प्रदीप सापकोटा
समय कति निष्ठुर छ है।उस्तै छ आजको आकाश पनि निःशब्द लाग्छ र पनि अरु दिनको भन्दा बेसी नैखुलेजस्तै छ । शीतलपाटी जानै पथ्र्यो मैले । म तयारी गर्न थालेँ । सभापति विश्वनाथ रेग्मी भने मलाई नजान आग्रह गरिरहेका थिए । दीनानाथ गौतम जो जिल्ला सदस्य तथा दैवी प्रकोप उपसमिति संयोजक हुन्, उनले पनि नजान र जानै परे साथीहरु लिएर जान भनिरहेका थिए । यसअघि मैले केन्द्रीय कार्यालयका विभागीय प्रमुख विष्णुहरि देवकोटालाई फोन गरेर घट्नाको विस्तृत विवरण फ्याक्सबाट जानकारी गराएको थिएँ । उहाँले केही दिन बिदा लिएर काठमाडौँ आउन सुझाउनुभएको थियो । विश्वनाथ रेग्मीलाई शङ्का थियो, कतै विद्रोही माओवादीले पो आक्रमणको प्रयास गरेका हुन् कि भनेर। घट्ना कुनै पक्षले होइन अराजक व्यक्तिको समूहले गरेको हो भन्दा उहाँहरु मान्न तयार हुनुभएन।नरेठाँटीबाट फोन आएकोले म जिप चढेर लागेँ उतै। कुरो हो, २०६० साल मङ्सिर २२ गतेको । म रित्तै थिएँ किनकि मेरा केही कपडा र तालिम सामग्री उतै जिम्मा लगाएर आएको थिएँ ।हिजो उतैबाट रेडक्रसका जिल्ला उपसभापति र स्थानीय उपशाखा सभापतिहरुले अफिसमा फोन गर्नुभएको थियो। कतै उजुरबाजुर नगर्नुहोला भनेर अनुरोधसहित। म पनि कहाँ कसैलाई दुःख दिन चाहन्छु र! तर बाग्लुङमा पत्रकार साथीहरुले मलाई घट्नाका बारेमा सोधेका थिए, ममाथिको आक्रमण प्रयासका बारेमा थाहा पाएर होला। कतिपयले त स्थानीय रेडव्रmस प्रशासनले आफ्ना कर्मचारीमाथिको आक्रमणको खण्डन नगरेकोले कतै मिलिभगत त होइन भनेर प्रश्न पनि गरे ।मैले यो घट्नामा चुप रहिदिन उहाँहरुलाई अनुरोध गरेँ ।
दिनको घाम छिप्पिँदै थियो । जिपमा छु । केही दिनअघिका स्मृतिलाई वर्तमानमा निचोर्ने प्रयास गर्दैछु । मन भाँचिएको थियो मेरो विनागल्ती अपमानित हुनुपरेकोमा । अपमानित मात्र होइन, ज्यानै जानसक्ने परिस्थितिबाट गुज्रेको थिएँ म । त्यस दिनको भोगाइको भयचित्र सम्झिँदै यात्रामा छु म ।उही चिरपरिचित बाटो।दुःखमा मल्हमपट्टी लाग्दाको क्षणको जस्तो शीतल भएको छ मन। थकाइलागेको भान छैन ।मान्छे न हुँ, कहिले हिँड्दा ठेस लाग्छ,घाउ हुन्छ तर समयव्रmमले पुरिँदो रहेछ मल्हमपट्टीले दुःखको घाउ।यस्तै भएको छ मलाई आज ।घोडाबाँधे उही हो र उस्तै छ बजार। अकासको खुलापनले मौसम रमणीय लाग्छ मलाई आज। डम्बरसिंह दाइ पहिल्यै आएर बसेका रहेछन्। नरेठाँटीका सभापति केयरसिंह थापामगरले हिजो फोनमा भनेका थिए, तपाईंलाई लिन भनी कोही साथी घोडाबाँधेसम्म पठाइदिन्छु भनेर । हामी भलाकुसारी पछि झर्छाैं घसाको ओरालो । घामले पनि सुखद स्पर्श गर्दैछ ।
म डम्बरसिंह दाइकै घरमा जान्छु । केही चिनारू जम्मा भइसकेका रहेछन् । आज याविन्द्रसिंह दाइको घरनजिक एक जना नानीको विवाह छ । ती नानी हाम्रा कार्यक्रमकी सहभागी हुन् । सरलाई पनि लिएर आउनू भनेका छन्अरे भनी याविन्द्रसिंह दाइले भने । खाजा तयार भयो । खाइयो ।जीवनमा जहिल्यै नयाँ नयाँ कुराको अनुभव गर्नुपर्छ रे । आज यहाँ अर्काे नयाँ खाजा खाइयो । अरिङ्गालको गोलो पोलेको रे ।त्यसका बच्चाहरु फ्राई गरेको अहा !कति स्वादिलो । मैले करिब एकमुठी खाँए हुँला । चिटचिट पसिना आयो । यो त गर्मी चिज पो रहेछ ।
धर्तीमा साँझको आगमन भयो । हामी तीन भाइ बिहेघरतिर तेर्सियौँ । जीवनको धुन पनि कस्तो कस्तो ! अस्ति ४ दिनअघि मात्र यहाँबाट त्रासद जीवन भोगेर सहर फर्केको मान्छे म आज यहीँ छु । यात्रामा कहाँ सधैँ सुखद पलसँग मात्र साक्षात्कार हुन्छ र ! विवाहघरमा नाचगान रहेछ ।दुलही अन्माएर पठाइसकियो रे । यहाँको चलन र मेरोतिरको चलनमा फरक रहेछ ।बेहुली अन्माएको घरमा त रूवावासी पो हुन्छ । यहाँ त नाचगान भइरहेछ । खै के के ! चलन चलाएपछि चल्छ भन्या यही होला । एकछिन रमाइलो हेर्छांै । खाना खाएर डम्बर दाइकोमा फर्किन्छौँ ।
४ दिनअघिको उसको व्यवहार सिनेमाको रिलजस्तो घुम्यो मेरो दिल र दिमागमा ।तँ जसको घरमा बस्छस् नि!त्यहीँ ओछ्यानमा आएर काटिदिन्छु । आक्रोशित मुद्रामा त्यो आतङ्क त्यस दिन शीतलपाटी निम्न माध्यामिक विाद्यालयको प्राङ्गणबाटबाहिरिएको थियो । परिवेश प्रतिकूल थियो । महिलाहरुको अनुहार मलिन र भयभित थियो । कहाँ बिर्सिन सकिन्छ र यस्ता घटना! उसको अपशब्द,गालीगलौज र उन्मत्त आवेग कहाँ माफी गर्न लायक थियो र !कुँजिएको छ मेरो मन ।त्यो मान्छेको आकृतिसँग मिल्ने प्राणी सम्झेर मान्छेसँग पनि डराउनुपर्ने स्थिति सृजना भएको थियो । कति थकित र गलित थिएँ त्यो क्षण म । मुख सुक्खा थियो । मेरो जीवनकै अप्रिय र बीभत्स एवम् भयावह यात्राको भोगाइले मलाई चिथोरेको थियो नमिठोसँग। ऊ अनि उसका परिवारका अन्य सदस्य आमाबुबा र श्रीमती मेरा सामुन्न्नेमा छन् । बुबा निरास मुडमा छन् । आमाका आँखा रसाएका छन् । श्रीमतीको अनुहारको कान्ति हराएको छ ।
‘सर,अस्तिको हजुरसँगको त्यो नराम्रो व्यवहारका लागि मलाई माफ गरिदिनुस् । मैले त्यस दिन रक्सी खाएको थिएँ । के भो भो मलाई ।’ नारायणले सन्नाटा तोडे ।
म चुपचाप थिएँ। प्रतिव्रिmयाविहीन । किनकि मलाई केही बोल्नै मन थिएन । सत्य भनूँ ?म पिरो पीडाको धुँवाले भरिएको मन लिएर के बोल्ने के नबोल्ने निर्णय गर्न सकिरहेको थिइनँ ।
‘यस्तो असतिले गरेर सबैका सामु मलाई मुख देखाउन नहुने भइसक्यो सर । कति जनासँग माफी मागुम् म बुढो । गाँउमा कसैसँग यसको राम्रो छैन ।’ बिचरा !बा निरीह भएर प्रस्तुत भए ।
‘सर,तपाईं पनि मेरो छोरोसमान हुनुहुन्छ । एकपटकलाई सबै कुरा भुलिदिनुस् । मेरो एक्लो बुढेसकालको लट्ठी हो सर ।’आमाको ममत्व पग्लियो आँखाभरि आँसुसहित ।
म चुपचाप छु यथावत् । केही बोल्ने मनै छैन । मेरो मन भताभुङ्ग पारेकै हो उसले ।छाती बेस्सरी दुखाएकै हो । मुटुको धड्कन बढाएकै हो । कति चहर्याएको छ मेरो मन उसको तल्लो स्तरको गालीले ।पैह्रो गएको छ कहालीलाग्दो। मलाई थाहा छ मेरो मृत्युको नजिकबाट चिप्लिएर बाल बाल बचेको छु म । जीवनकै याचना गर्नुपर्ने परिस्थिति उसैका कारण सृजना भएको हो ।उफ् !कति नमिठो र भयावह थियो त्यो दिन । कति धेरै भयले घर गरेको थियो मेरो मनमा । कैयन्पटक झस्किएको थिएँ म । मन थाम्न नसकी घुक्किएर रोएको थिएँ । घरपरिवारको सम्झनाले असहज बनाएको थियो । उसलाई भन्न मन थियो यी कुरा तर भनिनँ । त्यो उसले ल्याएको समयले बनाएको घाउ पाकेको छ । म पाकेको घाउ बोकेर बसेको छु मनभित्र ।
‘अब के गर्ने त सर?यसलाई जति भने पनि लागेन । हामीलाई पनि दुःख दियो । कानुनी कारबाहीतिर लागेको भए दुःख पाउथ्यो र बुद्धि फिर्थ्यो कि?’तुलसी सरले आक्रोश पोख्नुभयो ।
‘एकपटकलाई माफी दिनुस् सर । अबचाहिँपरिवर्तन आँउछ होला ।’ नारायणकी जीवनसाथीको निरीहता प्रस्ट देखियो ।
‘सर,अब कसैलाई दुःख दिन्नँ । माफी पाऊँ । हजुरको खुट्टा ढोग्छु बरू ।’पछुतोदेखेँउसमा।
रात छिप्पिँदो छ । मैले मुख नखोली नहुने ठानेर बोलेँ, ‘हेर्नुस्, तपाईंहरु मेरो आमाबाको उमेरको हुनुहुन्छ । मेरो केही गल्ती नभई यस्तो भो । मलाईकेही भन्नु र गर्नु छैन ।चाहेको भए उहाँलाई कारबाही गराउनसक्थेँ । चाहिनँ ।मेरो मन कसैलाई दुःख दिन मान्दैन । मलाई भोलि सबैका सामु के कारणले यसरी आक्रमणको प्रयास गरेको हो ? सोको प्रस्टीकरण दिनुस् । समुदायले तपाईंलाई माफ गर्छ । सक्किगो नि ।’ मेरो जिद्दीका सामु उनीहरुको जोर चलेन । चुपचाप घर फर्किए ।मेरो जवाफमा डम्बरदाइ भने खुसी थिए । हामी सुत्यौँ भोलिको पर्खाइमा ।
बिहान समयमै तालिम सुरू भयो । सबै सहभागीको निर्दाेष आँखा मतिर लक्षित थिए । मपनि अलिक सामान्य हुन सकिरहेको थिइनँ । र पनि सेसन चलाउनै पर्यो ।रत्ना दिदी र बुलबहादुर सरले मलाई साथ दिए । खाजाअघि नै सेसन सक्ने र खाजापछि समापन कार्यव्रmम गर्ने तयारी गरियो । समापन कार्यव्रmमको सेड्युल तुल्सीराम सर र रत्ना दिदीलाई बनाउने जिम्मा दिएँ ।
शिव पाण्डे सर प्रमुख अतिथि र केयरसिंह थापामगर अतिथि हुनुहुन्थ्यो । पूर्व गाविस अध्यक्ष दुर्गाबहादुर कुवरको पनि उपस्थिति थियो ।समापन कार्यव्रmमको सञ्चालन रत्ना दिदीले,स्वागत तुलसीराम सरले, अध्यक्षता नरबहादुर श्रीसले गरे । म सहभागीलाई दिइने प्रमाणपत्र लेख्न थालेँ । अकस्मात् मसँग सल्लाह नै नगरी प्रशिक्षकका तर्फबाट दुई शब्द बोल्न भनियो । म अलमलमा परेँ । के पो बोलूँ । चारैतिर नजर लगाएँ । जिज्ञासु दर्शकको बाक्लेै उपस्थिति थियो । विद्यालयको प्राङ्गणमा समापन कार्यव्रmम गरिँदै थियो ।
पीडा र वेदनाले लोलाएका दुई आँखा चारैतिर डुलाएँ । सबैलाई सम्बोधन गरेँ । बोल्दै गर्दा मेरो उत्साह अप्रत्याशित रुपले मर्न थाल्यो, ‘आदरणीय अग्रज व्यक्तित्वहरु, तालिममा सहभागी हुनुभएका बाआमा, काकाकाकी,दिदीबहिनी तथा दाजुभाइहरु, मैले तालिम कार्यक्रममा धेरै कुरा फत्फताएको छु । यहाँ म सिकाउन मात्र आएको होइन,सिक्न पनि आएको हुँ । यहाँहरुको अजस्र माया र स्नेहप्रति कृतज्ञ छु । यहाँको समुदायप्रति आभारी छु । मेरो कोहीकसैसँग केही गुनासो र दुखेसो छैन । फगत् मेरो मनमा अन्र्तद्वन्द्वको विशाल ज्वारभाटा मच्चिरहेको छ । आजसम्म जानेर गल्ती गरेको र कसैलाई भनी बिझाएको छैन । अपमान गरेको पनि छैन र पनि ममाथि ठुलो आव्रmमणको प्रयास भयो । यहाँहरुकै मायाले मलाई केही भएन तैपनि नारायण भण्डारीजीले असन्दिग्ध र अपत्यारिलो घट्ना घटाउनुभयो । मलाई त के छ र । मन लागेन भने अबदेखि यहाँ आउँदिनँ, इच्छा भएन भने जागिर खाँदिनँ तर नारायणजी तपाईं त यही गाँउसमाजमा बस्नुपर्छ । सबै यहीँ गर्नुपर्छ ।तपाईंले मलाई खुकुरी रोप्न खोजेर आफ्नै जिन्दगीमा अध्याँरो पोत्नुभयो ।आइन्दा यस्तो नगर्न म हात जोडेर अनुरोध गर्छु । जिन्दगी लामो छ मित्र, सबैप्रति राम्रो व्यवहार गर्नुहोस् । सच्चिनुहोस् । सबैको अघि भन्दिनुस् किन त्यस्तो व्यवहार देखाउनुभयो ?यस्तै बोल्दै थिएँ ।’रत्ना दिदीलगायत धेरैको मुहारमा आँसु भरिएको देखेँ । मलाई झन् गाह्रो भयो ।यसो भिडमा हेरेँ । सरल मिजासका उनका बुबा स्वाभिमान गिरेकोमा शिरनत गरिरहेका देखिन्थे । आमाको माया उही न हो आँसुमिश्रित मुहार ।मैले थप बोल्न सकिनँ । गला अवरूद्ध भयो ।चारैतिर केहीबेर नमिठो वातावरण छायो।
बुलबहादुर सरले ल अब नारानले किन यस्तो दुव्र्यवहार गरेको सबै सामु बताउनुपर्छ भन्नुभयो । त्यसपछि नारायण भण्डारी अगाडि आए।विनयीभावले प्रस्तुत हुँदै उनलेहिजो रक्सीको उत्तेजनामा त्यस्तो भएको,गाँउका मानिसहरु बराल्न आएको जस्तो लागेर रिस उठेको बताए।यसो हेर्दा उनी लाजले थकित र गलित देखिन्थे।जे सजाय दिए नि भोग्न तयार रहेको । मैले मेरा तर्फबाट यही हो सजाय भनेर पन्छिएँ तर समुदायले उनलाई केही नगद जरिवानासहित आइन्दा सच्चिने सर्तनामाको कागज गराए ।
सबैले घटनाप्रति दुःखी भएको बताए।जिन्दगी यात्रा न हो, समयसँगै आइपर्ने विविध समस्या, व्यवधान र पीडा सहेर पनि जारी राख्नु नै छ । साँझ धेरै छिप्पिसकेको थियो । मेरा झोलाहरु याविन्द्र दाइकोमा भएकोले त्यहीँ बास बस्ने भएँ । अस्ति कसैले पनि म कहाँ जाँऊ नभनेको तर आज दर्जनौँले मेरोमा जाऊँ न सर भने । मनमा के के कुरा खेलिरह्यो । यस्तै छ, समयभन्दा बलवान् को छ र ! मलाई थाहा छ, म गलत थिइनँ त्यसैले मेरो विश्वास भत्किने कुरै भएन । सबैको मायाको पोको मनभरि बोकेर सबैसँग बिदावादी भई म याविन्द्र दाइसँग झरेँ ।