दामोदर पुडासैनी ‘किशोर’
चराहरू
उडिरहन्छन्
कराइरहन्छन्
र, पोत उचाई चढिरहन्छ समय
चराहरूले गुन्गुनाउन भुर्मुराउन छाडेको देखि
मृत्यु हुन्छ समयको ।
चखेवाहरू
पौडिन्छन् मायाको नदीमा
र, हराउँदै हृदयको कन्कार सुन्दछन्
जङ्गलभित्रका शून्यतामा
कोइलीहरू
जहिलेसुकै पनि
र, कोरल्छन् कौडामा अनुरामका फूलहरू
घुमाउँछन् वरिपरि वासन्ती क्षणहरू
आफ्नै चरा भनेक
बस्ती, जङ्गल र ब्रह्माण्ड हुन्
चराहरू नभएको क्षण
बस्ती, जड़गलर ब्रह्माण्डक
स्वतः बज्न थाल्छ मृत्युगीत ।
चरासँग बाँच्न सकियो भने
स्वतः मर्छन् सबैका
आलश्य
कपट
र, असमानता
चरा भनेकै
सङ्गीत, प्रेम र स्वतन्त्रता
जगल भनेक
हुलका हुल चराहरूका
सुन्दर र साझा बगैचा
अहा ! कति मजा हुन्थ्यो हगि ?
मान्छेलाई चरा
र, देशलाई एउटै जङ्गलमा
अनुवाद गर्न सकेको क्षण
बस्तीहरूमा प्रतिबन्धित छन् जड़गल र बराहरू
त्यसैले त बस्तीमा
मान्छे, मान्छे बनेर बाँच्नुको सट्टा
साबित भएको छ
एउटा नौलो हिंस्रक जन्तु ।
(शब्दाङकुर साहित्यप्रधान मासिक २०६३ पुस अंकमा प्रकाशित)