सरिता आचार्य ‘अकेली’
(छन्द: भुजङ्गप्रयात)
पहाडी हिमाली मधेसी सबैले,
छ देशै दुखेको नहेरून् कसैले ।
थपाई ल छाती चपाई विषादी,
बचाओ नि राष्ट्र सुवीचार राखी ।।
छ साझा फुलेका गुलाबी यि फूलै,
यि चाँदै सरीका भरीला त मूलै ।
यि पाखा हरीया रसीला बनेका,
हिराझैँ मणीझैँ गुनीला भनेका ।।
दुनीयाँ जगै पो अचम्मै परेका,
अमूल्यै यि देखी छि लोभै गरेका ।
भुलेछन् पुराना मितेरी कहानी,
पवीत्रै ति नाता बनेछन् बिरानी ।।
बुलेरै ति पूर्खा बसौँला कि नासो,
मूलूकै नहाँसे रहोस् के गुनासो ।
नसोधी चलायो घरैको मतानी,
कि जानी बिरायौ गरेनौ नजानी ।।
छ साथै बलीयो त गोर्खे सिरानी,
चुपै के बनौँला लगाई खरानी ।
छ रातो रगत यो विरैको चिनारी,
कि छाडौँ यि माता उज्यालो नपारी ।।
ल गाँठी कुरो यै सिमाना कि छोडे,
कि मूटू दरीलो बनाई चिथोरे ।
नहेप्नू विरैका निसानी यि माथी,
अटेरी गरेमा कि होला नजाती ।।