तेजप्रकाश श्रेष्ठ
(प्रतिभाकुञ्ज, तीनथाना, चन्द्रागिरि१५, काठमाडौँ)
‘आजको दिन
इन्द्रावती काखमा
बित्यो रमैलो ।’
हामी ओरालो झरिरह्यौँ । ठाडै ओरालो गोरेटोमा म खुट्टा लग्लगाउँदै ओर्लिरहेको थिएँ । पछाडिबाट आवाज आयो ‘आहा !लालगेडी ।’
‘खै खै लालगेडी ? कता छिन् ?’ छक्क पर्दै मैले लालगेडीलाई हेर्न खोजेँ ।‘अविरल बग्दछ इन्द्रावती’की नायिका लालगेडी मेरा आँखामा झल्झली आइन् ।
तल इन्द्रावती बगरको एउटा ठुलो ढुङ्गामा बसेर दुवै खुट्टा पानीमा चोपलेर रमाइरहेकी देखिई लालगेडी । मैले आँखा तानी तानी हेर्नथालेँ, भूमा माझीले निधारमा हात राख्दै घामलाई छेको पारेर हेरे झैँ ।
‘कता हेर्नुभएको ? यी यता छ लालगेडी ।’ एउटा गेडी देखाउँदै थिए सहयात्री सुवेदी भाइ । म ट्वाँ परेर उनलाई हेर्नथाले । उनको हातमा एउटा अधकल्चो किमुको गेडी मुस्कुराइरहेको थियो । म खिस्स परेँ, कता ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासकी नायिका लालगेडी, कता किमुको गेडी । गलल हाँसेसबै ।झझल्को त सबैमा अल्झिएको रहेछ नि !
‘यो माझीगाउँ हो । बहत्तर सालको भूकम्पले तहसनहस पारेको थियो । हाल केही तङ्ग्रिँदै छ । म नै पहिलोपल्ट राहत बाँड्न यहाँ आएको थिएँ । पछि त अरुको होडबाजी नै चल्यो ।’ भाइ महेन्द्र चालिसेले सगौरव सुनाए ।
‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासका आख्यानकार बाबा रमेश विकलका कनिष्ठ पुत्र साहित्यकार महेन्द्र समाजसेवामा पनि आबद्ध छन् । बेला बेला उनी मण्डन, जोगीटारस्थित मावली पनि आइरहन्छन् समाजसेवा गर्ने व्रmममा । उनको सव्रिmयतामा यहाँ विद्यालयसमेत सञ्चालित छ ।
यति बेला पनि उनकै अगुवाइमा हामी औपन्यासिक परिवेश नियाल्न आइरहेका छौँ । अहिलेको कोरोना कहरको दोस्रो लहरलाई पनि बेवास्ता गरेर स्रष्टा पदयात्राको निम्तो मान्न पुगेको छु मपनि । प्रत्येक महिनाको अन्तिम सातामा सम्पन्न हुने स्रष्टा पदयात्राको आजको शृङ्खला जुरेको हो ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको भावभूमि जोगिटारतर यसपटक नयाँ वर्षको अवसर पारेर पहिलो सातामा सारिएको रहेछ पदयात्रा ।
उपन्यासको भावभूमिलाई नमन गर्न पहिलेदेखि लालायित थियो मेरो मन । उपन्यासलाई मैले बालसंस्करण र ईबुकमा ढाल्न थालेदेखि नै मेरो मन चौचौ थियो यस पवित्र भूमिको स्पर्श गर्न । तर साइत जुरेको थिएन । स्मरण रहोस्, ‘अविरल बग्दछ इन्द्रावती’को बालसंस्करण बालसंसार प्रा.लि.बाट प्रकाशित छ भने वरिष्ठ पत्रकार खगेन्द्र नेपालीको स्वरमा ईबुक स्वरबद्ध छ ।
प्रिय मित्र विजय र महेन्द्र चालिसेको मावली गाउँ अर्थात् बाबा रमेश विकलको ससुराली गाउँ मण्डन जोगिटारलाई नमन गर्न पाएको छु अहिले । यस भावभूमिमा पदयात्रा गर्ने भाइ महेन्द्रको प्रस्ताव र डा. धु्रव घिमिरेको सव्रिmयतामा जुरेको हो मेरो पहिलोपल्ट स्रष्टा पदयात्रीका हैसियतले यहाँ पुग्ने ।
स्रष्टा पदयात्राको नियम कडा छ । म सबै नियम पालना गर्न असमर्थ छु । त्यसैले म मसक्क आँट्न सकिरहेको थिइनँ । यसपटक पदयात्रा कम, बसयात्रा बेसी हुने भएकोले मसक्क आँटिएकै हो । त्यसमा पनि भतिज आलोक चालिसे र आशिष चालिसेको सौजन्यमा कारमा सयर गर्न पाउनु अहोभाग्य ठानेको छु । बिसन्चोको कारणले मित्र विजय आउन सकेनन् । सकेका भए झन् रमाइलो हुन्थ्यो ।
काठमाडौँ, बनेपा, पाँचखाल, जिरो माइलसम्म अरनिको राजमार्ग र त्यसपछि मेलम्ची मार्ग हुँर्दै हिङ्वापाटीबाट छुट्टिएर हामी जोगिटार पुग्दा बसयात्रा तुरेर मित्र ध्रुव घिमिरेका दम्पती, शीतल गिरीका दम्पती, अभिनवका सम्पादकगोविन्दप्रसाद घिमिरे वेदव्यास, रचनाका सम्पादक प्रतीक घिमिरेलगायत करिब चालिसजना स्रष्टा पदयात्रीका जमात रौसिँदै थिए जोगिटार हरितपार्कमा ।
यात्राका संयोजक महेन्द्र चालिसेको अन्तर्वार्ता कैद हुँदै थियो पत्रकार दिल्लीरमण सुवेदीको क्यामरामा । वातावरणमा ढकमक्क घाम फुलिरहेको हरितपार्कले मुसुक्क हाँसेर स्वागत बर्सायो । पार्कको बनावट र साजसज्जाले मोहित हुँदै केही बेर रमायो मन । पर्यटकीय गन्तव्य उन्मुख हरितपार्क गुराँसझैँ फव्रmक्क फव्रmँदै थियो । ‘हरितपार्क’को सट्टामा‘हरितबगैँचा’ नामकरण हुन सकेको भएसुनमा सुगन्ध हुन्थ्यो कि ! झर्रो नेपाली मन चस्कियो ।
अग्लो थुम्कोमा निर्मित दृश्य–मचान (भ्युटावर) झन् अग्लिएको थियो । रमणीय थुम्कोमा रमाइरहेको थियो पार्क, हामी पनि मचानबाट इन्द्रावतीको लम्बेतान जलप्रवाह र हराभरा डाँडाकाँडा नियाल्दै रमाउन खोज्यौँ ।
खै ! उपन्यासमा वर्णन गरिए झैँ इन्द्रावतीको गड्गडाउँदो जलप्रवाह ? खै ! सङ्लो र कञ्चन जलप्रवाह? धमिलो र क्षतविक्षत अवस्थामा इन्द्रावती देखिँदा रमाउन सकेनन् आँखाहरु । मन कटक्क काटियोतर पनि हरितपार्कको उपस्थिति मनमोहक लाग्यो भने मावली परिवेश न्यानो !
मामाघर सम्झँदा कसको मन नरमाउला र ! बुढै भए पनि । कि आमा कि मामा भन्छन् क्यार !मामाघर पुग्दा महेन्द्र रमाएकै हो । ऊ प्रफुुल्ल थियो । प्रसन्न थियो । विजय पनि चौचौ थियो, तर आउन पाएन । बुढो मावली भए पनि विजय पुत्र आलोक र महेन्द्र पुत्र आशिषका भुइँमा खुट्टा थिएनन् । र त जाँदै गर्दा हिङ्वापाटी छिचोलेपछिको ग्राभेलबाटोमा कारको साइलेन्सर पाइप फुट्दा ‘यस्तै त हो जिन्दगी’ भन्दै हाँस्दै रमाउँदै क्षतिग्रस्त कार हाँकेर गन्तव्यसम्म पुग्दा पनि मक्खै थिए ।
अहो ! मित्रको मावली, सबैको मावली । हामी निर्धक्क थियौँ, प्रफुल्ल थियौँ । मामामाइजू नभेटिए पनि दाइभाउजूको न्यायो स्नेहले रापिलो घामको ताप पनि चन्द्रमाझैँ शीतल बनेको थियो । दामोदर नेपाल र केशव नेपाल दाजुभाइ एवम् उहाँहरुका परिवारको हार्दिकता मेवाझैँ मिठासपूर्ण थियो ।
नेपाल बन्धुको बाक्लो बस्ती रहेको ग्रामीण परिवेश रमणीय थियो । साँच्चै सानाकाजी त्रिलोचनसिंहको दरबारमय नयाँ भवन यतै बनेको थियो कि ? खुल्ला थियो जोगिटार फाँट, चारैतिरबाट भव्य देखिने । अहिले नेपाल दाजुभाइ तथा अन्य रैथानेका आआफ्ना ल्याकतअनुसारका नयाँपुराना घरहरु मुस्कुराइरहेका छन् ।
मामाघरको प्राङ्गणमा आयोजित दिवाभोज मध्याह्नको घाम थाप्लोमै राखेर तात्तातो दाल, भात, तरकारी र अचार पस्कँदै थियो । मिठो थियो भोक र भोजन । धन्य, हाम्रो उदरले यतिबेलासम्म भतिजहरुले बिहान बनेपाको जनागालको एउटा रेस्टुरामा गराएको कौला (जलपान) ले धानेकै हो भोक ।
तात्तातो दिवाभोजको ऊर्जाले हामीलाई इन्द्रावतीको स्पर्श गर्न र कविगोष्ठी गर्न हौस्यायो मज्जैले । र त हामी ओर्लिंदै छौँ गन्तव्य पछ्याउँदै र भूमा माझीको जन्म र कर्मभूमि अनुभूत गर्दै ।
‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको भावभूमि यही सेरोफेरो त हो । तब न मेरा आँखामा सल्बलाउन खोज्छन् बुढा भूमा माझी, सोभिते, लालगेडी, खिनौरीका लाचार जीवन र बुढा काजी चतुरभुजसिंह, बन्दुके काजी अर्थात् सानाकाजीका हैकम । अनि बाहुन गाउँ, चण्डिनी भन्ज्याङ, भिउँटार, आँपटार, भाङ्टार र सिन्धु–चौतारा जाने पुरानोबाटो कता कता पर्छन् नियाल्न खोजिरहेछन् चनाखा बन्दै ।
भिरालो पाखामा छरिएको माझीगाउँको पुरानो स्वरुप फेरिँदैरहेछ । कङ्व्रिmटको जङ्गल फस्टाउँदै गरेको देखियो । ढलान घरहरु निर्माणाधीन देखिन्थे भने पुराना घरटहरा विवशतामा पिल्सिएका देखिन्थे । च्वाँचे (सुङ्गुर) का ससाना खोरसहितका छ्यासमिसे गाउँबस्ती उदेकलाग्दो थियो । च्वाँचेका बिस्टाको गन्ध र रक्सीको हरकले वातावरण तम्तमाउँदो लागिरहेथ्यो मलाई ।
माझीगाउँलाई नियाल्न खोज्दा सकारात्मक सोच बन्न सकेन अझै । खै र ! रहनसहन र जीवन शैली फेरिएको ? घर केही पाका भएछन्, युवा पुस्ता केही सुकिला देखिएछन् । केही बाठा पनि भए होलान् ।बस् यत्ति नै हो त परिवर्तन माझीगाउँमा ? आत्मबल र आत्मविश्वास अझै नियाल्न सकिनँ मैले ।
स्रष्टा पदयात्राका अगुवा शीतल गिरी लट्ठी टेक्दै अगाडि बढे । उनको अगुवाइ प्रेरणाप्रद थियो । उनी घुँडाको दुखाइ र दर्दलाई दाह्रा किट्दै सबैलाई हौस्याइरहेका थिए मुस्कुराउँदै । हाम्रो चालिस–पैतालिस जनाको गतिशील लर्को हेर्ने स्थानीय आँखाहरु कम जिज्ञासु थिएनन् । बालबच्चा, युवायुवती र खास बुढाबुढीका आँखा विस्थापित भइरहेका थिए हाम्रा गतिशीलतामा । सायद सानाकाजीका सहरिया टोली आउँदा भूमा माझी, सोभिते, भीमेहरु छक्क र आतङ्कित भए झैँ ।
मोटरबाटो बल्लतल्ल पुगेको रहेछ, माझीगाउँ छिचोल्दै इन्द्रावतीसम्म । हामी पनि भिरालो गोरेटो छिचोलेर मोटरबाटोमा पाइला चाल्न थाल्यौँ । इन्द्रावतीको विकट पाखापखेरामा पनि भौतिक सुविधा फव्रmन थालेको पाउँदा रमाउँदो रहेछ मन तर इमानदार प्रयास अझै भएको पाइनँ मैले ।
‘लौ यही हो पित्रोउतार्ने चौतारो ।’ महेन्द्रले सबैको ध्यान आकृष्ट ग¥यो । हामी सबै ‘स्रष्टा पदयात्रा’का सहभागीको जिज्ञासा पोखियो, ‘के हो पित्रोउतार्ने भनेको ?’
‘यो माझीको एउटा मृत्युसंस्कार हो । यो प्रसङ्ग ‘अविरल बग्दछ इन्द्रावती’मा पनि छ नि । लौ तपाईंहरुलाई सम्झना छैन ?’ महेन्द्रले भन्यो । सबैले उत्सुकता जनायौँ ।
‘होइन त भाइ ?तपाईंहरुले यही चौतारीमा दसैँताक पित्रोउतार्नुहुन्छ हगि ?’ एकजना माझी युवकलाई लक्ष्य गर्दै महेन्द्रले आफ्नो भनाइको पुष्टि गर्न खोज्योतर माझी युवक अन्कनाएको देखियो, कपाल कन्याउन थाल्यो ।
‘हो भनिदेऊ न । हो नि ।’ पछाडिबाट एउटा सुरिलो नारी स्वर गुन्जियो । मलाई लालगेडीकी मिल्ने अति चुल्बुले सँगी खिनौरीकै आवाज हो कि जस्तो लाग्यो । मैले उपन्यासमा उल्लेखित पित्रो (पितृ) उतार्दाको गीत सम्झिएँ –
झाँडी खोला बाढी आयो, हान्यो है छालले
बुढो बाले क्यै भन्ने छैन, लैजान्छ कालले ।
‘हो भनी देऊ न’ भन्ने नारी स्वर र युवकको टाउको कन्याइले म झसङ्ग भएँ, अचेलका माझीलाई सायद पित्रोउतार्ने संस्कार नै थाहा थिएन कि ! अनि पित्रोउतार्ने चौतारोको के पत्तो होला र ! अचेल आफ्नो परम्परागत संस्कार र संस्कृति बिर्सने रोग बढ्दो छ हामीमा । त्यसैले त हामीले हाम्रो पहिचान गुमाउँदै छौँ । खल्लिन्छ मेरो मन ।
मैले देखेँ एउटा घरको अस्तव्यस्त आँगनको डिलमा टुव्रmुक्क बसेकी सेतै कपाल फुलेकी एउटी ख्याउटे वृद्धा । ठ्याक्कै, आँगनको डिलमा टुव्रmुक्क बसेर बुढो भूमा माझी एकटकले टाढा देखिने इन्द्रावतीको धमिलो जलप्रवाह नियालिरहे झैँ । उनी सोचिरहेकी हुँदी हो, पहिले जस्तो इन्द्रावतीको उर्लंदो छाल कहाँ छ र ! स्वच्छ र निर्मल पानी कहाँ खोज्न जानु । माछाहरु सखापै भइसके । इन्द्रावतीको प्रवाह पनि खै र ! छाल उछाल्ने र माछा लुक्ने बडेबडे ढुङ्गाहरु कता पुगे, कता पु¥याए खै ! यही पिरलोमा वृद्धा माझी नियास्रिएकी पो थिई कि । उनको निन्याउरो चाउरी परेको अनुहार हेरिरहन म रोकिन सकिनँ त्यहाँ । सुटुक्क फोटो खिचेर लुसुक्क अगि बढेँ ।
इन्द्रावतीको जलप्रवाहलाई स्पर्श गर्न लालायित थियौँ हामी । अगि बढिरहेछौँ ओर्लिरहेछौँ । इन्द्रावतीको अवयव नजिकैबाट छाम्न पाउँदा पनि त्यति रमाउन सकेन मन । क्षतविक्षत इन्द्रावती सुक्सुकाइरहेकी भेट्यौँ हामीले ।
व्रmसर उद्योगले धुलो उडाइरहेछ बुङबुङ । एक्स्काभेटर र डोजरले नदी उत्खनन गरिरहेछन् जथाभावी । टिपरले ओसारिरहेछन् बगरका ढुङ्गाबालुवा अविरल । ठेकेदार रुपी डनले एक्स्काभेटर जथाभावी चलाउने अधिकार हत्याएका छन् । जनप्रतिनिधि र प्रशासकद्वारा पालितपोषित छन् ती डनहरु । स्वयम् जनप्रतिनिधि एक्स्काभेटर र डोजरका मालिक छन् । विडम्बना लाग्छ, आम माझी दनुवारहरु आफ्नो जीवन आधारको विनाशलाई लाचार र विवश छन् टुलुटुलु हेर्न । ठुलाकाजीहरुको मिलेमतोमा इन्द्रावती दिन प्रतिदिन कुरुप बन्न विवश छ अझै ।
नदीमा माछा मार्ने र बालुवा चालेर जीविका चलाउने रैथाने माझीको बिचल्ली कसले देखेको छ र !भएका ससाना फोकटा बारी पनि बाढी र पहिरोले विनाश गरिदिएको छ । हातमुख जोड्ने मेलोमेसो इन्द्रावतीसमेत खोसिएकोमा आव्रmोशित देखिन्छन् माझीहरु ।
‘खोलामै बस्छ माझी, खोलामै मर्छ ।
सुनकोसीमा पौडेर हुर्केकी मझिनी,
अब तिम्रो शासन अस्वीकार गर्छ ।’
– अनिता माझी (फागुन २३ कोनागरिक आन्दोलनमा वानेश्वरमा प्रस्तुत कवितांश)
यो सबै माझी दनुवारको आव्रmोश हो । आवाज हो । कवियत्री अनिता माझीको यो आव्रmोश माझीको मात्र होइन तमाम जनमानसको बन्नसक्छ र बन्नुपर्छ ! सरकार र सम्बन्धित निकायले नसुनेसम्म घन्किरहनुपर्छ यो आव्रmोश । यस्तै लाग्छ मलाई ।
जोगीटार, माझीगाउँका माझीको यस्तै आव्रmोश र पिरलोमा पिरोलिँदै हाम्रो पदयात्री जमात अगि बढ्छ इन्द्रावती पछ्याउँदै । क्षतविक्षत बगर छिचोल्दै बल्ल इन्द्रावतीको साँघुरिएको जलप्रवाह स्पर्श गर्नपुग्छौँ ।
धमिलै भए पनि प्रवाहित जल पवित्र छ । पवित्र जल आचमन गर्नलाग्दा सोचमग्न हुनपुग्छु म ! यस्तो पवित्र जल धमिल्याउने कर्म कहिले सच्चिने हो ? प्रकृति दोहन कहिले रोकिने हो खै ! जथाभावी प्रकृति दोहनले प्राकृतिक प्रकोप निम्त्याउँछ । यो जान्दाजान्दै पनि हामी किन प्रकृति दोहनमा यति उग्र अग्रसरतामा छौँ कुन्नि ? सम्भवतः धनलोलुपता ?
इन्द्रावतीको धमिलो पानीमा डुबुल्की मार्न हच्कन्छौँ । तैपनि त्यहाँसम्म पुगेर इन्द्रावतीको स्पर्शमा प्रफुल्ल बन्न खोज्छौँ हामी । र त खुल्ला बगरमा आआफ्ना मनका वह पोख्दै हाइकु, गजल, कविता सुनाउँदै र गीत गुन्गुनाउँदै रमाइरहेका छौँ इन्द्रावतीको काखमा निर्धक्क, निस्फिव्रmी ।
नयाँ वर्ष २०७८ वैशाख ४ को घाम ओझल पर्न थालिसकेछ । सन्तोष लाग्छ, अझै अविरल बगिरहेछ इन्द्रावती ।