विनोद खड्का
(चाँगुनारायण १, दुवाकोट, भक्तपुर, हाल: दोहा, कतार)
डिसेम्बर २०१६ । साओपाओलो, ब्राजिल । फुटबलको जादुगर पेलेको देशमा पुगेको थिएँ म । पेलेको देशलाई साँझमा खोतल्नु थियो र पत्ता लगाउनु थियो त्यहाँका पोचुर्गिज विशेषताहरु । मन आँतुर थियो, बाहिर निक्लनका लागि तर हिमांशु अझै आइपुगेको थिएन उसको होटेलबाट । म उसकै प्रतीक्षामा थिएँ गएको एक घण्टादेखि अधैर्यसाथ ।
हामी दुई फरक होटेलमा बसेका थियौँ । म बसेको थिएँसाओपाओलोको हिल्टन होटेलमा । उसलाई प्रतीक्षा गरिरहँदा म बेलाबेलामा होटेलको झ्यालबाट परपरको दृश्यहरु चाखिरहन्थेँ । ती निकै सुन्दर थिए । मेरो नजरको क्षितिजमा एउटा ठुलो नहर बगिरहेको थियो । त्यसकै किनारामा फराकिला सडकहरु लमतन्न सुतिरहेका थिए । तिनैमाथि दौडिरहेका थिए पातला सङ्ख्यामा सवारी साधनहरु ।
साँझको ८ बजेतिर ह्वाट्सएपमा सन्देश आयो । हिमांशुकै रहेछ । उसले ऊ तल लबीमा आइसकेको जानकारी पठाएको थियो । म पनि ढिला नगरी तल लबीतिर ओर्लिएँ ।
हामीहरु होटेलबाट बाहिर निक्लिँदासाओपाओलोमा बिजुली बत्तीको झिलिमिली छाइसकेको थियो । हामी त्यहीँ होटेलपछाडिको एउटा सानो भित्री सडकबाट मुख्य सडकतिर लाग्यौँ । भित्री सडक सुनसान थियो । अनजान सहरमा भौतारिरहेका यात्रीलाई त्यस प्रकारको शून्यताले भय पैदा गर्नु अस्वाभाविक होइन तर पनि हामी दुईजना सँगसँगै भएकाले डराउनै पर्ने अवस्था थिएन ।
किनाराका रूखका फिँजारिएका हाँगाका खाली भागबाट सडकतिर चिहाइरहेका बिजुली बत्तीका उज्याला टुव्रmाहरुले भित्री सडकमा दोछाया पारिरहेका थिए । त्यसमाथि मन्द हावाका मन्द तालमा हल्लिरहेका हाँगाले सडकलाई पनि हल्लाइरहेझैँ देखिन्थ्यो । यसो हुँदा त्यहाँ कुनै रहस्यमय वस्तु चलायमान् भए झैँ भान हुन्थ्यो । दृश्य परिदृश्य जेजस्तो भएपनि डराउने त मनै रहेछ, डराएको अनुभूति छाड्ने त मस्तिष्क नै रहेछ । समग्रमा हाम्रा पाइलाका गति हामै्र मनले जन्माएका भयसँग भरिएर अलि तेज भए ।
समर सुरू हुन लागेका कारणले ब्राजिलमा जाडो छैन भनेकी थिई ब्राजिलियन भुतपूर्व सहकर्मी टावानेले मेसेन्जरमा तर पनि त्यो साँझमा बाहिर निक्लिँदा हल्का चिसो महसुस भइरहेको थियो । त्यसो त पातलो ज्याकेट साथमा थियो । चिसोसँग डराउनै पर्ने अवस्था थिएन ।
गएको महिना न्युयोर्क सहरमा बेस्सरी चिसो खाइयो । त्यो चिसो एकप्रकारले अनपेक्षित थियो । त्यसले यसरी अत्यायो कि भ्रमणमा जाने कुनै पनि सहरमा त्यस्तै चिसो हुन्छ कि भन्ने लाग्न थाल्यो । त्यसो त गुगल भाइले पनि मौसमका बारेमा बरोबर जानकारी दिन्छ नै ।
हामीहरुमुख्य सडकमा जोडियौँ । मुख्य सडकका छेउछाउमा साना साना घरहरु देखिए । मेरो आफ्नै भाषामा भन्नुपर्दा पोर्चुगिज स्टाइलका थिए ती घरहरु । अलि परपर गगनचुम्बी टावरहरुपनि देखिन्थे । ती साना घरमा देखिन्थे केही रेस्टुरेन्ट, बार, फास्टफुड आउटलेट र सुपर मार्केटहरु ।
फुटपाथमा पैदलयात्रीको उल्लेख्य सङ्ख्या देख्न सकिन्थ्यो । सायद कामबाट बासस्थानतिर फर्कदै थिए होलान् ती पैदलयात्रीहरु । सडकमा सवारी साधनको पातलो उपस्थिति देखिन्थ्यो ।
बेलाबेलामा देखिन्थे दुई बस जोडिएझैँ देखिने लामा बसहरु । ती थिए सार्वजनिक सवारी साधन जसले त्यहाँका जनताले पाएको सार्वजनिक सवारी साधनको सुविधाको अनुभूति गराउँथ्यो । यद्यपिसहरदेखि निकै टाढाको अन्तर्राष्ट्रिय विमानस्थल जानआउन ट्याक्सीको विकल्प रहेनछ । सहज मूल्यका सार्वजनिक सवारी साधनले सहर र एयरपोर्ट नजोड्ने रहेछ ।
कम्तीमा पनि हामी बास बस्ने होटेल क्षेत्र अर्थात् मोरूम्बीबाट एयरपोर्टतिर जान ट्याक्सीको विकल्प रहेनछ । ट्याक्सीको भाडा पनि १८६ रियास पर्ने रहेछ जुन अमेरिकी डलरमा हिसाब गर्दा ६५ डलर पर्न आउँदो रहेछ । अरु सार्वजनिक यातायातका साधन नभएको अवस्थामा झन्डै ३५ किलोमिटर दूरीको यो भाडा पक्कै महँगो हो ।
हामी अगाडि बढ्दै गयौँ । सडक छेउका बारहरुमा भिडभाड जमिसकेको देखिन्थ्यो । कुनै कुनै बारमा त भित्रको भिड फैलिएर फुटपाथसम्म ढाकेर पैदलयात्रीलाई असुविधा पु¥याइरहेको महसुसहुन्थ्यो । केटा र केटीको सङ्ख्या उस्तै उस्तै देखिन्थ्यो । शारिरिक बनोटका आधारमा हेर्दा ब्राजिलियन युवतीहरु राम्री हुन्छन् भन्ने सुनेको थिएँ । त्यहाँ थप प्रमाण मिल्यो । त्यसो त आधा प्रमाणआफू अवतरण भएको विमानस्थलको टर्मिनल बिल्डिङमै मिलिसकेको थियो । ब्राजिलियन युवतीहरु साँच्चै नै सुन्दरी रहेछन् ।
बारका अगाडि उभिएका हरेक युवायुवतीको हातमा एउटा एउटा बियर वा मदिरासहितको गिलास देखिन्थ्यो । उनीहरुसमूहसमूहमा विभाजित भएर आआफ्नै गफको दुनियाँमा हराइरहेका झैँ देखिन्थे । बारबाट निक्लिएको सङ्गीतको उत्ताउलो धुन फुटपाथभरि छरिएको थियो । त्यसै धुनसँग मिसिएर हल्लिरहेका थिए ती हातमा गिलास समातेर गफको दुनियाँमा हराइरहेका युवायुवतीहरु ।
लाग्थ्यो यो त्यो मान्छेको एउटा छुट्टै संसार हो जहाँ केवल खुसी नै खुसी हुन्छ । हरेक मानिस बिन्दास खुसीमा पौडिरहेकोहुन्छ । साँच्चै उनीहरुको जीवन खुसी र रमाइलोले सिञ्चित छ वा त्यो त्यही साँझसम्ममात्रै सीमित हो, यसै भन्न सकिने अवस्था थिएन । ब्राजिल सम्पन्नको सूचीमा निकै तल छ भन्ने सुनेको हुँ । त्यसैले अत्यधिक जनसङ्ख्याले बारमा मदिरासहित सङ्गीतमा ताल भर्न सक्दैन । उसको आर्थिक हैसियतले त्यहाँसम्म पु¥याउँदैन ।
हरेकको आआफ्नै पीडा हुन्छ । होला, कोही दिउँसोभरिको कामको थकाइलाई मदिरासँगै विसर्जन गर्दै छ । अरु कोही साथीभाइसँगको भेटघाटको बहानामा बारमा बहार ल्याइरहेका ।
कोही त तिनका एकान्तपन बिर्सन पनि भिडमा मिसिएका होलान् । आफ्ना पीडालाई बारको मदिराको गिलासमास्वाट्ठै पार्न खोज्नहरु पनि हुँदा हुन् । तर पनि सबैजना खुसीमा झुमेझैँ झुमिरहेका देखिन्थे ।
हामीहरुबारका भिडलाई पन्छाउँदै र साओपाओलोको त्यो स्थानको चिसोलाई चिर्दै अगाडि बढिरहेका थियाँै । भोकले लछारपछार पारिरहेको थियो । लामो हवाईयात्राबाट केही घण्टा अगाडि मात्रै साओपाओलो झरेका थियौँ । पेटमा ठोस चारो परेको थिएन । जहाजमा खाएकै खानेकुराका भरमा थियौँ हामी । वास्तवमा हामी एक प्रकारले खाना खोज्ने बहानामा होटेलबाट बाहिरिएका थियौँ । त्यही मौकामा साओपाओलोको साँझलाई स्पर्श गरौँ भन्ने सोच्यौँ ।
त्यस क्षेत्रमा हामीले जानेबुझेका खाना खाने ठाँउ मिल्ने सम्भावना बिल्कुलै थिएन । इन्टरनेटमा सर्च गरेको हो तर केएफसी, म्याकडोनाल्ड, बर्गरकिङजस्ता फास्टफुड आउटलेटहरु नजिकमा थिएनन् । त्यसैले कुनै पनि रेस्टुरेन्टमा पसेर त्यहाँको मेनुमा दौडिनुको अर्को विकल्प थिएन ।
हामीहरु एउटा रेस्टुरामा फुत्त पस्यौँ । रेस्टुरा त ठुलो थियो तर ग्राहकको सङ्ख्या भने निकै पातलो । मानौँरेस्टुराका ग्राहक सबै बारले उडाएर लगेजस्तो महसुस हुन्थ्यो । हाम्रो शरीर मेचमा ओर्लिन नपाउँदै अग्लो ब्राजिलियन बेयराले हामी बसेको टेबिलमा मेनु छाडर गयो । मेनुमा निकै बेर दौडिएपछि केही खाना भेटिए हामीले बुझ्न सक्ने । तिनै खाना अर्डर गरियो ।
धेरै समय लागेन खाना आउन । हामीले खायौँ तर नाम भने सम्झन सकेनौँ । सायद ब्राजिलियन नाम थियो होला । यद्यपि खाएको कुरोथियो, कुखुराको मासुको चोक्टा, एक ढिक्का भात र भुटेको आलु । हिमांशुको अर्डर थियो, भेजेटेबल पिज्जा । त्यसको बयान गरेर साध्य थिएन, पिज्जाको नाममा नपिज्जा अर्थात् कलङ्क । उसले एक टुव्रmा मात्रै खाएर बाँकी छाडिदियो ।
मूल्यका हिसाबले हेर्दा हामीले खाएको खाना पक्कै पनि महँगो थियो तर पूर्ण सन्तुष्टि भएन । जलस्रोतको धनी देशमा पुगेको मैले जिन्दगीमा पहिलोपटक सबैभन्दा महँगो पानी त्यही रेस्टुरामा पिएँ । त्यहीँ फ्रिजको चिसो होइन बाहिरको नर्मल पानी तीन सय एमएल लिएर आऊ भनेर बेयरालाई बुझाउन नसक्नुको पीडा छुट्टै थियो । ऊअङ्ग्रेजीनबुझ्ने हामी पोर्चुगिज बोल्न नजान्ने! अपठ्यारा पनि कस्ता कस्ता आइलाग्छन् यात्राको संसारमा !
पानी पिइयो तर तिर्खा पिउन सकिएन । पटक्कै धित मरेन । जलस्रोतको धनी देशमा पानी किन त्यति महँगो भएको होला भनेर मनमनै सोचेँ ।सोचेँ, जलस्रोतको धनी देश भएपनि ब्राजिलका जनता पनि नेपालमा जस्तै मेलम्चीको प्रतीक्षामा होलान् ! जुन मेलम्ची सधैँ दसैँमा आउँछ भनिन्छ तर मेलम्ची आउने दसैँ कहिल्यै आउँदैन । आउने सङ्केत पनि देखिँदैन ।
खाना खाने कार्यव्रmम सकिएपछि होटेल फर्केर हिजोदेखिको थकाइ बिसाउनु थियो । त्यसैले ढिला नगरीरेस्टुराबाट निक्लियौँ । पानीको तिर्खा मेटिएको थिएन । बोतलको एक लिटर पानी मज्जासँग पिऊँझैँभइरहेको थियो । सहरको हल्का नजारा भइहाल्यो । जेजस्तो भए पनि पेटपूजा गरियो । नजिकैको सुपर मार्केटमा छिरी पानी किनेर आआफ्नो होटेल फर्कने सोचका साथ यताउता घुम्न थाल्याँै । घुम्दाघुम्दै एउटा हाम्रो नजरमा सुपर मार्केट प¥यो । हामी फटाफट त्यतै लाग्यौँ तर दुर्भाग्य, त्यो सुपर मार्केटको बन्द हुने समय भइसकेको रहेछ । यद्यपि सिसाको बारबाटभित्र हेर्दासुपरमार्केटभित्र अझै केही कर्मचारी भएको देखियो । हामीलाई बाहिर देखेर एउटा कर्मचारीले हामीतिर ध्यान दियो । हामीले वाटर वाटर भन्दै बाहिरबाट पानी चाहिएको सङ्केत ग¥यौँ । उसले छेवैको सानो सटरलाई माथितिर उचाली हामीलाई भित्र प्रवेश गर्ने अनुमति दियो ।
समयका हिसाबले सुपर मार्केट बन्द भइसकेको रहेछ । कर्मचारीहरु भित्र भएका ग्राहकका लागि मात्र अल्मलिएका रहेछन् । बाहिरबाट नयाँ ग्राहक पस्ने समय बन्द भएपनि विदेशी पाहुना भएका कारण हामीलाई प्रवेश गर्ने मौका दिएका रहेछन् ।
पानी भेटियो, सानाठुलासबै खाले बोतलका । पानीको लेबलमा लेखिएको थियो, ग्यास डट कम । हामीले त्यहाँका कर्मचारीलाई भन्यौँ कि हामीलाई ग्यास नभएको पानी चाहिएको छ । हाम्रा कुरा त्यहाँ भएका कसैले बुझेनन् । उनीहरुले आपसमा मुखामुख गरे तर हाम्रा माग बुझ्न सकेनन् । समस्या उही थियो भाषाको ।
हामी आफैले अर्थ लगायौँ कि यो ग्यास डट कम कम्पनीको नाम हो, ग्यासवाला पानी होइन । ग्यासवाला पानी होइन भन्ने अर्थमा मैले एक एक लिटरका दुई बोतल किनेँ, हिमांशु शेवालेले तीन बोतल किन्यो । सायद ऊ मभन्दा बढी तिर्खाएको थियो ।
सुपर मार्केटबाट निक्लिएर मुख्य सडकमा पुगिसकेपछि हामी आआफ्नो होटेलको बाटो लाग्यौँ । हामी एक किलोमिटरको दूरीभित्र फरक फरक होटेलमा बसेका थियौँ यसैले ।
तिर्खा त बेस्सरी लागिरहेको थियो । सोचेँ, किन सडकमै उभिएर पानी नपिउनु ? आखिर आफैले किनेर ल्याएको पानी त हो । ढिलोचाँडो आफैले पिउने नै हो । त्यसो होइन, होटेलको रूममै पुगेर पिउँला भनी पाइलाको गति बढाएँ । तिर्खालाई सम्झाएँ, केही समय रोकिन ।
होटेलको रूमभित्र प्रवेश गरेर ढोका बन्द गरेँ । लगत्तै पानी पिउन भनी बोतलको बिर्को के खोलेको थिएँ, फ्यास्स ग¥यो । यसको अर्थ हुन्छ,ग्यासपानी हुने सम्भावना । जसै पिउन भनेर मुखमा के हालेको थिएँ जिब्राले तत्कालै पत्ता लगाइहाल्यो कि त्यो ग्यासपानी नै थियो । एक मुठी पानी मुखबाट पस्दा नाकबाट तीन मुठी ग्यास बाहिर निस्कियो ।
पानीको प्यास साँचेर रात कटाउने भइयो । कहिले बिहानी होला र पानी पिउँला भन्ने भयो । मानौँ म ब्राजिलमै मेलम्चीको प्रतीक्षामा थिएँ ।हिमांशुको त्यही ग्यासपानीले अर्को जात्रा भएछ । भोलिपल्ट भन्थ्यो,ग्यासपानीको बोतल खोल्दा पानी ह्वात्तै बाहिर निक्लेर होटेलको भुइँभरि पोखियो । त्यसपछि बिचराले आफैले भुइँ सफा गरेछ ।
ब्राजिल पुगेको पर्सिपल्ट हामी मोरूम्बीको एउटा सपिङ मलभित्रको सुपरमार्केटमा पुनः पानी खोजिरहेका थियौँ । त्यहाँको पानीको बोतलमा भने सेमी ग्यास भनेर लेखिएको थियो तर पानीको अवस्था हेर्दा ग्यास नभएको नर्मल पानी नै हो कि झैँदेखिन्थ्यो । ग्यास वा सेमी ग्यास लेखिएदेखिबाहेकको अरु कुनै पानीको बोतल देखिएन पूरै सपिङ मलभरि ।
हामीले त्यहाँ पनि कर्मचारीको मद्दत लिने प्रयास ग¥यौँ । भाषाको समस्याका कारण कसैले हाम्रो समस्याको समाधान गर्न सकेनन् । अङ्ग्रेजी बोल्ने चरोमुसो कोही भेटिएन । अन्ततः हामी आफैले सेमीको अर्थ नो अर्थात् नो ग्यास भन्ने अर्थ लगायौँ । तत्पश्चात् ठुला ठुला एउटा एउटा बोतल पानी लिएर फक्र्यौं । त्यसपटक भने हामीले लगाएको अर्थ गलत रहेनछ । नर्मल मिनरल बाटर पिउन पायौँ । तीन दिनदेखिको प्यासलाई एकमुस्ठ पूरा ग¥यौँ ।
त्यसो त यस्तैखाले घट्ना एकपटक पहिले पनि भोगेको थिएँ, स्विटजरल्यान्डको जुरिचमा । त्यहाँको सुपर मार्केटमा पानी लिएर काउन्टरमा पैसा तिरी निक्लिएँ । काउन्टरमा राम्री केटी थिई । मुसुक्क मुस्कुराएर अतिथिको स्वागत गर्ने उसको तरिकाले मलाई निकै प्रभाव पा¥यो । पानी लिएर उसैको सुन्दरताको विषयमा सोच्दै ढोकाबाट बाहिरिँदै गर्दा त्यो सेल्सगर्ल ‘एक्सक्युज मि’ भन्दै मेरो पछि पछि आई । म टक्क रोकिएँ । हल्का भय जन्मियो, कतै मेरोतर्फबाट गल्ती पो भयो कि सुपरमार्केटमा ?
उसले मलाई सोधी कि के मैले ग्यासपानी नै खरिद गरेको हो ? मैले भनेँ,‘होइन ।’ मलाई त नर्मल पानी चाहिन्छ । उसले जानकारी दिई कि उसको सुपर मार्केटमा नर्मल पानी छैन । मैले जुन पानी लिएर आएको थिएँ त्योग्यासपानी हो । उसले पानी फिर्ता लिएर पैसा फिर्ता दिई ।
उसले विदेशी भएका कारणमलाई सोधेकी रहिछ कि कतै मैले नबुझेर गलत पानी पो लिएर हिँडेँ कि ? एयरपोर्टनजिकको होटेलमा बसेको थिएँ । सुपर मार्केटको विकल्प नभएकोले त्यहाँ पनि मैले पानी पिउन नयाँ दिन नै पर्खिनुप¥यो ।
ब्राजिलमा मलाई अनौठो लागेको कुरो के थियो भन्दा किन त्यहाँका मानिस अर्थात् ब्राजिलियनहरुग्यासपानी पिउँछन् ? किन सुपर मार्केटमा ग्यास नभएको पानी बेच्न नराखिएको होला ? आखिर त्यहाँ ग्यास नभएको पानी पनि पाइँदो रहेछ । यस कुराले मलाई निकै पछिसम्म घोचिरह्यो ।
जलस्रोतको धनी देशको ग्यासपानीसँग जोडिएको यस प्रसङ्गले ब्राजिलको यात्रालाई अविस्मरणीय बनाइदियो । भाषाको समस्याले गर्दा पानीको प्यास मेटाउन नसक्नु अनौठै संयोग थियो । वास्तवमा जीवनयात्रा भनेकै यस्तै अनेकखाले अनुभव र अनुभूतिको जोड हो । कैयौँ अनुभव र अनुभूति पेचिलै भएपनि संस्मरणका पत्रमा विशिष्ठ भएर रहिरहन्छ ।