राम विनय
(साभुङ, भगवतीपुर, तनहुँ, हाल: कुलेश्वर, कामपा १४)
माघको महिना । दिनको करिब २ बजे हुनुपर्छ । कार्यालयबाहिर टन्टलापुर घाम चम्किरहेको थियो । कार्यालयमा सेवाग्राहीको आवतजावत यथावत् चलिरहेको थियो ।कार्यालयको कामको अनुगमन गर्न प्रत्येक विभाग रएकाइ भएको स्थानमा म्यानेजर महलकाजी कोठा कोठामा गइरहेका थिए । दैनिक कामकाज र कार्यव्रmमका बारेमा जानकारी लिँदै, सोधखोज गर्दै, कुराकानी गर्दै मैनेजर महलकाजी कोठाबाट बाहिर निस्केर आफ्नो कार्यकक्षतिर लाग्दै थिए ।
यतिकैमा एकजना ठुलो जिउ भएको हात्तीजस्तो मानिस कार्यालयभित्र पस्यो । त्यो हात्तीजस्तो मानिस उनको नजिक गयो । उसले मैनेजरलाई कार्यकक्षमा जान अनुरोध गर्यो । मैनेजर त उतै जाँदै नै थिए । उसले किन कार्यकक्षभित्र जान कर गरेको हो भन्ने उनले बुझ्न सकेनन् र पनि जरूरी काम होला भनेर उनीभ¥याङतिर लागे ।
एकान्त जस्तो लाग्ने ठाउँमा त्यो हात्तीखोरेले मैनेजर महलकाजीलाई उनको गोजीतिर हेर्न इसारा गर्यो अर्थात् आफ्नो गोजीतिर हेर्न भन्यो । उसले आफ्नो गोजी देखायो ।
भोको बोकोलाई हरियो घाँस देखाएर पछिलगाएको जस्तो गरेर उसले मैनेजरलाई हजार हजारको नोठदेखायो । त्यो हात्तीखोरे … (हात्तीखोरबाट बसाइँ सरेर आएकोलेसबैले उसलाई हात्तीखोरे भन्दा रहेछन्) लाई लागेको थियो कि यो भोको स्याल हो यसले मैले भनेको मान्छ । फन्दामा पर्छ । माछालाई बल्छीमा पार्न आहारा झुन्ड्याएर देखाएजस्तै अथवापशुलाई खोरमा हुल्ने दाउ गरेजस्तै त्यसहात्तीखोरेले आफ्नो गोजीकोनोठ देखाउँदै भन्यो,‘यी,यी,माथि जाऊँ ।’
उसको त्यो व्यवहार देखेर महलकाजी छक्क परे । उनले मनमनै भने, ‘यसले मलाई यस्तो व्यवहार किन गरेको होला ?’
उसको व्रिmयाकलापले मैनेजरको दिमाग यति धेरै तात्यो कि उनले त्यहाँ केही देख्दैदेखेनन् । वास्तवमा उनी सिधासाधा व्यक्ति थिए । भनिन्छ कि ‘जब सिधासाधा व्यक्तिलाई अपमानजनक व्यवहार हुन्छ, असह्य व्यवहारथोपरिन्छ र बेइज्जत गरिन्छ तबउनलाई बेस्सरी रिस उठछ ।’
भयो पनि त्यस्तै । उनलाई त्यो व्यवहार शत्रुले स्वाभिमानमा प्रहार गरेजस्तो महसुस भयो । महलकाजीलाई असह्य भयो । उनी उत्तेजित भए ।बेस्सरी रिस उठ्यो ।उनले बेस्सरी कराएर भने, ‘ए मिस्टर, तिमीले यो के देखाएको हो ?तिमीले मलाई के सम्झेकाछौ?घाँस खाने पशु सम्झेका हौ? मैले तिम्रो के बिगार गरेको थिएँ र तिमीले यस्तो व्यवहार गरेको ? तिमी को हौ ? तिमीलाई कसले यहाँ पठाएको हो ?हरियो घाँस बोकाएर सिकार गर्ने तिमी कसका गोठाला हौ ? यहाँ एक छिन पनि बस्न लायक छैनौ ।स्पष्ट भन । तुरून्त बाहिर गइहाल त । होइन भने म तिमीलाई गलहत्याएर बाहिर निकाल्न लगाउँछु ।’
बिचरा !हात्तीखोरे बोल्न सकेन । वाल्ल परेर मैनेजरको अनुहार हेरिरह्यो, आफ्नो अनुहार रातोपिरो पारेर ।मैनेजर कराएको सुनेर अरु कर्मचारी के भयो? के भयो ?भन्दै त्यहाँ आएर हात्तीखोरेलाई घेरे ।महलकाजीले सबै कर्मचारीलाई निर्देशन दिँदै भने,‘ल यो मानिसलाई कार्यालयबाट बाहिर निकालिदिनोस् त ।यसले मलाई साह्रै नराम्रो व्यवहार गरेको छ ।’
सबै मिलेर लुरूक्कपरेकोहात्तीखोरेलाई कार्यालयको ढोकाबाहिर पठाए ।
हेर्दा हात्तीको जस्तो ठुलो जिउ भएको त्यो मानिस त सानो मुसोजस्तो लाग्यो महलकाजीलाई ।उसलाई त्यो मानिस लडाइँमा परास्तशत्रुजस्तो पो लाग्यो ।
महलकाजी कार्यकक्षमा गएर सोफामा बसे । आफूलाई सम्हाल्ने प्रयास गरे । मनमनै आफैलाई सोध्न थाले, ‘यो कसको षड्यन्त्र होला ?’
लामो श्वास फेरे । मानसिक तनावबाटसम्हालिने कोसिस गरे । तनावमुक्त हुने प्रयास गरे।
केही बेरपछि मोटे हात्तीखोरे मैनेजरको कार्यकक्षमा प्रवेश ग¥यो । मैनेजरले उसको अनुहारमा चिहायो । उसको अनुहार सामान्य थिएन । ऊ आँखाभरि आँसु पारेर रोइरहेको थियो । रूँदै उसले भन्न थाल्यो,‘सर, मैले हजुरलाई चिन्न सकिनँ। आज मबाट ठुलो गल्ती भयो । क्षमा पाऊँ ।’
मोटे हात्तीखोरे मैनेजर महलकाजीको खुट्टामा घोप्टो परेर क्वाँक्वाँरून रकराउन थाल्यो, ‘हजुर मबाट आज ठुलो अपराध भयो । क्षमा पाऊँ।’
यस्तै बक्दै थियो त्यो मोटे ।
छक्क परेरमैनेजर कराए,‘ए !यो के गरेको? उठ्नोस्। यता बस्नोस्।’
रूमालले पश्चात्तापको आँसु पुछ्दै हात्तीखोरे सोफामा बस्यो। उसले आफूलाई सम्हाल्यो । अनुशासित सैनिक जीवनको घटना सम्झिएर भन्यो,‘त्यसबेला हाम्रा पल्टनका क्यापटेन, कर्नेल, जर्नेल, मेजर पनि यस्तै नैतिकवान् हुन्थे । मैले हजुरको इमानदारी र नैतिकतालाई चिन्न सकिनँ। आज हजुरमाथि महाअपराध गरेँ। क्षमापाऊँ हजुर ।’
हात्तीखोरेले मनमनै सोच्यो,‘त्यस्ता ठाउँमा काम गरिसकेकोमान्छे, म आज के भएको होला ?सोझो मगरको छोरो कहाँ आज छट्टुफटाहाको षड्यन्त्रमा फस्न पुगेँ ?हरे शिव!’
उसले पश्चात्तापदोहो¥याइरहेको थियो । मैनेजनर चुपचाप थिए। मनमा परेको चोट सहने प्रयास गरिरहेका थिए। उनलाई केही षड्यन्त्रकारीले सोझो मगरलाई सिँगारेर पठाएको जस्तो लाग्यो ।
उनलाई त्यस ठाउँमा गएदेखिको घटना सम्झनामाआयो । त्यस कार्यालयमा पुगेको पहिलो दिन एकजना मानिस उनलाई भेट्न आएको थियो । उसले आफूलाई प्रौढ सङ्गठनको जिल्ला अध्यक्ष बताएको थियो । उसको परिवार किहुबाट त्यहाँ बसाइँ सरेर आएको भनी बताएको थियो । किहुमामहलकाजीका पिता र काकाले पसल चलाउँथे । त्यहाँ गएर बसेको र सानोमा ज्याग्दीखोलामा गएको सम्झना भयो । आफ्नातिरकाव्यक्तिसित भेट भयो भनेर महलकाजी खुसी भए ।
हाल बसिरहेको घर उपयुक्त नभएकोले कार्यालयका लागि मेनेजर घर खोजिरहेका थिए। सहयोगका लागि उससँग कुरो गरेका थिए। उसले आफ्नो दाइको घर सिफारिस गरेको थियो । ऊलगायतका कर्मचारी घर हेर्न गए तर त्यो कार्यालयका लागि उपयुक्त थिएन । सिग्देलले आफ्नो घरमाकार्यालय भाडामा नबसेपनि, राइसमिलका लागि कर्जा देला भन्ने लागेको थियो तर उसको परियोजना उपयुक्त भएन । यसैले हेडअफिसले उसको कर्जा अस्वीकृत गरेको थियो । महलकाजी कार्यालयमा नभएका बेला सिग्देलका दाजु आएर कराएका थिए रे,‘मेरो घरमा कार्यालय पनि राखेन, मलाई कर्जापनि दिएन । आफ्नालाई भने कर्जा दिने, मलाई नदिने? मलाई पनि एक एक थाहा छ । देखाइदिन्छु ।’
उसको अर्थात् सिग्देलको जुवाइँ जिल्ला कार्यालयमा छन् रे भन्ने गाइँगुइँ सुनिएको थियो । अवश्य उसको जुवाइँको करतुत हुन सक्छ । महलकाजीलाई शङ्का लागिरहेको थियो तर पुस्टयाइँ भएको थिएनतापनि अन्दाज गर्न कठिन परेन ।
भोलिपल्ट बिहान कार्यालयका सहयोगी हिरासिंहले खबर ल्याए,‘सर सर हिजो तपाईंलाई हजरिया नोठ देखाउने मानिसले उधुम गरेछ नि ।’
‘के गरेछ ? के भएछ ?भन भन ।’
हिरासिँहले सबिस्तार बखान गरे, ‘त्यो मोटे हामीकहाँ आएको थियो नि,यहाँबाट गएपछि रिक्सामा जाँदासिग्देलको जुवाइँलाई बाटोमा भेटेछ । रिक्सा रोक्न लगाएछ । रिक्साबाट ओरालेर केहीकुरा गर्नुछ भनेछ। रिक्साबाटओरालेछ । त्यसपछिउसलाई गोदेछ । सिग्देलको जुवाइँले पनि ‘तँ लेडाले मलाई कुरै नबुझी हात हालिस्। पख्, तँलाई पनि म देखाइदिन्छु । ठिक पार्छु ।’ भनेछ। रिक्सा छाडेर उसले कुलेलम ठोकेछ । अहिले त्यो मोटेलाई प्रहरीले पक्डेर लगेको छ भन्ने खबर छ सर ।’