समीर उपाध्याय
(मनहर पार्क ९६ ए, चोटिला ३६३५२०, जिल्ला सुरेन्द्रनगर, गुजरात, भारत)

शब्द पनि के चिज हो र !

सुवासिए माया
बहकिए घृणा !

सुवासिए खुसी
बहकिए पीडा !

सुवासिए सुगन्ध
बहकिए दुर्गन्ध !

सुवासिए मल्हम
बहकिए घाउ !

सुवासिए कोकिल
बहकिए काग !

सुवासिए अमृत
बहकिए विष !

सुवासिए अनुराग
बहकिए विराग !

सुवासिए बाँसुरी
बहकिए रणभेरी !

सुवासिए निर्माण
बहकिए विनिर्माण !

सुवासिए मन्द समीर
बहकिएर हुरीबतास !

(हिन्दीबाट अनुवाद: धीरकुमार श्रेष्ठ)

Facebook Comments Box

Similar Posts