रामदयाल राकेश

हन्ड्रेड समूहले पनि लकडाउनमा हरेक दिन २.४०देखि पशुपतिमा नियमित रुपमा खाना खुवायो । लकडाउनको सुरूआती दिनमा५०÷६० जनालाई मात्रै खाना खुवाइरहेकोमा त्यसपछि त्यो सङ्ख्या बढेर पाँच सयसम्म पुग्यो । काठमाडौँमा कोठा लिएर बस्नेहरु दैनिक ज्यालामजदुरी गर्न काठमाडौँमा बस्न बाध्य भएकाहरु निःशुल्क खाना खानेतिर लागे । त्यस्तो संवेदनशील समयमा पनि न काठमाडौँ महानगरपालिकाबाट न ललितपुर, भक्तपुर र कीर्तिपुर नगरपालिकासँग कुनै योजना थियो न कुनै राहतको व्यवस्था गर्ने सोच पलाएको थियो । यी महानगरपालिका र नगरपालिकाले खाली कर लिने तर मानवतावादी काममा कुनै चासो नलिनु सबैभन्दा दुःखको कुरो थियो । सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको उदासिन व्यवहारले गर्दा सबै मानिस निराश बन्नु स्वाभाविक थियो । यस्तो सरकारी रवैया कदापि सराहनीय र समय सुहाउँदो नभएको सबै सर्वसाधारणलाई लागेको थियो ।

पहिलो लडकडाउनमा एक दिन भए पनि घरमुलीको सिफारिसमा डेरावाललाई राहत वितरण गरिएको थियो । त्यो घटना यस पङ्क्तिकारले आफ्नै आँखाले देखेको थियो । यसका विपरीत दोस्रो लकडाउनमा राहतको कार्यव्रmमको अत्तोपत्तो थिएन । त्यस्तै दुःखद बेलामा स्थानीय प्रशासन पनि सुतिरहेको जस्तो लाग्थ्यो । सबैभन्दा बेहाल बनेका थिए दैनिक मजदुरी गरेर गुजरबसर गर्ने श्रमिक र तिनका परिवार, दैनिक ज्यालादारीमा आफ्नो श्रम बेच्ने मानिस जसलाई गाँस, बास र कपासको समस्या थियो । तिनीहरुको जीवन कति कष्टकर हुँदै थियो कोरोना कालमा भन्ने चिन्ता सरकारलाई थिएन । संवेदनशीलताको ह्रासोन्मुख स्थिति देखा पर्दै थियो तर पनि सरकार बेवास्ता गर्दै निर्लज्ज व्यवहार देखाइराखेको थियो । सत्ताको लुछाचुडी र लोभलालचमा दिनानुदिन लोभिँदै गएको लज्जाजनक स्थिति थियो । यस्ता लोमहर्षक दृश्य आम मानिसले आफ्नो आँखाअगाडिको पर्दामा टुलुटुलु हेरिराखेका थिए । सरकारको राजनीतिक नाटक र नौटङ्की पनि चलिराखेको थियो । यसमा सबै दल, नेता र कार्यकर्ता समान रुपमा भाग लिइरहेका थिए । सबैलाई सत्तामा बसेर सुखसयल गर्ने सुनौलो अवसर आएको थियो र कसरी त्यस अवसरलाई प्राप्त गर्ने भन्ने लोभले सताइरहेको थियो । कोलाहलको कहरभन्दा यो राजनीतिक कोलाहलबाट मानिसहरु आजित भइसकेका थिए । तिनीहरुको नाङ्गो नाच जारी थियो । तिनीहरु निश्चिन्त भएर नाङ्गो नाचमा सहभागी भइरहेका थिए ।

सिंहदरबारदेखि बालुवाटार र शीतल निवाससम्म यो नाङ्गो नाच भइराखेको थियो । यसमा सहभागी नेता र कार्यकर्ताले समान रुपमा साथ दिइरहेका थिए । तिनीहरु सबैले खोप लगाएकाले तिनीहरुलाई कोरोनाको डर थिएन । सुरक्षित रहेको बहानामा हिँडेर गन्तव्यस्थानसम्म पुग्थे र आआफ्नो स्वार्थसिद्धिका लागि सतत संलग्न रहन्थे । जनता जिन्दा रहे, सुरक्षित र संयमित रहे पो ती दलहरु दुनो सोझ्याउन सफल हुन्थे । सर्वप्रथमतः सर्वसाधारणको जिन्दगीलाई बढीभन्दा बढी महङ्खव दिनुपर्ने हो । त्यसपछि आफ्नो स्वार्थसिद्धिको सिद्धान्तलाई पालना गर्नुपर्ने हो ।

कोरोना कहर अनियन्त्रित हुँदै गए पनि कतिपय नगरपालिका र उपमहानगरपालिकामा सिटामोलसम्म पाइँदैनथ्यो । क्वारेन्टाइन बनाइएको त थियो तर त्यसमा बस्ने मानसिलाई समुचित खाना पाउन गाह्रो परिराखेको थियो । विराटनगरजस्तो सहरमा सिटामोल नपाउनु कतिको चिन्ताजनक कुरो थियो । तराईमधेसका धेरैजसो जिल्लामा पनि सिटामोलको अभाव भएको खबर आइरहेको थियो । सर्लाहीको हरिवन र गौढेता नगरपालिकालेचाहिँ यस मामलामा सराहनीय काम गरिराखेका थिए। अन्य ठाउँमा क्वारेन्टाइनमा पनि बेहाल थियो । कतिपय पहाडी जिल्लामा पनि आवश्यक औषधीको अभाव खट्किरहेको थियो । यस्तो दुःखद घडीमा गरिएको बेवास्ताचाहिँ व्यावहारिक थिएन । त्यसदुरावस्थाप्रति सबैमा असन्तोष थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालको खबर झन् डरलाग्दो थियो । त्यस अस्पतालमा निर्मित आकस्मिक कक्ष, फिभर क्लिनिक र वार्डमा गरी १६५ कोरोना सङ्व्रmमित बिरामी उपचाररत थिए । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा ३६ एच.डि.यु. र १६ अक्सिजन गरी ५४ बेडमा बिरामी थिए । अस्पतालले कोरोना अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन पु¥याएको थियो तर आकस्मिक र वार्डका बिरामीलाई अक्सिजन पु¥याउन सकेको थिएन । अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दप्रसाद पाठकले बताउनुभएको थियो,‘मानवीय नाताले पनि हामी बिरामीलाई राख्न बाध्य भएका छौँ तर अक्सिजनको अभावले गर्दा कतिपय बिरामी छट्पटाइरहेका छन् । हामीसँग टुलुटुलु हेरेर बस्नेबाहेक अरु कुनै विकल्प छैन ।’

कतिपयले त यस्तो पनि भन्थे कि अक्सिजनको जोहो तपाईंहरु आफैले गर्नुहोस् । यसमा सोर्सफोर्स भएका मानिसले अक्सिजनको जोहो गर्न सफल भए तर निरीह, गरिब, सीमान्तकृत र किनाराकृत मानिस दिनहुँ ठाउँ ठाउँमा कोरोनाको सिकार भइराखेका थिए । यस्तो विषम परिस्थितिको सामना प्रायःजसो सबै प्रादेशिक अस्पतालले गरे । यस्तो भयावह स्थितिको सामना गर्नका लागि प्रत्येक सरकार असमर्थ भइराखेका थिए । के स्थानीय सरकार, के प्रादेशिक सरकार र के सङ्घीय सरकार सबैको स्थिति यस्तै निरीह भएको खण्डमा सर्वसाधारणको मनमा डर, भय, त्रासको अनुभव हुनु स्वाभाविक थियो ।

दाङबाट पनि अत्यासलाग्दो खबर आइरहेको थियो । त्यस बेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. सरिता भण्डारीले एउटा अन्तर्वार्तामा भनेकी कुरा सन्तुलित लाग्यो । उनले भनेको कुरो विचारणीय लाग्यो । हामीकहाँ अस्पतालमा पुरै बेड सङ्ख्या भनेको १२३ हो । प्रतिष्ठान बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालजस्तो पनि छैन । बेलझुन्डीमा त कोरोनाका बिरामी भोकै परे । हामीकहाँ त कोरोनाबाहेकका अन्य बिरामी पनि आउँछन् । ती बिरामीलाई पनि हेर्नैप¥यो । कोभिड सङ्व्रmमितको उपचारका नाममा अन्य रोगका बिरामीलाई पनि बचाउनुप¥यो नि । उनले एउटा महङ्खवपूर्ण कुरा के भनिन् भने पोहोर हामीले अक्सिजन प्लान्टको माग गर्दा सरकारले रेस्पोन्स नै गरेन । यहाँनिर सरकारको अदूरदर्शिता छ । दोस्रो लहरको कोरोना सङ्व्रmमण युरोपमा फैलिसकेको थियो । त्यो सङ्व्रmमण नेपालमा आउने खतरा बढेको थियो नै । अनि तीन महिनाअगाडि भारतमा महामारीकै रुपमा कोरोना फैलिसक्दा पनि जिल्लामा अक्सिजनको प्लान्ट राख्न सरकारले चासो दिएन त । चासो दिएको भए पनि हामीले अक्सिजन प्लान्ट जडान गरिसकेका हुन्थ्यौँ । प्रतिष्ठानलाई नै अक्सिजन प्लान्ट चाहिन्छ भनेको होइन नि ।

Facebook Comments Box

Similar Posts