यो, माइँयू (मूसे, कुड्खाइ, च्याउमे, नाउँछो, नाम्टू, टायान्) लाई आफ्नो शाखामा लिन्छ र सबै नेपालीको उच्च निकाय बनेर राजनीतिक विषयबाट टाढा रही अखिल म्यान्मीय गोर्खा हिन्दु धार्मिक सङ्घअन्तर्गत विभागीय रुपमा कार्य गर्छन् । जस्तै – सामाजिक विभाग, शैक्षिक विभाग, सांस्कृतिक विभाग, संस्कृत स्नातक विभाग, युवा विभाग, नारी विभाग आदि । यी विभागले नेपालीलाई आवश्यक पर्ने सबै विषयमा कार्य गर्दछ र आज पनि गर्दैछ । यसले म्यान्माली नेपाली कसैले गर्भदेखि मृत्युसम्म दुःख भोग्न नपरोस् भन्ने उदेश्य लिएर कार्य गर्दैछ । नारीको सर्वाङ्गीण विकासको आवश्यकता महसुस गर्दै गठन गरिएको श्री हिन्दूनारी कत्र्तव्य शिक्षा सत्र समितिले पनि विकासका कार्य गर्छ । म्यान्माली नेपालीको चौतर्फी उन्नतिका लागि निम्नलिखित कार्यहरु सञ्चालन गर्न सङ्घ सदैव कटिबद्ध छ ः
क. नेपालीले परम्परादेखि मानीआएको धर्म, संस्कृति, भाषा आदिको संरक्षण र संवद्र्धन गर्दै यसमा ह्रास नआउन दिन सदैव प्रयासरत रहनु ।
ख. म्यान्माली नेपालीको एक मात्र केन्द्रीय संस्थाका रुपमा गठन भएकाले आपसमा सद्भावना मित्रता र सङ्गठन बनाई राख्नु ।
ग. म्यान्माली नेपालीको मूलभूत महङ्खव तथा सिद्धान्तलाई कदरगर्दै नेपालीको धार्मिक, सांस्कृतिक, शैक्षिक र साहित्यिक क्षेत्रको उत्तरोत्तर विकास र उत्थान गराउन सदैव प्रयासरत रहनु ।
घ. म्यान्माली नेपाली मठ, मन्दिर, पाठशाला, पुस्तकालय, धर्मशाला, छात्रबास, भवन र श्मसानघाट आदिको नवनिर्माण, पुनर्निर्माण, संरक्षण र संवद्र्धन गर्न शाखाहरुलाई सहयोग गर्नु ।
ङ. म्यान्माली नेपालीको स्वास्थ्यको देखरेख गर्नु । अनाथ असहाय प्राणघाती रोग र दैवी प्रकोपबाट पीडितलाई यथासक्य सहयोग गर्नु ।
यो कुनै राजनीतिक वा सो सरहको सङ्घ नभएर शुद्धभावले समाज सेवामा समर्पित छ । यो जातीय उन्नतिका लागि लागिपरेको परिश्रुत सङ्घ हो ।
अखिल म्यान्देशीय गोर्खा हिन्दु धार्मिक सङ्घका उल्लेखनीय कार्यहरु निम्नलिखितहुन् ः
१. देशभर फिंँजिएका म्यान्माली नेपालीलाई एउटै सङ्घको छहारीमा ल्याएर एकता बनाउनु ।
२. धार्मिक साहित्यिक, सांस्कृतिक आदि सामाजिक कुराको प्रचारप्रसार र सुरक्षा गर्नु ।
३. देव मन्दिरमा बलिप्रथा निषेध गर्नु ।
४. नेपाली र गोर्खाली नाम लिएर हुने विवादको अन्त्य गर्नु ।
५. समाजका अन्यान्य सङ्घसंस्थालाई प्रोत्साहन र सहयोग पु¥याउनु ।
६. म्यान्माली नेपालीलाई नागरिकता दिलाउनमा सव्रिmय रहनु र सहयोग दिनु ।
७. दैवी प्रकोपबाट पीडितलाई आर्थिक सहयोग दिएर सान्त्वना दिनु ।
८. विशिष्ट व्यक्तित्वलाई समारोहमा पदक, कदरपत्र वा नगद पुरस्कार आदिले सम्मान गर्नु ।
९. महिला जगत्लाई अघि बढ्न प्रोत्साहन दिनु ।
१०. म्यान्माली नेपालीको अभिभावक बनेर रहनु ।
११. समाजमा नव चेतना सम्प्रेषण गरेर जीवनस्तर उठाउन प्रतिबद्ध रहनु आदि ।
नागरिकता अपनाउने व्रmममा नेपालीहरु
बर्मामा रहेर यही देशको नागरिकता लिने सरकारमा पत्र पेस गरिएपछि सरकारले ‘दुई देशको नागरिकता राख्ने अनुमति दिन असमर्थ छौँ । यदि नेपालको नागरिकता त्याग गरेर यहाँको नागरिकता लिन्छौ भने हामी दिन तयार छौँ’ भन्दा सबै नेपालीको एउटै मत हुनसकेन । कतिपयले नेपालको नागरिकता त्याग गर्न नचाहेकोले अग्रजबाट जसको इच्छा छ उसैले अपिल गरेर लिने छन् भनिएका कारण अनि नेपाल सरकारमा यही रायविचार मागगर्दा नेपाल सरकारबाट पनि उनीहरुकै खुसी भनियो भन्ने गोर्खा पत्रमा प्रस्तुत गरिएको प्रमाणहरु पाइन्छ । नेपाल सरकारले पनि उनीहरुको खुसी भनिदिएकाले नागरिकता बनाउन नाना प्रमाण खाँचो पर्छ आज पनि ।
सन् १९४८ मा म्यान्मामा नागरिक बन्न सक्ने विधान बन्दाको समयमा नेपालको नागरिकता त्याग्नुपर्ने विषयले नेपाली जनता म्यान्माको नागरिकता बनाउन उपेक्षित रहे भने कसैले विधानका विषयमा नजान्दाको कारण अप्लाई गरेनन् । हाम्रा जातिले हामी देशको रक्षा गर्ने हौँ, फौजीमा भएका कारण स्वतः नागरिक भयौँ भन्ने मानेर नागरिकताको प्रमाणपत्र नबनाई बसेकाहरु पनि छन् । सरकारबाट सन् १९६२ मा राष्ट्रीयकरण भएपश्चात् सेनाले नै राज्यभार लिँदै आयो । सन् १९७८ जुनमा देशवासी र विदेशी छुट्टाउन जाँच अभियान आउँदा देशका नागरिकता नलिएका गोर्खा जाति कतिलाई केस लाग्यो भने कतिले जुर्माना भर्नुप¥यो । नगानाई सिसिँये अभियान लिएर एक घरपनि नबिराई जाँच गरेर नागरिकताका प्रमाणपत्र नभएका प्रवासीलाई धमाधम पव्रिmएर जेलमा थुन्न थालेका थिए । एफ्आरसी समाएर बसेका मानिसलाई पनि असावधानी वा अज्ञानवश गरिएका गल्ती खोजेर थुनियो । धेरै म्यान्माली नेपाली थुनामा परे । बर्माकै लागि लडेर खुनपसिना बगाएका एकजना अवकाशप्राप्त लेसनाइक पनि बुढेसकालमा विदेशी भएको आरोपमा पव्रmाउ परे । उनीउपर त्यस्तो व्यवहार भएको देखेर अवकाशप्राप्त नेपाली फौजीउनलाई छुटाउन इमिग्रेसन अफिसरसँग भेट गर्न गएर भने, ‘यहाँ तपाईंहरुले विदेशी भनेर पव्रिmएका गोर्खालीमा धेरैजसो व्यक्ति यही देशलाई मातृभूमि मानेर यस देशका निम्ति खुनपसिना बगाएर सेवा गरेर अवकाशप्राप्त गरेका हुन् । फौजी र उनीहरुको परिवार पनि थुनामा परेका छन् । यो देशलाई मातृभूमि मानेर यस देशको पल्टनमा भर्नाभई देशको सेवा गरेका हौँ हामी तर यो समयमा हाम्रा बन्धुलाई पव्रmेकाले अति दःुख लागेको छ ।’
यसरी गुनासो गरेपछि इमिग्रेसन अफिसरले सुझाउ दिए, ‘गृहमन्त्रीको आदेशले गरेको हुँ । हजुरहरुले माथि पत्रलेखेर चढाउने ।’ अवकाशप्राप्त फौजी बिस जनाले हस्ताक्षर गरी गृहमन्त्रीलाई पत्रलेखियो र कर्नेल लक्ष्मणराई र सिएस्एम् आर बी गुरूङहरु पत्र लिएर यान्गौको वार अफिसमा पुग्नुभयो । गृहमन्त्री कर्णेल माउँल्विन्सँग पनि भेट गराए । नेताहरुबाट सान्त्वना पाएर साहेबहरु आफ्नो घर फर्किएको एक हप्ताभित्रमा अफिसमा एउटा टेलिग्राम आयो । त्यसमा भनिएको थियो, ‘आजसम्म पूर्व सैनिकका परिवारहरु जतिपनि पव्रmाउमा परेका छन् उनीहरुलाई कुनैपनि मुद्दा नलगाई तुरून्तै छाडिदिनू । सैनिकका परिवारमा जजसको नागरिकता प्रमाणपत्र बनेको छैन तिनीहरुको नामावली तयार बनाएर चाँडै पठाउनू।’
पूर्वसैनिकका परिवार जताततै छरिएर बसेका हुनाले त्यस्तो सूची तयार पार्न सजिलो नहुँदा केप्टेनहरुलाई सहयोग माग हुँदा पूर्व सैनिकले मेजर भागीमान सुब्बाको घरमा अफिस खोलेर कामगर्न थाले । सबैभन्दा पहिले मेम्यो र त्यसवरिपरिका जनतालाई खबरगरियो । आएको लिस्ट तयार पारेर मान्डले पठाइयो । मान्डले पुगेका फाइल गृहमन्त्रालयका उपमन्त्री कर्नेल खिँमाउँटिनले लिएर गएकाले म्येम्योमा भएका फौजी परिवारले नागरिकता पाइहाले । अर्को चरणमा हाम्रा जाति फौजबाट रिटायर भएका अथवा फौजीका नातेदार हुनेहरु गोर्खा आम जनतालाई पनि नागरिकता बनाइदिने विचार राखेकोमा सहयोग मिल्छ भन्ने आशा राखेका छौँ । हामीमार्फत आम जनतालाई सहयोग पु¥याएर बनाइदिन सक्यौँ भने हाम्रो सङ्गठनमा धेरै प्रगति हुने थियो भनेर अझ उत्साहित भएर कार्य गर्दा कतिपय आमजनताको पनि नागरिकता बन्यो । गोर्खाली भएका नाताले रिटायर फौजीका परिवारसँग केही न केही सम्बन्धित छन् । यसमा सरकारलाई पनि कुनै घाटा नहुने हुँदा हाम्रा गोर्खालीले धेरैभन्दा धेरै नागरिकता पाउन् भन्ने उहाँहरुको ध्येय थियो । यसका लागि रिटायर गोर्खा फौजीहरु ठाउँठाउँ पुगेर निरन्तर सहयोग दिइरहे । फलस्वरुप यस अभियानमा दश हजार जतिले नागरिकता पाए । यस समयमा अलिक सचेत भएका भए सबैले नै नागरिकता पाउने थिए । नगनाइँ सिसिन्एपछिको समयमा भने नागरिकता नहुनेले धेरै समस्याको सामना गर्नुप¥यो । देशभित्र आवतजावत गर्दा नागरिकता नभई जान सकिँदैन । बाटामा मनपरी बाँस राखेर चालकसँग पैसा माग्ने, यात्रीबाट नागरिकता छँदाछँदै ससाना निहँु थापेर पैसा माग्ने गर्छन् । जनरललाई (अ भा), अलिक सानालाई (सया) भन्दै सम्बोधन गर्नुपर्ने, नजर झुकाएर, शिरझुकाएर होउके सया, अभा (हवस) मलिन स्वरमा, स्वाभिमान लुटाएर सम्बोधन गर्नुपथ्र्यो । राष्ट्र««को व्यवसाय सेनाको हातमा थियो । अवकाशप्राप्त फौजीको सहायतामा नागरिकता बन्दै आयो भने यही नागरिकताको अभियानबाट केन्द्र सङ्घ खडा गर्न यज्ञनाथ शास्त्रीजीको प्रयास र चर्चापरिचर्चाले समाजको सङ्गठनको खाँचोलाई पूरा गर्न सफल भयो र केन्द्र अध्यक्ष पनि अवकाशप्राप्त लेप्टेनन कर्नेल लक्ष्मण राई, सचिवमा कुलदीप लिम्बु र उपाध्यक्षमा ओमप्रकाश भट्टराई नियुक्ति हुनुभएको छ । केन्द्र खडा भएपछि भने केन्द्रको नेतृत्वमा शाखा कार्यालयबाट म्यान्माली नेपालीको नागरिकता अभियान सुचारू ढङ्गमा चलिरहेको छ आज पनि ।
बर्मामा नेपाली सेनाको इतिहास
बेलायति आधिपत्यकै बेला जापानी आव्रmमणअघि बर्मामा २० बटालियन अर्थात् लगभग २४ हजार अङ्ग्रेज सेना थिए । त्यसमध्ये ९ हजार ६ सय गोर्खा सिपाही थिए भनेर मेजर नन्दलाल तिवारीले लेखेका छन् । ब्रिटिस सेना युद्धप्रवीण जापानी लडाकुका अघि टिक्न नसकेर पछि हट्दै भारतको होसियारपुर हुँदै पंजाब पुगेपछि अङ्ग्रेज सेना जम्मा ६ बटालियन मात्र थिए । त्यसमा गोर्खा सिपाही मात्र आठ सय थिए । त्यही पंजाबमा पुनः गोर्खाली र पंजाबी भेलागरेर फोर्थ बटालियन खडागरेर त्यसैबाट एक पल्टनलाई १९४३ मार्च महिनामा बर्माको आराकानी मोहरामा जापानीसँग लड्न पठाए । त्यसको तीन महिनापछि चौथो बटालियनबाट पंजाबीलाई निकालेर अर्कै पल्टनमा लगिएकाले चौथोमा केवल गोर्खाली मात्र रहे । त्यसैले फोर्थ गोर्खा हुनगयो । उत्तरी बर्माको कछिन् स्टेटबाट जापानीलाई धपाउन अङ्ग्रेजले सन् १९४३ को नोभेम्बर १५मा चौथोलाई नै खटाए । दोस्रो विश्वयुद्धको मध्यतिर सन् १९४२ मा जापानीले बर्मामा युद्ध छेडिदिए । यसै अवसरमा तत्कालीन सरकारले सेनाको गोर्खाली (नेपाली) युनिटको आवश्यकताबोध गरे । तत्काल ‘फोर्थ (चौथो) गोर्खा’ युनिट खडा गरे ।नेपालीले जापानीसँग लडे ।जापानीलाई खेद्न सफल बने । यिनै युद्धमा जमदार गजे घले, अगमसिंह राई, तुलबहादुर पुन, गञ्जु लामा, लक्ष्मण गुरूङ र भानुभक्त गुरूङले प्रचण्ड वीरता देखाएर भिक्टोरिया व्रmससमेत हासिल गरे ।
सन् १९४८ जनवरीको ४ तारिखका दिन म्यान्मा स्वतन्त्र भयो । त्यसपश्चात् चौथोका उच्च पदाधिकारी अङ्ग्रेजहरुस्वदेश फर्कने भए । त्यसै व्रmममा स्वदेश फर्कन इच्छा हुने नेपाल तथा भारतबाट आएका नेपाली तथा अन्य जातिलाई पनि सेनाबाट बिदा दिइयो । फर्कन नचाहनेहरुचाहिँ पल्टनमै रहे । एक सालपछि पुनः चौथो बटालियन गठन गरी छिन राइफल, कछिन राइफल, तथा अन्यत्र भर्ना भएका गोर्खाली सिपाहीलाई चौथोमा पु¥याइयो । यस गठनपछि चौथोले आफ्नो लोगो बनाए जसमा दुइटा नाङ्गा खुकुरी ठाडो पारेर घाँटीमा व्रmसपारेर बाजले पखेटा फिँजाएकोे थियो । चौथो बटालियनमा पहिलाकोझैँ गोर्खा रहेनन् तर पनि गोर्खालीले दिएको उत्कृष्ट वीरताको स्मृतिमा मान्डलेको नान्चेमा चौथो बटालियनको छाउनीको ढोकाबाहिर अद्यापि सो लोगोको परिचयपट छ । देशको परिस्थिति दिनदिनै सैनिक शासनमा जकडिँदैथियो । व्रmान्तिकारी भनिएको सरकारले आम जनताले बल्लबल्ल जम्मा गरेको पैसा पनि बन्द गरिदियो । आम जनतामा वज्रपात खसेझैँ भयो । व्रmान्तिकारी सरकारका कारण थोरै जम्मा गरिएको हाम्रो पँुजी पनि लुटियो । सन् १९६२मा व्रmान्तिकारी सेनानायक ऊ नेविनले देशको सत्ता हातमा लिएपछि देशी र विदेशीका बिच ठुलो विभेद खडा भयो । इमिगे्रसन (आप्रवासन) को कानुन जटील हुँदै आयो । नेपालीले पनि नागरिकताको अभावमा धेरै हन्डर खानुप¥यो । नागरिकता नपाउनेका छोराछोरीले उच्च शिक्षामा समेत अवसर नपाउँदा ‘आखिर हामीले विदेशमा रगत बगाउनु व्यर्थ रहेछ’ भन्ने विचारले जाँगर खसाइदियो । त्यसैले सिपाहीमा नयाँ भर्र्तीहुनेको सङ्ख्या घट्दै गएको छ । अहिले बर्मामा गोर्खा सिपाही सय जना पनि सायदै होलान् । म्यान्माली नेपालीमा इतिहास अमर राख्न लिखित तथ्यको खाँचो पर्छ भन्ने चेतनाको अभावले गर्दा बर्माका लागि बलिदान दिएका वीरगोर्खाको इतिहास पनि दन्त्यकथामा मात्र सीमित हुनपुग्यो । लेख्य तथ्यको अभावमा कथ्य इतिहास सुस्तसुस्त लोप हुन लाग्यो ।
सन् २०१० पछि देश, काल र परिस्थितिमा सुधार आएकाले युवाहरु पुर्खाको बलिदान, लोप हुन लागेको इतिहासको खोजीमा लागेका छन् । कतै तस्बिरका माध्यमबाट, कतै राष्ट्रले सम्मानित गरेको पदक र पुराना न्युजपेपरकोखोजी गरिँदै छ। भविष्यमा राष्ट्रको परिस्थितिमा सुधार आए गोर्खा सङ्ग्रहालय बनाउने सपना देखेका छौँ । त्यसैले फोर्थ गोर्खा ६९ वर्ष पुगेको उपलक्ष्यमा सन् २०१६ को विजयादशमीमा मान्डले युवाले उत्साहित ढङ्गमा, राष्ट्रका उच्च पदाधिकारीलाई आमन्त्रित गरी धुमधामले मनाउन सफल भयो ।
बर्मामा नेपालीको शिक्षा व्यवस्था
जापानी कालपछि छोराछोरीलाई शिक्षा दिन पाठशालाको खोजी हुन थाल्यो । सर्वप्रथम मचिना मखान्तीको नेपाली पाठशाला र म्येम्यो हाल (प्यिउल्वीं) मा पाठशाला खोलियो । मचिनाको ताचाङ मार्पाङ, नाम्टीको तठेगौर मा नेपाली स्कुल थिए । यही समय स्यान प्रान्ततिर शिक्षाको चहलपहल थिएन । जुनबेला समाजमा नेपाली सङ्घ र गोर्खा सङ्घमाझ चर्को मनमुटाब चलेको थियो त्यही समयमा शिक्षाको ज्योति लिएर म्यान्माका शताब्दीपुरूष स्व. डिआर शर्मा अधिकारीले गाउँ गाउँ खालीखल्ती नाङ्गो पाउ घुम्दै नेपालीहाई गाउँ छोेर सहर पस्ने प्रेरणा दिँँदै छोराछोरीलाई नेपाली भाषाको शिक्षा पनि दिनुपर्छ भन्दै शिक्षा र भाषाका पक्षमा चलाएको सव्रिmय आन्दोलनले ६० भन्दा बढी नेपाली गाउँबस्तीमा प्राइमरी पाठशालासञ्चालनमा आए । प्रायः पाठशालामा बर्मा, नेपाली र अङ्ग्रेजीको प्राथमिक तहको शिक्षा मात्र दिइन्थ्यो । नेपालीको माध्यमिक तहको पाठशालाचाहिँ केवल लास्योमा थियो । त्यसभन्दा माथिको शिक्षा लिन कि त भारतीयका डिएभी (दयानन्द एङ्ग्लो भर्नाकुलर) वा सरकारी स्कुलमा भर्ना हुनुपथ्र्यो । नेपालीहरु शिक्षातर्फ उन्मुख के हुँदै थिए सन् १९६२ मा व्रmान्तिकारी सरकारले सबै स्कुल, रजिस्ट्रर गरिएका सङ्घसंस्था, प्राइवेट स्कुल, भारतीयको मिल, दफ्तरआदि जफत गरी राष्ट्रीयकरण गरेर विदेशीलाई देश फर्कन बाध्य बनायो । विदेशीले देश छाडेर जानु भन्ने उर्दीले नेपालीको मानसपटलमा हामी नेपाली पनि एक न एक दिन यो देश छाडेर जानुपर्छ भन्ने चिन्ताले पिरोलेको छ आजसम्म ।
हाम्रो सपना खुलेआम लुटियो ।हाम्रा योजन लथालिङ्ग भए तर पनि अग्रजले हार मानेनन् । हाम्रा बालबालिका विशेषतः ब्राह्मणका छोरालाई वेद, रूद्री, चण्डी र ज्योतिष शिक्षा दिइन्थ्यो ।छोरीलाई नीतिश्लोक, गीता, छोरीलाई अर्तीजस्ता शिक्षा दिएर मुखाग्र गराइन थालियो। विहेबटुलोमा दोहोरी प्रतियोगिता गराएर भाषा, संस्कृति र साहित्यालाई हाम्रो बोलीमा सुरक्षित राखियो ।
म्यान्मालाई राष्ट्रीयकरण गरिएपश्चात् सरकारी स्कुलमा अङ्ग्रेजी भाषालाई अपवादमा राख्ने हो भने म्यान्मा भाषालाई मात्र मान्यता दिएर त्यो मात्र पढाइन्छ । नेपाली छोराछोरीले पनिसरकारी स्कुलमा नपढी धरपाइन्न । यसो हुँदा हाम्रा छोराछोरीले मातृभाषा बिर्सेलान् भन्ने चिन्ता नलागेको होइन । हाम्रो बोलीभाषा नहराउन् घरमा वा मान्यजनकहाँ पठाएर, नभए मन्दिरका प्राङ्गणमा अक्षर चिन्ने र चिनाउने प्रयास गरिएको छ । कतै हिन्दी साहित्यलाई लिएर कतै दार्जिलिङ र नेपालतिरबाट आएका वर्णमाला, ठुलो वर्णमाला सरकारको नजरबाट लुकाएर भएपनि सिलसिलाविहीन अक्षर चिनाउने प्रयास गरियो । म्यान्माली नेपालीलाई जसरी भएपनि जाति, धर्म, भाषा साहित्य, सभ्यता र संस्कृति एवम् मौलिक मूल्य र मान्यता जोगाउनु थियो । वर्षौंपछि सरकारले मान्यता दिएको धार्मिक छुटमा धार्मिक र सामाजिक आवश्यकता मन्दिरको प्राङ्गणबाट पूरा हुने देखियो र त्यो चलनलाई निरन्तरता दिइयो । सन् १९६८ पछि म्यान्माली नेपालीले गाउँटोलमासामथ्र्यअनुसार सानाठुला मन्दिर निर्माण गरेर धार्मिक र सामाजिक कुराको जगेर्ना गर्न थाले । त्यही छुटलाई ध्यानमा लिँदै सन् १९७८मा नेपाली गोर्खा धर्मशाला मान्डले स्थापित भयो । त्यस्तै सन् १९९९मा अत्तरसिंह छात्राबास, मचिना, गोर्खा धर्मशाला, मचिना तथा सन् २००३ मा नेपाली गोर्खा धर्मशाला नाउँछो, सन् २००३मा चन्द्रावास, छात्राबास मान्डले, सन् २००८मा नन्दराम न्यौपाने धर्मशाला यान्गौँ, सन् १८९५मा श्री रामचन्द्र मन्दिर मोगोक, सन् १९०४मा लास्योस्वयम्भूश्री शिवशंखाई धाम, सन् १९८४मा श्री पशुपतिनाथ मन्दिर पिंउल्बी, सन् १९९५मा नेपाली गोर्खा धर्मशाला टमु आदि गरी विभिन्न कालखण्डमा विभिन्न मन्दिर र धर्मशाला निर्माण भए । यो व्रmम जारी छ । हाम्रा मठमन्दिर र धर्मशाला केन्द्रको साझा सम्पत्ति हुन् । साधनास्थल, धार्मिक स्थलका रुपमा सरकारमा समेत पन्जीकृत छन् ।
बर्मेली नेपालीको भाषासाहित्यको जगेर्ना
व्रmान्तिकारी सरकारका कडा प्रशासनिक अवरोधका कारण पुस्तक झिकाउन सकिने अवस्था भएन । तिथिमिति बुझ्न पात्रो, धार्मिक ग्रन्थआदि जुन हाम्रो दैनिक आवश्यकताका पुस्तकहरु केही थान निकाल्नुपरेमा हिन्दुभगवान्को फोटो लगाएर प्रशासनलाई भगवानकै पुस्तक हो भन्ने विश्वास दिलाएर मात्र झिकाउन सकिन्थ्यो । आफ्नो संस्कृति रकलाबाट टाढा भएकाले हिन्दी गानामा रमाउँदै आएका नेपालीलाई मौलिक लोकगीतको परिचय दिँदै नेपालीको गाउँ गाउँमा एउटा मादल लिएर घुम्दै,
‘फूल है फुल्यो झकमक सुनौली सयपत्री, विदेशभरि कसरी छरियो यसरी
यो फूल राम्रो बिरूवा हाम्रो नमास विदेशमा, सुनौली रङ्गले रङ्गाइदिउँला चाँदीको पर्वतमा
सयपत्री लाख, लैजाउँला साथ हृदयमा राखेर, आमा शरीर सिँगारिदिउँला यही फूल गाँसेर’
जस्ता लोकगीतहरुसुनाउँदै नेपाली गीतलाई चिनाउने अभियान पनि चलाइयो ।
यसरी म्यान्माली नेपाली युवाका हृदयमा नेपाली गीत भित्रिन थाले । रेडियो नेपालबाट प्रसारण भएका एकसे एक लोकगीतको हाम्रा युवाले सिको गरे । रक्की थापाले सन् १९७०को दशकमा सेनाको अत्याचार भएकाले ‘एकै गाँस खाएर आफ्नै घर बसौँला, फर्कम् दाइ फर्कम् घर, छैन अब बेला’भन्ने जस्ता मर्मस्पर्शी गीत गाए । यस्ता गीतले मनमस्तिष्क झङ्कृत पारिदिए र गाउँका युवाहरु झुम्मिएर नाचे। कतिपय नेपालीे सिङ्गो गाउँ नै मातृभूमिप्रतिको मायामोहले वशीभूत भएर आफ्नै देश, आफ्नै गाउँ, आफ्नै घर फर्किए । यसरी गीत गाउँदै हिँड्दा ‘यसले यहाँ बसेका मानिसलाई भड्कायो’ भनी सरकारमा पोल लगाएर उनी थुनामा परे । रक्कीका प्रेरणाले नेपालीका घर घरमा नेपाली गीत गुन्जियो । मादलको धुन, घिनताङ–घिनताङ गर्न थाल्यो । अब बडादसैँमा लोकगीत, चाडपर्वमा स्वरचित नयाँ नयाँ नेपाली गीत गुन्जिन थाल्यो । ती गीतको मुहान फुटाउने रक्की थापा म्यान्माली नेपालीका बिचमा लोकप्रिय बन्दै छन् ।
सन् १९६२ मा कान्तिकारी सरकारले सत्ता लिनुअघि म्यान्मामा पुस्तक लेखेर प्रकाशनमा ल्याउन सरल थियो तर नेपालीमा पुस्तक लेख्ने चेतना कम थियो । सेनाले सत्ता लिएपछि अन्य भाषामा पत्रिका, किताब निकालेको थाहा पाउँदा प्रेसले कडा संवैधानिक कारबाहीको सामना गर्नुपथ्र्यो । पुस्तक, पत्रपत्रिका छाप्नु परे शब्दशः बर्मी भाषामा अनुवाद गरी टोल, जिल्ला, अञ्चल हुँदै विभिन्न मन्त्रालयबाट स्वीकृति लिएर प्रकाशित गर्न सकिन्थ्यो । त्यसैले पुस्तक प्रकाशन गर्नु सर्वसाधारणका लागि जटिल थियो । भएका पुस्तक पनि सेनाको नजरबाट लुकाउँदालुकाउँदै सन् १९७०को दशकभित्र पुस्तकको सर्वथा अभाव भयो । सन् १९५२ मा पं.शोभाकर शर्मा ज्ञवालीले ऐरावती भक्तिमाला लेख्नुभयो ।सन् १९५३ मा भीमबहादुर क्षेत्रीले ऐरावतीको सवाई र मोगाउँ च्यानबारीबाट सन् १९६१ मा पं. रघुनाथ गौतमबाट पञ्चगुणमाला प्रकाशित गरियो । सन् १९६२ मा हर्कबहादुर अधिकारीले नयाँ दर्शनीय गुफाफया नालालेख्नुभयो । पं. रघुनाथ गौतमले पञ्चगुणमाला‘दुःखको बात छ येक्फेर्मन्महा सब् बर्मा देश भरीपण्डितहरु हुनन् सखेसब यहा खपञ्च सख्यैगरी, तिन्को अन्त्य भएपछि त सहजै हाम्रा ई पुराणहरु होम् गंगाबिच मा हुने छ बुझिल्यौ पढ्दैन कोहीअरु’(धेरै दुःखको बात यो छ कि वर्तमान परिवेशमा बर्मादेशभरका पण्डितहरुमा पञ्चपाण्डवको झैँ मैत्रीभाव छैन । उनीहरुमा मैत्रीभाव हराउँदै गएको छ । पण्डितहरुको यस्तो क्षतिले गर्दा हाम्रा धार्मिक ग्रन्थ र पुराणहरु केही कालान्तरमै गंगामा होमिन्छन् । जब पण्डितहरुले यस्तो क्षति भित्र्याउछन् तब हाम्रा उक्त ग्रन्थहरु अरु कसैले पढ्दैनन् । अब केही युक्ति गर्नु पर्छ) भनेर सबैलाई झक्झकाउँँदै म्यान्मामा संस्कृत पाठशाला खोल्ने प्रेरणा दिनुभयो । यसै प्रेरणालेसन् १९६६ मा नाउँछो नगरको रामेश्वर विद्यापीठ, लोखु ग्राममा संस्कृत विद्यालय, सन् १९६९मा शारदा संस्कृत विद्यालय मखान्ती, सन् १९७३ मा सरस्वती विद्या निकेतनधाम लकसक, सन् १९७० को दशकभित्र संस्कृत पाठशाला लोखु खुले तर म्यान्मामा नेपाली पढाउने प्रायः सबै पाठशाला लोप भए र पाठ्यपुस्तकको सर्वथा अभाव भयो । नेपालीले एउटा अन्योलको दुरावस्था सामना गर्नु परेको बेला थियो ।सन् १९७० मा म्यान्माका नेपालीलाई पढ्नपढाउन यान्गौ राजदूतावासबाट तिनताकनेपालमा पढाइने महेन्द्रमाला झिकाएर वितरण गरिए । यसले कतिले लाभ उठाए । केही मात्रामा हाम्रो प्यास मेटिए पनि यहाँको माटो र परिवेशसँग मेल नखाने भएकाले तिनलाई हाम्रो पाठ्यसामग्री बनाउन सकिएन ।
सन् १९७५ पछि नेपाली हिन्दु धार्मिक शिक्षण समितिको सत्प्रयासले केही शिक्षा सामग्री जुटाएर पढाउने कार्य गर्छ । मोगोक क्षेत्रमा हुर्किसकेका युवालाई भाषाबोधका लागि रात्रि पाठशाला खोली भाषा र जातीय समाजप्रतिको प्रेम जगाउने प्रयास गर्छ । युवामाझ भाषासाहित्य रजातीय प्रेम जगाउन सफल भएकाले यिनै युवालाई साथमा लिएर कार्य गरिन्छ । सन् १९७८ मा म्यान्माली नेपालीको प्रतिनिधि, धर्म सभाले यस कार्यलाई देशव्यापी बनाउन निर्णय गर्छ । त्यसपछि शिक्षा विभागको कार्य नेपाली नवयुवकको काँध दिइन्छ । म्यान्माको परिवेश र माटोसुहाउँदो पाठ्यपुस्तक तयार पार्ने जमर्को गरियो । धर्म र धर्ममा आधारित पुस्तक साऊँ अक्षरदेखि भाग १० सम्म तयार गरी पढाउनेयुवाको प्रयासमा ठाकुरप्रसाद गुरागाईं नायक बनी कार्यगर्छन् । पुस्तक तयार भएपछि म्यान्मा भाषामा शब्दशः अनुवाद गरी व्रmमशः मन्त्रालय हुँदै सरकारमा पेस गरेर पाठ्य पुस्तक बनाउन र पढाउन खोजियो । सरकारलाई हिन्दु धर्म शिक्षा दिएको हो भन्ने विश्वास दिलाएर अनुमति प्राप्त गर्न सफल बनियो । यहाँ सरकारले धार्मिक विषयलाई मात्र छुट दिएको छ । यसैले सरकारले सम्पूर्ण म्यान्माली नेपालीलाई हिन्दु धर्मावलम्बी मानेको छ । यसर्थ हिन्दु धार्मिक शिक्षा पुस्तक तयार पारिएको हो । सरकारबाट अनुमति प्राप्त भएर पुस्तक तयार भएपछि सन् १९९१ मा केन्द्रले सबै शाखामा अनिवार्यरुपमा नेपाली शिक्षा दिनू भन्ने घोषणा ग¥यो । त्यसपछि यस परियोजनाले उचितरुपमा व्यापकता पाएको भेटिन्छ । यसै समयमा म्यान्माका संस्कृत स्नातकले समाजमा उत्रिएर संस्कृत स्नातक सेवा मण्डली गठन गरे । यो स्नातक मण्डलीले आफ्नै खर्चामा देशभर मातृशिक्षाको अभियान लिएर गयो । दर्जनौँ सदस्य समावेश गरी समसामयिक बनाउने उद्देश्यले विद्वान्लाई प्रचारककारुपमा देशभर भ्रमण गराउनु जस्ता काम गर्न सफल भयो । आवश्यक गाउँँँँँँँँँमा गुरू पठाएर मातृशिक्षा अभियानमा सक्दो सहयेग गर्दै नेपाली भाषासाहित्यमा सघाउ पु¥याउँदापु¥याउँदै पनि भाषासाहित्यमा भने जस्तो प्रगति हुन सकेन । त्यसताक प्रायः पण्डित वर्ग वा संस्कृत पाठशालाका विद्यार्थीद्वारा वसन्त कालमा गाउँबस्तीसम्म गएर नेपाली मातृभाषा पढाउने जिम्मेवारी सम्हाले । मातृभाषा अध्यापनको वागडोर संस्कृत पाठशालाबाट नै सम्हाल्दै आएको पाइन्छ । नेपालीद्वारा सञ्चालित म्यान्माका तीनओटा संस्कृत विद्यालयको हेरचाह र सबै पाठशाला एउटै पद्धत्तिले शिक्षा दिने व्यवस्था मिलाउने मात्र नभएर विद्यार्थी र स्नातकको गुणस्तरमा अभिवृद्धि ल्याउनु पनि थियो ।
सन् १९९५ मा यान्गौँ राजदुतावासका द्वितीय सचिवको हैसियतमा युवा कवि दुबसु क्षेत्री म्यान्मा आए । उनी नेपालीको गाउँठाउँका उत्सवमा पुगेर नेपालीको जनजीवन अध्ययन गर्ने र उनीहरुको सामाजिक तथा साहित्यिक चेतनालाई घच्घचाउने प्रयत्न गर्थे । म्यान्माली नेपालीको नेपालीपनप्रति रहेको आस्था, भाषासाहित्य र संस्कृतिलाई जोगाउन उनीहरुले गरेको सङ्घर्ष देखेर उनीभित्र सहानुभूति उम्रनु स्वभाविक थियो । नेपालको समसामयिक साहित्य र संस्कृतिसँग म्यान्माली नेपालीलाई परिचय गराउन र म्यान्माका नेपालीको गतिविधि बुझाउन नेपाली साहित्य जगत्का शिखर पुरूषहरु कविवर माधव घिमिरे, कमलमणि दीक्षित, मोहन कोइराला र वैरागी काँइलालाई निम्त्याएर सन् १९९८मा तीन दिनसम्म बृहत् नेपाली साहित्य सम्मेलन नेपाली दूतावासको आँगनमा आयोजना गरिएको थियो । सो कार्यव्रmम म्यान्माली नेपालीका निम्ति अभूतपूर्व र ज्यादै प्रभावपूर्ण रह्यो। दुबसुले नेपालका उच्च साहित्यिक कृतिहरुआफ्नै खर्चमा थानका थान झिकाएर यहाँका साहित्यप्रेमीलाई वितरण गरिदिए । नेपाली पत्रपत्रिकाको अनिकाल भएको देशमा आफ्नै सम्पादकत्वमा दूतावासबाटै मुद्रण गरेर नेपालदर्पण प्रकाशित गरिदिए । साहित्यको प्यास लागेर तिर्खाएका म्यान्माली नेपालीका निम्ति यो अमृत समान हुनपुग्यो । साहित्यको स्वाद पाएका म्यान्माली नेपाली एक्कैसाथ जुर्मुराएर गाउँ, टोल र नगरमा मातृशिक्षाको अभियान सुचारू पार्न कस्सिए । सन् १९९६–९७मा मान्डले धर्मशाला समितिको संरक्षणमा धर्मवाणी द्वैमासिक पत्रिका ६ अङ्कसम्म प्रकाशित भयो । परिवर्तन समयको नियम हो । सन् १९९९मा अखिल म्यान्मीय गोर्खा हिन्दु धार्मिक सङ्घको संरक्षणमा धर्माेदय त्रैमासिक पत्रिकाको थालनी भयो र अविच्छिन्न रहेको छ आजसम्म । हाम्रा बालबालिकाले वर्षको नौ महिना सरकारी बर्मा स्कुलमा अध्ययन गरेर धर्म शिक्षाको नाममा, धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक, रीतिरिवाज, यी सबै शिक्षा, हामीले वसन्त विदाको तीन महिनामा हासिल गर्ने गर्छौं । समग्रमा म्यान्मामा नेपाली भाषासाहित्य सन् १९९१ पछिमात्र सङ्गठित रुपमा अध्ययन–अध्यापन हुन थालेको हो । त्यसैले म्यान्माको साहित्यलाई राष्ट्रकरण हुनुअघिको युग, राष्ट्रकरणपछिको युग भनी दुई भाग लगाउन सकिन्छ । राष्ट्रकरणपछिको युगलाई भने तीन भागमा बाँड्ने गरेको पाइन्छ ः
(क) मोगोक शिक्षण समिति, नायक ठाकुरप्रसाद गुरागाईं युग,
(ख) दुबसु (दुर्गाबहादुर सुबेदी युग) र
(ग) त्यसपछिको युग ।
भाषा साहित्यको पठनपाठन हुन थालेपछि हाम्रा चाडपर्वहरु केन्द्रको निर्देशनमा सामूहिक रुपमा मनाइन थालियो । सहरनगरमा समाजमा ससानु विषयदेखि लिएर ठुल्ठुला कार्य गर्न थालियो । केही समयपछि टमु क्षेत्रका हाम्रा अग्रजले सामाजिक कार्यमा युवाको उपस्थिति नभएको महसुस गर्नुभयो । हाम्रा युवा आधुनिक शिक्षामा डिग्री हासिल गरेर पनि समाजमा उनीहरुको योगदान नरहेको र समाजप्रति जागरूकता नरहेको महसुस भयो । यसको कारण खोज्दै जाँदा मातृशिक्षाको अभाव, जातीय प्रेम, गौरवजस्ता विषयको अभाव देखियो । यस विषयमा चर्चा परिचर्चा पटकपटक भयो र पटकपटक बैठकहरु राखिए । यसरी पटक पटक बैठक राखिँदा अग्रजले एउटै विषय देख्नुहुन्छ कि युवामा मातृशिक्षाको अभाव र मातृभाषाको अभावले गर्दा समाजबाट टाढा भएको महसुुुस भएर पढौँ पढाऔँको अभियान लिएर मन्दिरमा रात्रि पाठशाला पढाउनुहुन्छ । रात्रि युवालाई हिन्दु शिक्षाका पुस्तक पढाइन्छ । यहाँ युवाले साहित्य र व्याकरणलाई पृथक् बुझेका र साहित्यमा व्याकरणको समन्वय नभएको बुझिएर यस समस्याको समाधान भने नेपालको पाठ्यपुस्तकमा पक्का पनि छ होला भन्ने लागेर एकचोटि मगाएर हेरौँ भन्ने लागेर पुस्तक मगाउने जमर्को गरिन्छ । अहिले जस्तो यातायातकोसुविधा थिएन तापनि नेपालका एक व्यापारीसँग परिचय बढाएर पुस्तकहरु झिकाइयो । पुस्तकमा सोचे जस्तै सानु कक्षादेखिनै अभ्यासमा व्याकरण सम्मिश्रित भएको देखिएर नेपालबाट नै पुस्तक झिकाएर पढाउने निर्णय गरियो । हाम्रा अग्रजले विचार गर्नुहुन्छ हाम्रा युवा सरकारी स्कुलको कक्षा १० परीक्षा सकिएर कलेज जानुपूर्व बिचमा रहेको ८÷९ महिनाको अवधिमा नेपाली रीतिरिवाज, परम्परा आदिको छाप बसालिदिने हो भने जहाँ गए पनि हाम्रा बालबालिकामा नेपालीपन रहने थियो भन्ने लागेर दिवापाठशालाको सपना देखिन्छ ।यतिकैमा युवाले हामीलाई रात्रि पाठशालाले मात्र पर्याप्त भएन दिवा पाठशाला खोलिदिने माग हुन्छ र खोलिन्छ । पाठशालामा हरेक १५ दिनमा साहित्यिक कार्यव्रmम राखिन्छ र विद्यार्थीलाई कथा, कविता, निबन्ध रचना गर्न सिकाइन्छ अनि विद्यार्थीमाझप्रतियोगिता राखिन्छ । यही कार्यव्रmमका माध्यमले नयाँनयाँ युवा रचनाकारको जन्म हुन्छ । उनीहरुको कार्यलाई प्रोत्साहन दिँदै गोमा नदीको छेऊ नाममा विद्यार्थीका ताते लागेका रचना र स्थापित साहित्यकारका रचना समावेश गरी पुस्तक प्रकाशन गरियो र म्यान्माभरि वितरण गरियो । यस कार्यलाई धेरैले प्रशंसा गरे । यसैले नयाँ पत्रिका प्रकाशन गर्ने उर्जा मिल्यो ।सदियौँबाट शिक्षाको सौगात लिई प्रकाशप्रिय दृढवर्ती मौनयोगी सूर्यमुखी भन्ने शंखनाद गर्दै सूर्यमुखी पत्रिका प्रकाशित हुन्छ । टमु क्षेत्र भारतको सिमानामा रहेकाले र भारतबाट व्यापारीहरु आवतजावत गर्ने मोरे टमुको नामफलौँ मार्केट भएकाले पेसामा मोरे इम्फालको ड्राइभर साहित्यकार राहुल राईको केही नेपाली पसलेसँग परिचय हुन्छ । उहाँ साहित्यलाई साँच्चै माया र सेवागर्ने व्यक्ति हुनुहुन्छ । उहाँले म्यान्माको साहित्य विषयमा जानकारी लिनखोज्दा दिवा पाठशालाको चर्चा चल्छ । उहाँ आफ्नो घर मणिपुर पुगेर मणिपुरका साहित्यप्रेमीसँग भेटेर म्यान्माको साहित्य पढाइने दिवा पाठशालाको कुरा भएर लगभग सात जना र संयोगवशदार्जिलिङबाट साहित्यभ्रमणमा आउनुभएका युवाकवि सुकराज दियाली पनि साहित्य भ्रमणटोलीसँगै आइपुग्नुहुन्छ । यहाँ साहित्यिक कार्यव्रmम राखिन्छ । परिचय आदानप्रदान, विद्यार्थीबाट कार्यव्रmम सञ्चालन, स्वरचित कवितावाचनले प्रभावित हुनु भएर विद्यार्थीका रचना लिएर भारतकापत्रिकामा प्रकाशित गरिदिनुभयो । आफ्नो कर्मक्षेत्रनै म्यान्मासँग जोडिएकोले म्यान्माको साहित्यलाई भारतको कुना कुनासम्म प¥ुयाइदिनुभयो । उहाँले बर्माबाटविद्यार्थी र अग्रजको रचना लगिदिएर पत्रिकामा प्रकाशित गरिदिनुभयो । प्रकाशित पत्रिका पनि पाठशालामा ल्याइदिनुभयो । पत्रपत्रिकाको मरूभूमिमा त्यसको वर्षा गरिदिनुभयो । केन्द्रको संरक्षणबाट प्रकाशित हुने एकमात्र त्रैमासिक पत्रिका हो धर्मोदय । त्यही पनि कतिपय ठाउँमा आइपुग्दैन । पुस्तकपत्रिकाको खडेरीमा भारतबाट आएका पत्रिकाले तीर्खा मेट्ने अवसर पाएको थियो भने मन्दिरको प्राङ्गणबाट केही अघिबढ्ने अवसर पाएको थियो । अर्कोतिर मोगोक क्षेत्रमा पनि भाषाप्रेमी अग्रजले विद्यार्थीको मनस्थिति बुझेर उच्च शिक्षा अध्यापनको सपना देख्नुभयो । कुनै पनि पाठशाला वा स्कुल पढेपछि एउटा डिग्रीको विकल्प छ तर म्यान्माका नेपाली साहित्य अध्ययनमा कक्षा १० सकिएपछि आगे पढ्ने कुनै विकल्प नभएकाले कक्षा ७ र ८ पढेपछि आगे पढ्ने जाँगर नै नरहेको महसुुस गरेर नेपाली साहित्य डिप्लोमाको सपना देख्नुहुन्छ । लक्ष्मण न्यौपानेले मोगोक शाखा शिक्षा विभागको अभिभारा वहन गर्दा राजदूतावासबाट नेपालबाट पुस्तक मगाएर पढाउनुहुन्छ ।यही कार्यको उर्जा पाएर डिप्लोमाको स्थापना गर्नुहुन्छ । सन् २००४बाट अध्ययन–अध्यापन सुरू हुन्छ । हामी पनि नेपालीसाहित्य अध्ययनमा युवाको रूचि बढाउने विषयको खोजी हुनथाल्छ । नेपालको बिकम (द्य। ऋयm) मा पढाइने विषयलाई ध्यानमा लिएर पाठ्यपुस्तक तयार बनाएर नेपाली साहित्य डिप्लोमाको थालनी गरिन्छ । पहिला जनमानसले त्यति ध्यान नदिएको देखिन्छ । पछि वाचन समारोह कार्यव्रmम भव्य रुपमा राखिएपछि मानिसलाई डिप्लोमाको महङ्खवबारे पत्तालाग्यो र रूचि बढ्दै छ । यही साल केन्द्र महाअधिवेशनमा आफ्नो कार्यवृत प्रस्तुत गर्ने खण्डमा आफ्नो कार्यपत्रमा नेपालका पुस्तक जम्मा गरेर पढायौँ भन्ने विषय प्रस्तुत भएपछि निर्णायक मण्डलीबाट देशव्यापी नेपालकै साहित्यको अध्यापन गर्नु भन्ने निर्णय भएपछि म्यान्मामा सन् २००५ बाट साहित्यको अध्ययन हुन थाल्यो । सुरूमा मोगोक क्षेत्रमा मात्र सीमित नेपाली साहित्य पछि अरुतिर पनि फिजियो । जनताको मागअनुसार अहिले मोगोक, मचिना र प्यिउल्वीँ तीन ठाउँमा डिप्लोमाको अध्ययन र अध्यापन हुँदै छ । डिप्लोमा अध्यापन सुरूभएपछि नेपाली साहित्य अध्येतालाई साहित्यसम्बन्धी तालिम दिन नेपाल दिव्यज्योति बहुमुखी क्याम्पस, नवलपरासीका सहायक क्याम्पस प्रमुख शेषकान्त पौडेललाई झिकाएर म्यान्माका विद्याथी७० जनालाई नेपाली साहित्यको विशेष तालीम दिने कार्य भयो । यही तालिमको प्रेरणाबाट कोसेली त्रैमासिक पत्रिका मोगोक र दृष्टि पत्रिका धर्मसेवक सङ्घबाट युवाकलम यान्गौँजस्ता पत्रपत्रिकाको जन्म भयो । केन्द्र शिक्षा विभागले पनि सव्रिmय रुपमा कार्य गर्छ र पाठ्यपुस्तक तयार गर्नुका साथै पल्लव निबन्ध सङ्ग्रह (१, २), पल्लव कविता सङ्ग्रह, पल्लव कथा सङ्ग्रह जस्ता पुस्तकप्रकाशनमा ल्याएको छ । म्यान्मामा विभिन्न पत्रपत्रिका प्रकाशितभए पनि निरन्तरता भने धर्मोदयले मात्र पाएको छ । सन् २०१० पछि प्रजातन्त्र प्रारम्भ भएकोले विभिन्न उन्नति ल्याएको छ । यसैमा साइबरले पनि आफ्नो महङ्खवपूर्ण भूमिका निवाह गरेको छ र नयाँयुवा साहित्यकारको जन्म भइरहेछ । व्यस्त जीवनशैलीमा नेपाली अडियो बुकले पनि साहित्यप्रेमीलाई साहित्यकार बन्न प्रेरित गरेको छ भने, कोही ताते लाग्दै गरेका युवा साहित्यप्रेमीलाई नेपालका बरिष्ठ साहित्यकारको मार्गदर्शन पाउने अवसर साइबरले जुराएको छ । वास्तविक साहित्य डिजिटल पत्रिकाको अध्ययनपछि युवाले केन्द्रमा धार्मिक पत्रिकालाई विशुद्ध साहित्यिक बनाउने माग हुन्छ र सन् २०१८ मा धर्मोदयलाई विशुद्ध साहित्यिक पत्रिका बनाउने अनुमति मिल्छ । सो पत्रिकालाई ऐरावती नामकरण गरी प्रकाशित हुँदैछ । धार्मिक, सांस्कृतिक र नैतिक शिक्षा लोपहुँदै गए । हाम्रा संस्कृति र परम्पराका विषयमा जानकारी नभए कति दिनसम्म हाम्रा चाडपर्वको महङ्खव नबुझे भविष्यमा हाम्रो धर्म संस्कृति लोप हुनसक्छ । त्यसैले यी विषयमा केही शिक्षा दिनुपर्छ भन्ने आत्मबोधले संस्कृत स्नातक सङ्घबाट वैदिक सन्देश नामले पत्रिका प्रकाशन हुँदै छ । सन् २०१९ को अन्ततिर भएको सङ्व्रmमणले साइबरलाई मञ्चका रुपमा प्रयोग गर्न म्यान्माका साहित्यप्रेमीलेमहङ्खवपूर्ण भूमिका रह्यो । साहित्यिक संगोष्ठीहरु हुन थाल्यो । देशमा प्रगतिले दस्तक दिँदै आएर मोबाइल डेटाबाट पनि नेट प्रयोग गर्न सकियो । यसैले नेपाली साहित्यको उत्थानमा साइबर सहायक बनेको छ । साइबरकै सहायतामा नेपाली साहित्यका पुस्तक खोजी गरेर पढ्ने अवसर पाइएको छ । अडियो बुकहरु सुन्ने अवसर पाएर नेपाली साहित्य अध्ययन गर्न पाइएको छ ।युट्युबबाट पनि सहयोग भएको छ । आफ्ना रचना पनि विभिन्न देशमा पठाउने अवसर पाइएको छ । म्यान्मामा जगदम्बा पुरस्कारले पुरस्कृत पं.ठाकुरप्रसाद गुरागाईं, देवकोटा शताब्दी सम्मान पाउनुहुने अप्रा कर्णेल टंकधवज नेपाल, मधुकर प्रधान, पं.भवानीशंकर पोख्रेल, विष्णु पन्थीहरु हुनुहुन्छ । कोही कृतिकारहरु हुनुहुन्छ भने कोहीले प्रकाशनको समस्याका कारण कृति प्रकाशन गर्न भ्याउनुभएको छैन । टेकनारायण रिमाल, हिरा दहाल, दशरथ घिमिरे, पदम गुरागाईं, प्रितम पाण्डे, वसन्त पौड्याल, बासु कोइराला, देवेन्द्र रिजाल, शेरू थापा, जीवन दहाल, भगवत दाश बस्नेत, तीलक पोख्रेल, काशीराम सुवेदी, गंगाराम पोख्रेल, लक्ष्मण न्यौपाने, नारायण गौतम, रूद्रप्रसाद गजुरेल, खिमबहादुर बुढाथोकी, नारायण गौतम, होमनाथ सिग्देल, पं. जीवन गौतम, आचार्य गणेश मिश्र, रामप्रसाद अर्याल, पं. हुताशन पोख्रेल, हरिप्रसाद ज्ञवाली, वेदप्रकाश भट्टराई, थानबहादुर रावल, बालकृष्ण रिजाल, नन्दलाल रिमाल, महानन्द भट्टराई, मित्र पोख्रेल, यामबहादुर पोख्रेल, शान्तिराम पौड्याल, योगराज दहाल, इच्छाराम गुरागाईं, इन्द्रबहादुर लिम्बु, इन्द्रमणि पोख्रेल, ऋषिराम ज्ञवाली, कमलादेवी धिताल, काशीराम सुवेदी, किशन कोइराला, कुलदीप कँवर, कुमार मनोरथ रिजाल, कुलबहादुर थापा, कृष्णदेव भण्डारी, तरादेवी शर्मा, नारायण पन्थी, मदन खड्का, पं. भीमप्रसाद अधिकारी, भवानी लामिछाने, बुद्धिराम भुसाल, गोपाल धिताल, होमनाथ ढकाल, भीम पाण्डे, रामु सापकोटा, अमित घिमिरे, दधिराम रेग्मी, लक्ष्मण कडेल, किरण दहाल, रमेश शिवाकोटी, चैतन्य कडेल, श्रीमती तुलसी थापा, धनी गौतम, रुपा सापकोटा, यशोदा सापकोटा, इमा चौलागार्इं, मधू घर्तीक्षेत्री, विद्या लामाकार्की, कुन्ती सापकोटा, कुसुम गौतम, वन्दना गौतम आदि नारी हस्ताक्षर पनि देखा परेका छन् । हिजोआज डिजिटल पत्रिकामा स्थापित कलमकारसँगै लेख्ने नवकलमकारप्रचुर मात्रामा छन् । म्यान्माली नेपाली साहित्यकारद्वारा लिखित नेपाली साहित्यको सर्वेक्षणमा प्रकाशित पुस्तकाकार कृतिको नाम लिनपर्दा, पं. शोभाकर शर्माऐरावती भक्तिमाला, भीमबहादुर क्षेत्री ऐरावती बाढको सवाई, पं. रघुनाथ गौतमको पञ्चगुणमाला, गोपीनाथ कोइरालाको उपदेश खण्ड, जुवालाटरी, स्त्री शिक्षा, मनोरञ्जन, शालिग्राम शर्मा, मोची पूर्णपात्रम् (काव्य), भीमलाल पौड्याल, नवीन नीति दर्पण, लक्ष्मण न्यौपाने (सम्पादन मौन सङ्गीत), रेशमलाल अधिकारी, शिक्षा विनोद, पुण्यशील जगन्नाथ आनन्द जीवनमाला याने श्रद्धाञ्जली (काव्य), पं.पुण्यशील भण्डारी बर्माको सङ्क्षिप्त इतिहास, टिप्टाप, उर्मिला (काव्य) ठाकुरप्रसाद गुरागाईंका गीत, चौरासी थुँगा (भजन), जीवनधारा, गुरागाईंका मुक्तक, तरङ्ग, विष्णुप्रसाद पन्थीको तरङ्ग लहरी, बालकृष्ण रिजालको म्यान्माली आँगनमा दुबसुका पाइला, ठाकुरप्रसाद अधिकारीको विद्यामहिमा, दशरथ घिमिरेका दुईपाइला अघि एकपाइला पछि, चराहरुको हाँच, शान्तिराम पौड्यालको वेदना, रेशमलाल अधिकारीको शिक्षा विनोद, दीक्षा दर्पण (निबन्ध) चूडामणि पौड्यालको भजन सङ्ग्रह, टेकनारायण रिमालको छतिवनको रूख, घामका रङ्गहरु (मुक्तकसङ्ग्रह), अशोक घिमिरे थाइल्यान्डको काव्य, मोहनराज खनालको बिर्सन नसकेका पलहरु, चट्टानिलो मन (तान्का), हृदयको झङ्गार (मुक्तक सङ्ग्रह), मेरो प्रतिबिम्ब (हाइकु र कविता), पदम गुरागाईंकोहराएको अनुहारहरु, अमित घिमिरकोे सिमानाको घाम, नन्दलाल रिमालको मेरो जन्मभूमि, कुसुम गौतमको सल्बलाएका सपनाहरु, पुनम क्षेत्रीको अविरल आस्था(भजनसङ्ग्रह) प्रकाशित छ । दुबसु क्षेत्रीको सम्पादनमा म्यान्माली नेपाली कविता तथा दुबसुक्षेत्री, पुनम सुुबेदी, कृसु क्षेत्रीको सहसम्पादनमा प्रतिनिधि नेपाली म्यान्माली कविताजस्ता पुस्तकाकार कृति पनि प्रकाशित छन् । टेकनारायण रिमालको सम्पादनमा साधना(गीतसङ्ग्रह), लक्ष्मण न्यौपानेको सम्पादनमा जीवनदेखि जिवन्त (गजल सङ्ग्रह) प्रकाशन भएकोछ । म्यान्माको साहित्यमा आफ्नो जन्मथलो र कर्मथलो बर्मा भएपनि पितृभूमि नेपालप्रति अगाध आस्था र श्रद्धा रहेको पाइन्छ । कहिल्यै नेपाल नटेकेका बर्मेली नेपाली कविले नेपालको प्राकृतिक सुन्दरताको चित्रण गर्दै कविताको रचना गरेका छन् । नेपालका नेपाली भेट्दा असाध्यै खुसी हुने भाव कवितामा पाइन्छ । टंकध्वज नेपालको कथा सङ्ग्रह, नरहरी पोख्रेलको सिन्दुर, ज्ञानबहादुर बगाले थापाको भ्रम यथार्थ, मान्छे नं ००९, रित्तो आकाश, अनुराग तथा अनुज पौडेल, अमित घिमिरे, आश्चर्य घिमिरे, जीवन पाण्डे, नन्दराम रिमाल, प्रीतम पाण्डे, वसन्त पौड्याल, वेदप्रकाश भट्टराई, वेदप्रकाश प्याकुरेल आदिका फुट्कर कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । बर्मेली नेपाली साहित्यमा देखापरेका उपन्यासकार उपन्यास यसप्रकारका छन् ः ठाकुरप्रसाद गुरागाईंकागंगा, प्रभुदेवा, भूतबङ्गाला, घाइतेमुटु, धर्मसंकट, कसम ऐरावतीको, नरहरी पोख्रेल, प्रेरणा, सङ्गम, वनमा फुलेको पूmल, जमुना, खिमबहादुर बुडाथोकीकाअतीतका पाइला, तेस्रो गुँरास, ज्योती, सङ्घर्ष, कुमारी । बर्मेली नेपाली साहित्यमा देखापरेका निबन्धकार र निबन्धात्मक कृतिमा ठाकुरप्रसाद गुरागाईंजगदम्बा पुरस्कार र मेरो नेपाल यात्रा, म्यान्माको नेपाली जनजीवन एक झलक, रामचन्द्र मन्दिर मोगोकको इतिहास, चौतारी, त्रिवेणी(समीक्षा), पद्मप्रसाद गुरागाईंकोचोइटिएका चेताहरु (सहसम्पादक), टंकध्वज नेपालकाइन्द्रेनी, हाराएको आँसु(आत्मकथा) मधुकर प्रधानकोनेपाली राजदूतावासमा बितेका मेरा चार दशकहरु एक सेरोफेरो, लक्ष्मण न्यौपानेकोचोइटिएको चेतना (सहसम्पादक), नरहरि पोख्रेलकोएक्काइसौँ शताब्दीको चिन्तन, विभूति विष्णु पन्थी पं. यज्ञनाथ सास्त्री भट्टराईको जीवनयात्रा, नेपाल राष्ट्र एवम् नेपाली साहित्यक्षेत्रको परिचय, बगाले प्रथमं दुर्जनं वन्दे (हाँस्यव्यङ्ग्य), खिम्बहादुर बुढाथोकीकाबाध्यता भनौँ कि वीरता (संस्मरण), उच्च जीवन उच्च विचार, जीवन दर्शनधारा, मनबहादुर लिम्बुकोप्रवासी, यामबहादुर पोख्रेलकोउपहार आदि पर्छन् । उमानन्द कुँइकेल, कमल रिजाल, खिमबहादुर बुढाथोकी, तिलबहादुर अधिकारी, तुलसी थापा, देवी सिंखडा, नन्दलाल रिजाल, पूर्णबहादुर तिवारी, महानन्द भट्टराई, युवराज दहाल, राजु पोख्रेल, रेशमलाल अधिकारी, लक्ष्मी रिजाल, वसन्त पौड्याल, विद्या आचार्य, शान्तिराम तिम्सिना, वन्दना गौतम आदिका फुट्कर निबन्ध प्रकाशित छन् । बर्मेली नेपालीका साहित्येतर कृतिमाधार्मिक नियममाला, श्रीरामचन्द्र मन्दिर मोगोकको इतिहास, सजिलो नवरात्र पूजाविधि, जीवनधारा, हिन्दु नारी, सरल अन्त्येष्टी संस्कार, कर्मकाण्ड प्रवेशिका, नारी कर्तव्य शिक्षा, यज्ञनाथ भट्टराई शास्त्री, ईश्वरदर्शन र स्मृतिमाला, प्रीतम पाण्डे हाम्रा चाडपर्व र तिनका महङ्खव, बालकृष्ण रिजाल, पंचायन देवतापूजा विधि, टेकबहादुर कार्की अखिल म्यान्मीय गोर्खा हिन्दु धार्मिक सङ्घको संक्षिप्त इतिहास, खिमबहादुर बुढाथोकीको केही स्कोनको साहित्य, केही बौद्धसाहित्य नवराज आचार्य अष्टवव्रmमहागीता, खीम कौशिक पञ्चरत्न, ठाकुरप्रसाद गुरागाईंका छन्दबाटिका (व्याकरण) । बर्मेली नेपालीका अनुवाद कृति हुन् ःठाकुरप्रसाद गुरागाईंप्राणायाम रहस्य, मुक्तिरित् विष्णु पन्थी, बेडापथ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको पच्चीस प्रसिद्ध कविता । यसरी विभिन्न कठिनाइको सामना गर्दै भाषासाहित्यको सेवामा लागिपरेकै छन् भने साहित्यका विभिन्न फूल फुलाएकै छन् म्यान्माली नेपालीले ।
आधुनिक शिक्षा लिनेव्रmममा नेपालीम्यान्माली नेपाली डाक्टर र इन्जिनियरलाई छोडेर अन्य विषय सरकारी कार्यमा उच्च पदमा विदेशी भएका कारण कतिपय ठाउँ पाइँदैन । शिक्षकशिक्षिकाको कार्य गर्न सकिन्छ तापनि पोष्टिङ भएर बर्मा बस्तीमा गएर बस्न नसकिने र सरकारी वेतनबाट जीविका नचल्ने हुँदा म्यान्माभरिमा शिक्षक शिक्षिका ३० जना जति मात्र छन् । भनाँै, सरकारी कर्मचारी बन्ने रहर मौलाएको देखिँदैन सामान्य डिग्री हासिल गरे पनि सरकारी कर्मचारी भएर जीवन यापन गर्न सजिलो नभएका कारण ।ग्रेजुरेसनपछि आफ्नै व्यवसाय गर्नुपर्नेहुँदा एक साल मेट्रिक फेल भए अर्को साल प्रयास गर्छन् । दुई सालभन्दा बढी प्रयास गर्नुपरे हरेस खाएर व्यापारमा होमिन्छन् ।कतिपय बिदेसिन बाध्य बन्छन् । कतिपय कक्षा ६, ७ पढेर घरको अवस्थाले गर्दा बिदेसिन बाध्य छन् । विश्वविद्यालय सहयोग मण्डलीबाट विश्वविद्यालय पढ्न असक्त विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाउँदै छन् । म्यान्माली नेपालीका छोराछोरीहरु पैसाकै अभावका कारण विद्याज्योतिबाट वञ्चित नहोस् भन्ने उद्देश्यलेी।ी।क्।क्।ए ९ ीयलन ीषभ क्तगमभलतक’ क्तष्उभलम द्ययबचम०म्यान्माली नेपालीले ‘तिमी पढ तिम्रा लागि हामी प्रयास गर्छौं’को नारालगाएर हरेक विद्यार्थीलाई पढ्ने अवसर दिएका छन् ।यसो भए पनि नेपालीले एकदुई सालभन्दा बढी उच्च शिक्षा अध्ययन गर्न ध्यान नदिए झैँ लाग्छ । त्यसैले मेट्रिकमा फेलभए धेरै पढे दुई साल, त्योभन्दा धेरै पढ्दैनन् तर देशी विद्यार्थी पास भएर विश्वविद्यालय नपुगेसम्म ६÷७ साल लगातार प्रयास गर्छन् ।
केही समययता व्यावसायिक क्षेत्रमा सबल बन्दै आएपछि म्यान्माली नेपालीले छोराछोरीलाई ठुल्ठुला सहरका बोर्डिङ स्कुलमा राखेर पढाउन थालेका छन् । यसपछि भने कक्षा १०उत्तीर्ण नेपाली विद्याथीको आँकडा बढेको छ । कतिपय सबल मातापिताले विदेशमा राखेर पनि पढाएका छन् । त्यसैले डाक्टर, इन्जिनियर, वकिल मात्र नभएर अन्य विषयमा पनि ग्रेजुएट (स्नातक) भएका म्यान्माली नेपाली प्रचुरमात्रामा भेटिन्छन् तापनि सरकारी कर्मचारी विरलै पाइन्छन् । म्यान्माका नेपाली डाक्टरले पनि केन्द्रको छत्रछायामाऋज्इएइ९ऋयmmगलष्तथ ज्भबतिज एचयmयतष्लन इचनबलष्शबतष्यल०नामक सङ्गठन बनाएर सालमा एकपटक नेपालीको गाउँ गाउँ घुमेर स्वास्थ्य शिक्षा दिने, निरोगी बस्ने उपाय ससानु नाटक मञ्चन गरेर देखाउने, स्वास्थ्य चेतना फैलाउने, स्वास्थ्य परीक्षण गरिदिने, आवश्यक परेविरामीलाई सहरको हस्पिटलसम्म पु¥याउने जस्ता कार्य पनि गर्छन् ।
सबैतर्फ तानासाह बडाउँदै आएका सेनाले केहीसमयपछि देशको शैक्षिक विषयमा पनि धावा बोल्यो । युवाको विचार शक्ति, सृजन गर्ने शक्तिमा शान्तिपूर्वक जित हासिल गर्दै गयो । देशको वास्तविक इतिहास अर्थात् स्वतन्त्रता पाउन गरिएको सङ्घर्ष, गोर्खाको बलिदान, देशका युवाको योगदान सबै पन्छाइयो र म्यान्माका विभिन्न राज्यका राजाको विषयमा मात्र अध्यापन हुन थाल्यो । देशको वास्तविक इतिहास लुकाएर छाँटकाट गरियो । यही पढायो यही रट्यो अरु सोच्न हुँदैन । सृजनात्मक र विवेचनात्मक अभ्यासको कुनै महङ्खव छैन । यो प्रश्नको उत्तर यो हो यही रटन लगायो परीक्षामा यही लेख्यो । पास भएर अर्कोकक्षा । पहिलो मासिक परीक्षामा सोधिएका विषय अर्कोचोटि परीक्षामा सोधिन्न ।उदाहरणका रुपमा भन्ने हो भने लेसन ६ सम्म अघिल्लो परीक्षामा सोधिएको छ भने लेसन ७बाट पढ्दै ल्याएर कहाँसम्ममा पुनः मासिक परीक्षा हुन्छ यही सिलसिला सालभर चलिरहन्छ । हिँड्दै छ पाइला मेट्दै छ भने झैँ छ । मासिक परीक्षामा आफ्ना विचारका विषय हालेर लेखिए फेल गरिदिने अनि पूरा क्लासमा पढेर सुनाइन्छ ।गुरूभन्दा जानकार भएको भनेर गाली खानुपर्छ । कतिपयलाई शारीरिक सजाय पनि हुने गर्छ । जहाँसम्म परीक्षा भयो त्यहाँसम्म फेरि फर्केर हेर्न आवश्यक छैन । फाइनलको परीक्षा पनि मासिक परीक्षासरी आफ्नै ठाउँमा बसेर परीक्षापत्र लेखिन्छ । यहाँको सिस्टम– यो पढ यही लेख । परीक्षामा सोधिने सबै पहिलानै गुरूले पढ्न दिन्छन् अनि यही प्रश्न यही उत्तर लेख भन्छन्। कुनै विद्यार्थीलाई फेल नगर्नू, हरसाल पासगरि दिनू भन्ने सेनाको आदेशलेस्तर नभए पनि हरसाल कक्षा चढिन्छ । विद्यार्थीले आफ्नो विचार खुला गरेर राख्न पाइन्न ।गुरूलाई प्रश्न गरिए गुरूजनको अपमान गर्नु हो । त्यसैले केही प्रश्न गर्नु असभ्य ठहरिन्छ । यही सभ्यताको विकास हुँदै आएको म्यान्माको शिक्षा स्कुलको कुनै पनि कार्यव्रmमका लागि (ब्) क्लासका विद्यार्थी अर्थात् सेनाका छोराछोरीका लागि मात्र हो । कतिपय विद्यार्थी (ब्) कक्षा विद्यार्थी मात्र विद्यार्थी अन्य क्लासका विद्यार्थीचाहिँ विद्यार्थी नभएर कुनै कठपुतली सरीभएको छ । अन्य कक्षाका विद्यार्थीको विकासमा कुनै महङ्खव छैन । ५० प्रतिशत विद्यार्थीले आफूभित्रको प्रतिभा परख गर्ने अवसर पाउँदैनन् । अन्योल भविष्य, अन्योल उद्देश्यसँग जीवन होमिँदैछ । कक्षा ९ सम्म नपढे पनि त्यति फरक परेन । कक्षा १० पुगेपछि म्याट्रि««क परीक्षामा अगाडि पढेदेखि अन्तिमसम्म सबै पढेर परीक्षा दिनुपर्छ । यही पढ यही लेख यहाँ हुँदैन कक्षामा पढाइएपछि स्वयं गुरूलाई थाहा हुँदैन । त्यसैले एक सालमा १९ र ३० प्रतिशतका बिचमा विद्यार्थीमेट्रिक उत्तीर्ण हुन्छन् र डिग्री हासिल गर्छन् । कतिपय स्कुलकोपढाइमा, खेलकुदमा जति उत्कृष्ट भएर पुरस्कृत भए पनि सेनाका सन्तानबाहेक बाहिरका विद्यार्थीलाई जिल्ला र अञ्चल स्तरमा कहिल्यै समावेश गरिन्न । स्कलरसिप (छात्रवृत्ति) पाउनु कता कता यसको विषयमा सुन्न पनि पाइँदैन तापनि नेपाली नाना चुनौतीको सामना गर्दै आफ्नो योग्यताअनुसार डाक्टर, इन्जिनियर, वकिल र विभिन्न क्षेत्रमा स्नातक बन्न सफलछन् ।
म्यान्माको इतिहासलाई हेर्ने हो भने, म्यान्माका विद्यार्थी हरेक क्षेत्रमा निपुण थिए । जनरल आउसान जसले राष्ट्रिय स्वतन्त्रताका लागि विद्यार्थी अवस्थाबाटै राजनीतिक क्षेत्रमा कार्य गरे, येभ तौँछंैको ट्रेनिङ लिएर पन्थपन्थमा भाँडिएका जातिलाई एकत्रित पारेर पिन्लौ सन्धिमा हस्ताक्षर गराएपछि देश स्वतन्त्र हुनु ५ महिनाअघि नै विपक्षी दलबाट षड्यन्त्रपूर्वक उहाँसहित नौजनालाई मारिदिए । तरपनि उहाँ आम जनताको हृदयमा जीवित हुनुहुन्छ । उहाँलाई यहाँका जनताले लुट्लाए फाखिन् (राष्ट्र«पिता) जनरल आउसान् भनेर सम्बोधन गर्छन् । उहाँ विद्यार्थी छँदा भन्ने गर्नुहुन्थ्यो, ‘विद्यार्थीले राजनीतिमा ध्यान दिएनन् भने वा राजनीति गरेनन् भने भिखारी (अनपढ) राजनेता बन्ने छन् ।’ (यहाँ विद्यार्थी भन्नु देशका होनहार युवा हो) । यही मूल मन्त्रलाई आत्मासात गरेर सन् १९८८ मा विश्वविद्यालयमा सेनाले विद्यार्थीमाथि मच्याएको अत्याचार र मृत्युको ताण्डवबाट मुक्त हुन विद्यार्थीले व्रmान्ति ल्याउँछन् । व्रmान्तिकारी बन्छन् र विद्यार्थीबाट देशमा प्रजातन्त्र ल्याउन सडकमा उत्रिएर स्वतन्त्रताको माग गर्छन् । विद्यार्थीलाई कति मातापिताले रोक्नुभयो, कतिलाई आफूबाट परित्याग गरिदिनुभयो र पनि नाना चुनौतीको सामना गरेर घर (हस्टेल) छाडी मन्दिरको परिसरमा इँटाको सिरानी लगाएर, ओढ्ने लुगाको अभावमा आधा आधा रात बाँडेर सुत्ने, मन्दिरमा तिहुनतरकारीको अभावमा राष्ट्रिय खान्की ङपी (माछालाई कुहाएर बनाइएको परिकार) लाई आगोमा पोलेको र सागपात मिसाएर बनाइएको तरल पदार्थ (हिन्जोँ) मात्रसँग मुछेर खाई माग र अधिकार पाउन दिनहँु सङ्घर्ष गरिरहे । लेखक साहित्यकारलाई जेलखानामा थुनियो । यहाँ स्थानीय असल साहित्यकार हो भने एकचोटि जेल गएको हुनुपर्छभनिन्छ ।
बर्मेली नेपालीका सञ्चारसुविधा
सञ्चारलगायत प्राविधिक उपकरण आम जनताले प्रयोगमा ल्याउन सकिने थिएन । फोनको प्रयोग गर्नुपरेमा सरकारको लेन्डलाइन् साविस (एक्चैँ यौन्) मा गएर एक घण्टा पर्खिनुपर्ने, दुई कुरा राम्रोसँग गर्न नपाई आफूभन्दा पछिआएकाले आफ्नो कलआउन हतार लगाउन थाल्छन् । लेन्डलाईन ५०÷६० लाख, मोबाइलको एउटा सिमको दाम ३० लाख एकदम हुनेखानेले मात्र प्रयोग गर्न सकिन्थ्यो । जताततै नेटवर्क नमिल्ने हुनाले सेनाका परिवारले मात्र प्रयोग गरिने वस्तु भनेर आम जनताले खासमा रूचि नै राख्ने थिएन । पहिला सेनाका परिवारले मात्र प्रयोग गरिने लेन्डलाइन् आम जनताले आफ्नै कारोबार बढाएर किन्न सक्ने बनेपछि सक्नेले किनेर कसैले आफ्नो घरअगाडि टेबलमा राखेर एक मिनिटको ५० क्याट् लिने र दिनेलाई पनि त्यति आपत्ति नहुँदा आफ्नो जीवनशैलीमा जसरी जसरी सुविधा हुन्छ त्यसरी नै प्रयोग गरिन्छ । म्यान्माको खबर सरकारको म्यावडि र एमआर टिवि फोर (ः।च्।त्।ख् द्ध) चेनलमात्र थियो । बाहिरी मिडिया र मिडियाकर्मी भएको थोरै खबरपाए भने पनि पव्रmाउमा परिन्छ । त्यसैमा अखबारमा चेमौँं, त्जभ ल्भध ष्निजत या ःथबलmबच, म्यान्मा अलिन मात्र थिए । जहाँ देशको वास्तविक परिस्थितिका विषयमा एक चौथाइ अंश पनि लेखिएको हुँदैन । एक दुई लेख, विज्ञप्ति, जनरलहरुले विहार र भिक्षुलाई गरिएको दान, महादानको विषयमा अनेक विशेषण र आलङ्कारिक शब्द सजाएको पाइन्छ । यस्तै नाना विषयले भरिएका हुन्छन् अखबारहरु । सत्यप्रति आवाज नउठाउन दिनहौँ अत्याचार हुन्छ । यी खबर बाहिर नपुग्न अनेक प्रयास गरिन्छ । सत्यबाट पर राख्न रेडियो सुनेपनि जेलमा थुन्ने गरे । च्।ँ।ब्, द्य।द्य।ऋ। सुन्न पनि आफ्नो कानदेखि अरुले सुन्न नसक्ने गरी सुन्नुपथ्र्यो । राजनीतिकको र पनि उच्चारण भए पव्रmाउ, आउसान सुकीसँगको केही चिनो वा फोटो राखिए पव्रmाउमा पारेर जेल लाने । पछि टोल अध्यक्ष्य अफिस्बाट एउटा घरलाई एकओटा सिमचिट्ठासिस्टमलेदिए।
बर्मेली नेपालीको व्यापार
म्यान्मामा नेपालीहरु पहिला पशुपालन गरेर जीविका चलाउँथे । आज आएर समयसापेक्ष सहरीकरण हुँदै व्यवसायका क्षेत्रमा ठुल्ठुला उद्योगपति र धनी व्यक्ति प्रायः थोरै भएपनि सामान्य कामधन्दाद्वारा सर्वसाधारणले राम्रै जीविका चलाएको पाइन्छ । पहिलेका बर्माली नेपालीले योजनाबद्ध रुपमा धेरैवर्षसम्म फलदिने रूखबुटाको खेती गरेको प्रायःपाइँदैन । केही वर्ष यहाँ कमाएर आफ्नो मुलुक फर्कने विचारमा थिए । पशुपालन गर्ने नेपाली व्यावसायिक रुपमा गाईभैँसी पालेर दुधघिउ बनाएर बेच्छन् भने मिठाईको कारोबार पनि गर्छन् । पहाडी प्रदेशमा बस्नेहरु घोडा पालेर काम लिन्छन् । कुनै प्रान्तका नेपालीकुखुरा पालेर फूल बेच्ने गर्छन् । कतिपय नेपालीठुल्ठुला एकडको जमिनमा फूलहरु रोपाइँ गरेर फूलको व्यापार पनि गर्छन् । वर्तमानमा होटलव्यवसाय पनि रहरलाग्दो कुरा हो । होटल खोलेर व्यवसाय चलाउन पनि नेपालीहरु पछि छैनन् । मान्डले, यान्गौ, छाउँदा, इन्ले, टोरिस साइडमा नेपालीको होटेल छ जो उच्च स्तरीय होटेलको गणनामा आउँछन् । मोगोक र माइस्यु क्षेत्रका नेपालीको मुख्य व्यवसाय मणिमाणिक्य उत्पादन तथा त्यसैको व्यापार हो । केही वर्षयता, मचिना, यान्गौ, मान्डलेतिरका नेपालीरूबी,हिराको व्यापारी बन्न सफल छन् । यान्गौ मान्डलेजस्ता महानगरमा नेपाली युवा सफल व्यापारीछन् । व्यापारको सामान लिन बैङ्कक, चाइनाको क्वान्चौ, भियतनाम, बम्बेसम्म पनि जान्छन् ।
बर्मामा मगन्ते नेपाली खोजेर पनि पाइँदैन । त्यस्तै वेश्यावृत्तिले जिउपाल्ने विवशता पनि म्यान्माका नेपाली महिलामापाइँदैन । पौरखी व्यक्तिका निम्ति परिश्रम गरेर खान बर्मामा ठाउँको कमी छैन । माटो उर्बर छ, अपेक्षाकृत अन्नपातको भाउ राम्रो भएको हुँदा गरीबले पनि जाँगर फलाउन सक्छ । विभिन्न नगरका मार्केटमा पसल थापेर व्यवसाय चलाउने सङ्ख्या उल्लेखनीय देखिए पनि ठुल्ठुला सपिङमल सेन्टरमा भने आजसम्म पनि कुनै नेपालीले पसल खोलेको पाइँदैन ।
भारतको पूर्वाञ्चल मनिपुरसँग सिमाना जोडिएको र सन् २००० सालमा निर्मित टमु नगरको नाङ्फालौँ बजारमा भारतका विभिन्न क्षेत्रबाट आएका व्यापारीसँग कारोबार गरिन्छ ।त्यहाँभने ८५% नेपालीको पसल पाइन्छ । नेपालीहरु चाइनाको बोर्डर स्वेली र क्वान्चौँसम्म पुगीठुल्ठुला व्यापारी बने भने यही बजारको आधार लिएर मान्डलेको महानगर अनि यागौँकोमा नेपालीले पसल गरे । धेरै वर्ष थाइल्यान्डमा बसेर आएका नेपालीले पनि मान्डले र यान्गौँमा व्यवसाय गर्ने भएकाले हिजोआज मान्डले र यान्गौमा नेपालीको उल्लेखनीय उपस्थिति छ । टमु व्यावसायिक क्षेत्र भएकाले विभिन्न स्थानबाट युवाहरु टमु आएका छन् ।
सरकारी सेवामा बर्मेली नेपाली
डाक्टर र इन्जिनियरलाई छाडेर अन्य विषय र सरकारी कार्यमा म्यान्माली नेपाली उच्चपदमा पाइँदैन । विदेशी भएका कारण । शिक्षकशिक्षिकाको कार्य गर्न सकिन्छ तापनि पोस्टिङ भएर बर्मा बस्तीमा गएर बस्न नसकिने र सरकारी वेतनबाट जीविका नचल्ने हुँदा म्यान्माभरिमा लगभग ३०जना जति मात्र शिक्षक छन् । भनौँसरकारी कर्मचारी बन्ने रहर मौलाएको देखिँदैन । सामान्य डिग्री हासिल गरेरसरकारी कर्मचारी भएर जीवन यापन गर्न सजिलो नभएका कारण र आफ्नै व्यवसाय गरेर जीवनयापन गर्नुपर्ने हुँदा एक सालफेल भए अर्को साल प्रयास गर्छन् तर दुई सालभन्दा बढी भए हरेस खाएर व्यापार क्षेत्रमा होमिन्छन् कि बिदेसिन बाध्य हुन्छन् ।
बर्मेली नेपालीका चाडपर्व
म्यान्माली नेपालीले बैँसाख सङ्व्रmान्ति, वैसाखीलाई वार्षिक उत्सवका रुपमा मनाउँछन् । बुद्धजयन्ती, गुरुपूर्णिमा, आषाढको १५, साउने सङ्व्रmान्ति, साउनको १५(खिरखाने दिन) मनाइन्छ । नागपञ्चमी, रक्षाबन्धन, ऋषितर्पणी, जनैपूर्णिमा, कृष्ण जन्मअष्टमी, हरितालिका तिज, पञ्चमी, सोह्रश्राद्ध, चतुर्मास एकादशी व्रत, शारदीय नवरात्र, बडादसैँमा नाटक मञ्चन र नाचगान गरीधुमधामले मनाइन्छ ।दसैँलाई साथीभाइले (सान्काप्वे) चावलको टीकालाउने दिन भन्छन् । दिपावली तिहारलाईदिवाली वा दिपावली भन्छन् । नेपालीको घरघर गएर मौलिक गीतगाएर देउसीभैली खेल्ने गर्छौं । माघे सङ्व्रmान्तिमा तिलका झपेटाको आगो ताप्ने, पुसको रात्रि तयार बनाइएका तरूल, भ्याकुर, तिलको लड्डु खाइन्छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा ब्रह्ममुहूर्तमा नजिकको खोलानाला र नदीको तटमा नुहाइन्छ । यसलाई येछो प्वे वानान्लौँ साप्वे भनिन्छ । वसन्त पञ्चमी (सरस्वती जयन्ती), शिवरात्रि, रामनवमी, स्वस्थानी व्रत, होली पूर्णिमाजस्ता व्रततीर्थ यथावत् छन् । म्यान्माली नेपालीका प्रत्येक घरमा साँझबिहान गरिन्छ । पूजा र संस्कारका विधिविधान सामान्य रुपले विद्यमान छ । विशेष अवसरमा प्राचीन परम्पराअनुसार विविध देवदेवताका पूजाआजा, हवन, तर्पण जाप, पाठ आदि गरिंँदै छ । ग्रहशान्ति, वेदपाठ, गीतापाठ, गायत्रीजाप, लघुरूद्री, महारूद्री, लक्ष्यवर्ती, प्रज्ज्वलन, भगवत पुराण, देवी भागवतपुराण, शिवपुराण, पारायण आदि प्रायः भइरन्छ । मानिसको मृत्यु हुँदा परम्पराअनुुसार व्रिmयाकर्म गरिँदै छ । आशौचगृहमा पाचौँ दिनबाट यथासम्भव गरूड पुराणको व्यवस्था छ । बैन्डबाजा बजाएर नेपालीको लस्कर, नाचगान गरेर धुमधामका साथ बिहेगरिन्छ । पहिला देशी साथीको बिहेमा जन्ती जाने प्रथाथिएन । अचेल नेपालीको जन्ती जाने प्रथा देशी साथीसँग सरूवा भएको छ । साथैबर्मा आउँदा नेपालीले बोटबिरूवा लिएर आएको हुनुपर्छ । किनकि आज म्यान्मामा इस्कुसलाई (गोर्खादी) भनिन्छ ।

Facebook Comments Box

Similar Posts