शीतल गिरी

डोय राज्यपछि मध्य नेपालमा नेपाल खाल्डोबाहिर सोपानिक (Hairarchical) जातप्रथाले आक्रान्त भूमि कर्णाली नदी घाँटीमा उदीयमान खस साम्राज्य र पाल्पा राजधानी भएको शक्तिशाली मगर राज्य हुन् । इस्बीको बाह्रौँ शताब्दीको मध्यतिर नागराजद्वारा स्थापित खसराज्य चौधौँ शताब्दीको अन्ततिर विशाल क्षेत्रमा फैलिन पुगेको थियो । विशाल क्षेत्रमा खस साम्राज्यको अस्तित्व थियो भन्ने प्रमाण पाइएका छन् । खस साम्राज्यको प्रमाण उपलब्ध भए पनि साहित्यमा आएको पाउन सकिएको छैन । इतिहासका पुस्तकमा पाइए पनि अधुरो र अपुरो लाग्छ । खस साम्राज्यले विकास गरेको भाषा आज हाम्रो नसा नसामा घोलिएको छ र हामी गर्वबोध गर्छौं । भाषा बोले पनि खस साम्राज्यको इतिहास भने बिर्सेका छौँ ।
खस साम्राज्यले पश्चिममा गड्वाल, उत्तरमा हालको गुंगे प्रदेश (तत्कालीन तिब्बतको जेदाङ राज्य), तराई भेकको सोतो लुम्बिनीको हाराहारीमा पुगेको र पूर्वमा काठमाडौँ उपत्यकासम्म सैनिक अभियान र गोर्खा–नुवाकोट भेगसम्म प्रशासन चलाएको थियो । स्थापना भएको तीन शताब्दीपछि यस विशाल साम्राज्यको अवसान भयो ।
खस साम्राज्यभित्र सुरूमा कर्णाली क्षेत्रमा बाइसे राज्यकारुपमा र पछि गण्डकी क्षेत्र (जुन क्षेत्र पहिले लिच्छवि र अंशतः मगरात शासनभित्र पथ्र्यो) चौबिसे राज्यकारुपमा विकास भयो । उक्त साम्राज्य टुव्रिmनाको प्रत्यक्ष कारण टुचीले चितौरका राजपूतको यस पहाडी क्षेत्रमा आप्रवासन थियो भनेका छन् ।
खस राजाहरु बौद्धधर्मी थिए । राज्यले पनि सुरूमा बौद्ध धर्मलाई संरक्षण गरेको थियो तर वर्णव्यवस्थाअन्तर्गतको सोपानिक जाति र जातप्रथाको प्रवेश र त्यसले ल्याएको भाग्यवादी सोचले खस समाजलाई ढाल्न थाल्यो । अन्ततः खस साम्राज्यको विखण्डन ग¥यो । तेह्रौँ शताब्दीसम्म सम्पूर्ण उत्तरी भारतमा मुसलमानको बलियो शासन जमिसकेको थियो ।
मुसलमानको आव्रmमणका कारण सत्ताच्युत भएका कैयौँ राजपूतहरु, तिनका पुरोहित र अन्य हिन्दु परिवारको ठुलो जत्थाले तेह्रौँ र चौधौँ शताब्दीमा वर्तमान नेपालको पश्चिमी क्षेत्रलाई शरणस्थल बनाउन पुगे । उनीहरुले नै यहाँ हिन्दुधर्म र जातपातको मूल्य र मान्यता भित्र्याए ।
हिन्दु शरणार्थीको प्रभावबाट यहाँ वर्णवादले जरो गाड्न थाल्यो । अन्ततः खस साम्राज्य विखण्डित भई तिनै बाहुन–राजपूत (क्षेत्री) को नेतृत्वमा बाइसी र चौबिसेहिन्दु राज्यरजौटाको स्थापना हुन पुग्यो । बौद्ध धर्म मान्ने खस राज्यमा तेह्रौँ शताब्दीको उत्तराद्र्धमा हिन्दुधर्मले प्रवेश पायो ।
पुण्य मल्ल (ई.१३३७–५७) र पृथ्वी मल्लको (इ.१३५७–६६) पालामा त ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको ठुलो समाज खडा भइसकेको थियो । बाहुन–क्षेत्रीले राज्यको धार्मिक, प्रशासनिक एवम् आर्थिक क्षेत्रमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न पुगेको थियो । पृथ्वी मल्लले बुढेसकालमा राजकाजमा ध्यान दिन छाडेपछि सिंजाका भारदारबिच शक्तिसङ्घर्षसुरू भयो । त्यसमा सोवर्माको जित भयो । पृथ्वी मल्लको मृत्युपछि एकातिर टाकुरे सामन्तले शिर ठाडो गरी टाकुरे राज्य जगाउन थाले भने अर्कातिर केन्द्रमा सोवर्माका छोरा मलय वर्माले पृथ्वी मल्लका छोरा अभय मल्लको राजगद्दी हत्याए ।
मलय वर्माको मृत्युपछि उनका जेठा छोरा सल्यानका, माहिला छोरा जाजरकोटका, साहिँला छोरा रूकुमका, कान्छा छोरा दैलेखका र ज्वाइँ बलिराज जुम्लाका राजा भए । बलिराज जुम्लाका शक्तिशाली राजा भए । यिनै बलिराजले ‘देउसी र भैली’को प्रचलन चलाए । यसरी खस राम्राज्यको विघटन भयो । कर्णाली प्रदेश अनेक टाकुरे राज्यरजौटामा परिणत भयो ।
कर्णाली प्रदेशका टाकुरे राज्यरजौटालाई ‘बाइसे’ भनियो । त्यसपछि गण्डकी प्रदेशमा पर्वत, घिरिङ र गल्कोटमा समालको, प्युठानमा सेनको, खाँची र धुर्कोटमा मेघासीको, गुल्मी, अर्घा र इस्मामा काला मकवानीको र ढोर, भिरकोट, सतहुँ, नुवाकोट, कास्की, लमजुङ आदिमा शाह–शाहीको टाकुरे राज्यरजौटा खडा भयो । यिनैलाई ‘चौबिसे’ भनियो ।
पन्ध्रौँ शताब्दीबाट सुरू भएको विखण्डन प्रव्रिmयाले सोह्रौँ शताब्दीको अन्तसम्ममा यस क्षेत्रमा धेरै हिन्दु सामन्ती राज्यको स्थापना गराइसकेको थियो । खस राज्यको प्रशासन उपत्यकाको लिच्छविकालीन विकेन्द्रित प्रशासनिक व्यवस्थासँग मिल्दोजुल्दो थियो । सो समयमा उपत्यकाको अवस्था र सो क्षेत्रको अवस्था करिब करिब उस्तै उस्तै थियो तब पनि इतिहासका पुस्तकमा उपत्यकाबाहेकका कुरा नआउनुको कारण के हो त ? कति अचम्म लाग्छ, सत्ताको केन्द्र उपत्यका बन्न पुगेको हुँदा स्वार्थी इतिहासकारका लागि निस्सार लागेर हुनसक्छ । यद्यपि मनले मान्दैन, यथार्थ पता लगाउन खोज्छ, समयको प्रवाहमा होमिन मन लाग्छ ।
अपरिचित मित्र जिज्ञासा लिएर आएका थिए । भन्दै थिए, कर्णाली प्रदेश वर्तमानमा किन पछाडि परेको ? हिमाल, पहाड र तराईजस्ता विषम धरातलीय प्रदेशमा फैलिएको खस राज्यको प्रशासन विकेन्द्रित हुनु स्वाभाविक थियो । केन्द्रको प्रत्यक्ष नियन्त्रणमा कर्णाली मुख्य प्रदेश मात्र थियो भने बाँकी इलाकामा स्थानीय सामन्त एवम् जनजातीय मुखियालाई आआफ्ना क्षेत्रभित्र प्रशासन चलाउने अभिभारा सुम्पिएको थियो । यसरी नै खस राज्यहरुले कैयौँ पराजित राजारजौटालाई अधीनता स्वीकार गराई करद बनाएर उनीहरुलाई नै आआफ्नो इलाकाको प्रशासन चलाउने अधिकार सुम्पिएका थिए ।
राजालाई प्रशासनमा सहयोग गर्ने प्रधानमन्त्री (महामात्य), सामन्त, सेनापति र स्थानीय अधिकारीहरु थिए । खस राज्यसम्बन्धी १४ ओटा जति अभिलेख पाइएका छन् । ती सबै जग्गादानसम्बन्धी छन् । म वास्तवमा कर्णाली प्रदेशको इतिहास जिज्ञासु हुँ, आग्रही होइन । यसबारे पनि मेरोआफ्नै तर्क छ । यो सत्य हो म आफ्नो जिज्ञासा शान्त पार्न सकेसम्म प्रयास गर्छु, बलबुताले भ्याएसम्म खोजबिन गर्न अल्छी गर्दिनँ । यस मानेमा मेरो आफ्नोपन जिद्दी पनि बन्न गएको छ ।
दरबारमा पहुँच पुगेका ब्राह्मणहरुलाई राजाबाट विशेष सुविधास्वरुप कुनै कर नलाग्ने गरी ठुल्ठुला बिर्ता दिने चलनका साथै मन्दिरका लागि गुठी जग्गा राखिदिने चलन पनि निकै व्यापक थियो । खस राज्यमा गंगामैदानतिरबाट आएका राजपूत (क्षेत्री) ले अन्ततः सामन्तको स्थान ओगटन सफलता पाए । खस शासकले यिनै क्षेत्रीसँग वैवाहिक सम्बन्ध कायम गरे ।
बाइसी कालका अधिकांश राजारजौटाहरु यिनैका सन्तान थिए ।
खस राज्यकालमा अमात्य, मण्डलेश्वर, सेनापति आदि महत्त्वपूर्णपद प्राप्त गर्ने बर्म र अन्य राउलाहरु पनि खस परिवारकै शाखासन्तान अथवा नजिकका नातेदार थिए ।
खस राजाहरुलाई राइ भनिन्थ्यो ।
खस साम्राज्यमा राइलाई कर बुझाएर खेती गरिने जग्गालाई ‘राइकर’ लाग्ने जग्गा अथवा ‘रैकर’ भनिन्थ्यो । अहिले चलनचल्तीमा आएको शब्द रैकरको कथा खोज्न कर्णाली प्रदेश पुग्नुपर्छ ।
कर्णाली प्रदेश पुग्न आजपनि सजिलो छैन ।
औसत नेपाली लेखक आफ्नो कुरोको पुष्टिका लागि आफ्नै खर्चमा दौडिएको पाइँदैन ।
कर्णाली प्रदेशको खस राज्यमा रूपियाँपैसाको चलनचल्ती बहुत कम हुने गरेकोले त्यस बखत अर्थव्यवस्था मुख्यरुपमा वस्तुविनिमय पद्धतिमा आधारित थियो । तसर्थ जागिरदारलाई तलबकारुपमा रैकर जग्गा नै दिने चलन पर्याप्त मात्रामा चलेको थियो । त्यसले गर्दा रैकर जग्गा कम हुन गई राज्यको कोषमा भूमिबाट कम आम्दानी हुन्थ्यो । जग्गाको मालिक राइ, बिर्तावाल, गुठियार, जागिरे आदि जोसुकै भए पनि खेती भने मोही किसानले गर्थे । तिनले ठेकिएको कुत जिन्सीमै बुझाउनुपथ्र्यो। मोही किसानसँग खेती गर्ने अधिकार मात्र थियो, जमिनको अधिकार थिएन । खस राज्यको काम, जस्तो कि बाटोघाटो, पौवापाटी बनाउन, हुलाक र सेनाको रसदपानी ओसार्न जनताले झारा तिर्नुपथ्र्यो । त्यसबाहेक बिर्तावाल, गुठियार र स्थानीय ठुलाबडाका काममा पनि जनताले बेठबेगारका साथै झारा श्रम तिर्नुपथ्र्यो ।
त्यस बखत समाजमा दासप्रथा प्रचलित थियो तर ब्राह्मणीलाई दासी बनाउन निषेध थियो । किनभने यथार्थमा त्यस समाजमा हिन्दु धर्मले बलियोसँग जरो गाडेको थियो । यसो त भारतमा जस्तो दासप्रथाको दयनीय अवस्था भने नेपालको कुनै पनि ठाउँमा पाइएको छैन । अनेक जात उपजातमा समाज बाँडिएको थियो । एउटै जातमा पनि थर असङ्ख्य थियो । आज नेपाली समाजमा पाइएको थर प्रायशः खस राज्यको उपहार हो । यस कुरोलाई सहर्ष स्वीकार गर्न मिल्छ । यो यथार्थ हो । अस्वीकार गर्नुको अर्थ सत्यभन्दा पर भाग्न खोज्नु हो । किनभने सत्यसँग डराउनु पर्दैन बरू माया गाँस्नु राम्रो हुन्छ तर कतिपयसत्यलाई अपनाउन चाहँदैनन् । यसैलाई जोरजबरजस्ती गरेर उसको जातीय इतिहास बताउन पनि मिल्दैन । जातीय इतिहास त मनले थाहा पाउने कुरो हो । सबै मन लगाएर यथार्थ थाहा पाउन चाहन्छ । यस्तो भन्न सकिन्न । कर्णाली प्रदेशको खस साम्राज्यमा दमाई, कामी, सार्की आदिका बाबुआमाले आफ्नै बच्चालाई दासकारुपमा विव्रmी गर्न सक्थे । खस राज्यका छिनासिम, बेनी, अछाम, अमरमाराकोट, डोटी, दुल्लु, दैलेख, जाजरकोट र अन्य केही हाटबजारबाहेकका सम्पूर्ण क्षेत्र गाउँ नै गाउँले बनेको थियो । गाउँका अधिकांश जनता गरिब थिए । उनीहरु सामान्य झुपडीमा बस्थे । झुपडी हिलोमाटोले बनेका हुन्थे । छाना ढुङ्गाका टाइलले छाइएका हुन्थे । सल्यानका राजाको दरबार भने इँटाले बनेको थियो । छाना ढुङ्गाको टाइलले छाइएको थियो ।
खस राज्यका पछिल्ला शासकहरु जीवनको उत्तराद्र्धमा शस्त्र परित्याग गरी धर्मतिर लागेकाले उनका भारदार र सामन्तहरु शक्तिशाली बन्दै गए । फलतः राज्य बिखण्डनतिर उन्मुख भयो । जीवनको उत्तराद्र्धमा शस्त्र परित्याग गरी धर्मकर्ममा यसकारण लाग्थे कि चित्तको स्थितिलाई अध्यात्मले छोएको हुन्थ्यो । उनीहरुलाई अरु कुनै कुराको मतलब हुँदैनथ्यो, मनःस्थिति भने बुझ्थे । उनीहरुलाई जीवन आनन्दको लाग्दैनथ्यो, मुक्तभावको जीवन चाहिँदैनथ्यो । खस राज्यका पछिल्ला शासकहरु जीवनको उत्तराद्र्धमा यही अवस्थामा पुग्थे । उनीहरुको मानसिक स्थिति बिषम थियो । भारदार र सामन्तहरु के गर्दै छन् भन्ने उनीहरुलाई थाहा हुँदैनथ्यो । सुनाउनेले सधैँराज्यमा थिति बिगँ्रदै छ भनी सुनाउँथे । बिग्रँदै गएको थियो होला तर उनीहरु मनमा समाधान खोज्थे, कसैप्रति वैरभाव राख्न हुन्न, दुई दिनको चोलामा मोह किन ? मनको आवाजले आफैमा रम्न सिकाउँथ्यो । म, मेरो परिवार, मेरो दरबार किन राज्य छैन ? मेरा जनता के राज्यको होइन ? राज्यप्रति अवश्य क्षति चाहँदैनथे भारदार र सामन्त । खस राजालाई राज्य सञ्चालनप्रति वास्ता भएन । जुन राज्य जनताको सुखदुःखको धुकधुकीमा अडेको हुन्छ, त्यसको अवस्थाप्रति वास्तवमा खस राजाको अनुभव राम्रो हुन छाड्यो । …. तर जनतामा आस्था भने थियो ।
राज्य र राजाप्रति आस्था राख्ने जनताले सल्लाह नदिएका होइनन् तर राज्यसञ्चालन नीतिबाट अलग बसेका राजाले अध्यात्मबाहेक अरुमा ध्यान दिएनन् । तसर्थ हिमाल, पहाड र तराईजस्ता विषम धरातलीय प्रदेशमा फैलिएको खस साम्राज्यको प्रशासन केन्द्रबाट मात्र सम्भव थिएन । परिणामतः राज्यका विभिन्न भूभागको प्रशासन चलाउन स्थानीय सामन्त र जनजातीय मुखियालाई अभिभारा सुम्पिइयो । पराजित राजारजौटाले पनि पराधीनता स्वीकार गरे बापत आआफ्ना क्षेत्रको प्रशासन चलाउने अधिकार पाए ।यिनै भारदार र सामन्त शासक शक्तिशाली बन्दै गए । पछि उनीहरुले आआफ्ना क्षेत्रलाई स्वतन्त्र तुल्याए ।यस्तो अवस्थामा राज्य कसरी टिक्न सक्छ । मानवीय रुपबाट पछिल्ला खस राजाहरुको गलत कार्य सायद उपेक्षा विमुखता हो । अध्यात्ममा लागे पनि नलागे पनि, उपेक्षा विमुखता भने समस्या नै हो ।
चाहेर उपेक्षा विमुखता गरेका होइनन् तर ….. ।
कतिकै टाढा बस्न खोजे पनि राज्यसञ्चालनको दायित्वबाट मुक्त भएनन् । जबसम्म राज्यको शासनमा नाम आइरहन्छ पन्छिन मिलेन । यिनीहरु सफल या असफल शासककारुपमा व्रिmयाशील रहे । उत्तर भारतमा मुसलमानी आव्रmमणपछि त्यताबाट विभिन्न राजपूत नेपालतिर शरणार्थी भएर पसे । यिनीहरुमा चन्द, सेन, शाह, शाही, कल्याल, समाल आदि प्रमुख थिए । कालान्तरमा यिनीहरुले नै मल्ल शासक कमजोर भएको मौका पारी स्थानीय मानिसलाई उचालीआफ्नो स्वराज्य स्थापना गरे ।
पन्ध्रौँ÷सोह्रौँ शताब्दीमा मुसलमान शासकले कुमाउँ र पौडी–गड्वालसहित पहाडी क्षेत्रतिर आव्रmमण गर्न थाले । त्यसपछि त्यसबाट आफ्नो धर्म र संस्कृति बचाउन हजारौँहजार हिन्दुधर्मी बाहुन, क्षेत्री र खसले पूर्वतिर बसाइसराइको अभियान सुरू गरे ।
हो, यसै गरी बसाइसराइको अभियान अहिले भारतीयहरुले नेपालको तराईमा गरिरहेका छन् ।
कर्णाली अञ्चलको खस क्षेत्रको जुन अवस्था भएको थियो सोही अवस्था नेपाल तराई प्रदेशको नहोला भन्न सकिन्न ।
यस्ता कारणले खस साम्राज्य ढल्न मद्दत ग¥यो । बाह्रौँ शताब्दीको मध्यतिर खारी प्रदेशका नागराजले कर्णाली प्रदेशमा झरेर विशाल खस राज्यको स्थापना गरे । उनीपछि उनका वंशले तीन सय वर्षसम्म शासन गर्दा सो राज्यको निकै विस्तार र उन्नति गरे । चौधौँ शताब्दीको उत्तराद्र्धदेखि खस सामन्ती साम्राज्यको गति रोकियो र आन्तरिक सङ्घर्षमा अल्झियो ।
विशेष गरी उत्तर भारतमा भएको मुसलमानी आव्रmमणबाट बच्न त्यहाँका राजपूत र तिनको नेतृत्वमा विभिन्न समुदायले भिन्नभिन्न समयमा यस क्षेत्रमा प्रवेश गरे ।तिनले राजाहरु कमजोर भएको मौका पारी खस राज्य टुव्रmाउने काम गरे । भुरेटाकुरे राज्य खडा गरे । पन्ध्रौँ शताब्दीबाट सुरू भएको विखण्डन१६औँ शताब्दीको अन्त हुँदासम्म कर्णाली क्षेत्र बाइसे र गण्डकी क्षेत्रमा चौबिसेससाना सामन्ती राज्यरजौटामा परिणत भए । यसरी बाइसे र चौबिसे राज्यरजौटामा परिणत भएका राज्यका सामन्ती शासकहरु भारतीय उद्भवकै मानिस थिए । बाइसे राज्यमा बर्मा, राउला र ठकुरी तथा चौबिसे राज्यमा सेन, शाह, शाही, चन्द, समाल आदिका ठकुराई खडा भए । यी ठकुराईहरु गोर्खाली राजा रणबहादुर शाहले इस्बी १७८८–९० मा गरेको आव्रmमणबाट पराजित भए । बाइसे–चौबिसे ससाना सामन्ती राज्यहरुआफ्नो अस्तित्व रक्षार्थ परस्पर लडाइँ–भिडाइ गरिरहन्थे ।यसले गर्दा यिनको सङ्ख्या घटबढ भइरहन्थ्यो । आवश्यक पर्दा छिमेकी राज्यहरु मिलेर शत्रुकाविरूद्ध मोर्चा कस्थे तर त्यो मोर्चा स्थायी हुँदैनथ्यो । यसरी यी युद्ध सबैका लागि सबैका विरूद्ध हुन्थे । यिनमा प्रसिद्ध भए मुकुन्द सेन ।यिनले पाल्पालाई राजधानी बनाई एकचोटि निकै ठुलो भूक्षेत्रमा अधिकार जमाउन सफल भए तर उनको शेषपछि सो राज्य पनि टुव्रिmयो । बाइसे–चौबिसे राज्यमा जमिनको स्वामित्व खस साम्राज्यमा जस्तै रैकर, बिर्ता, गुठी, जागिर आदि विभिन्न रुपमा थिए । रैकर जमिन राजाको सोझै अधीनमा रहन्थ्यो र राजालाई कर तिरी भोगचलन गर्न पाइन्थ्यो । आवश्यक परे खस राज्यमा जस्तै यहाँका राजाले पनि भाइभारदार, पण्डित, सेवक र प्रिय व्यक्तिलाई बिर्ता जग्गा दिन्थे । बिर्ताकारुपमा पूरै गाउँ पनि दिने चलन थियो । त्यस्तो बिर्ता जग्गा जसले पाउँथ्यो, स्वामित्व उसैको हुन्थ्यो । बिर्ता क्षेत्रभित्र बस्ने भूदासहरुले बिर्तावाललाई कुत तिर्नुपथ्र्यो । त्यसका साथै बेठबेगार पनि तिर्नुपथ्र्यो । सरकारी कर्मचारीले पनि जागिरबापत जग्गा नै पाउँथे । त्यस्तो जग्गा पनि मोही किसानले नै कमाउँथ्यो र कमोट गरेबापत कर्मचारीलाई कुत, घिउ, ठेकीलगायततिर्नुपथ्र्यो । यसरी नै मठमन्दिरमा पूजाआजा चलाउन सरकारी तथा गैरसरकारी जमिन गुठीकारुपमा राखिन्थ्यो । त्यस्तो जग्गा पनि मोही किसानले नै कमोट गर्थे । मोही किसानको मोहीयानी सुरक्षित थिएन । कुनै पनि बखत निकालिन सक्थे । त्यसैले गर्दा उनीहरुले बढी शोषण सहनुपथ्र्यो । मोही किसानको जीवन अँध्यारोमा डुबेको थियो । चारैतिर शोषणको विकट हुङ्कारको गर्जना थियो ।सामन्त र नोकरशाह शोषण गर्न तयार देखा पर्थे ।
बाटो, कुलो, पुल, हुलाक आदिजस्ता राजकाजसम्बन्धी र सार्वजनिक कार्यका लागि रैतीले विनाज्याला अनिवार्यरुपमा श्रमदान गर्नुपथ्र्यो । यस्तो श्रमलाई झारा तिर्नु भनिन्थ्यो । श्रमका लागि रैतीले आफ्नो गाउँ छाडेर ३÷४ दिनको बाटो टाढासम्म जानुपथ्र्यो । बाइसे–चौबिसे राज्यमा लडाइँझगडा भइरहने हुँदा सेनालाई सघाउन रसदपानी बोकेर पनि जनताले झारा तिर्न जानुपथ्र्यो । यसरी झारा श्रममा जाँदा आफूलाई चाहिने रसदपानी, कुटोकोदालो आफै बोकी जानुपथ्र्यो ।
बाइसे–चौबिसे राज्यमा सामन्ती शोषण चर्को भएका कारण खेती वा पशुपालनबाट खान नपुगेर मानिसहरु बाहिर गई ज्यालामजदुरी गरी पेट पाल्थे । ठुलाबडाका खेत या पशु चराउन दास राख्ने चलन पनि थियो । बाइसे–चौबिसे राज्य भन्ने बित्तिकै पश्चिम नेपालका सम्पूर्ण भूभाग ओगटेको क्षेत्र बुझ्न सकिन्छ ।

Facebook Comments Box

Similar Posts