काठमाडौँ । नेप्रप्र, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा आयोजित विशेष कविगोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीलेसमाजलाई सही दिशानिर्देश गर्ने विषय नै कविता–साहित्य भएको बताए । उनले एक दिन कविता–सिर्जनालाई समर्पित गर्ने उद्देश्यले विश्व कविता दिवस मनाउन थालिएको उल्लेख गरे । कविताको सामथ्र्यलाई स्वीकार गरी यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महङ्खव रहेको बताए ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विश्वका कविका लागि हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उनले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने रुपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गरे । सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको उनले बताए । यो वर्षको विश्व कविता दिवसको नारा ‘विश्वको भौतिक विकास, आन्तरिक प्रबोधन र प्राचीन भाषाहरुको संरक्षणमा कविताको भूमिका’ रहेको जानकारी दिनुका साथै नेपालमा सन् २००२देखि दिवस मनाउन थालिएको बताए ।
गोष्ठीका सभाध्यक्ष प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले विभागले विभिन्न क्षेत्रका कवि र कवितालाई समेटेर पुस्तकमा सङ्गृहीत गर्नुका साथै गजल, गीत, मुक्तक, समालोचनाका क्षेत्रमा पनि विभागले पुस्तक प्रकाशन गरेको बताए । नेपाली कविताको प्रादेशिक इतिहास, छरिएका कविताको सङ्कलन र प्रकाशनकार्य भइरहेको जानकारी दिनुका साथै नेपाली महाकाव्यः परम्परा र प्रवृत्ति नामक कृति प्रकाशनको तयारीमा रहेको जानकारी दिए ।
कार्यव्रmममा कवि डा. बेन्जु शर्माले ‘कोरोना भाइरस’, सुलोचना मानन्धरले ‘बाटो’, ‘रातबाट’, ‘बुद्ध’ शीर्षकका छोटा कविता, मातृका पोखरेलले ‘दुर्घटित सपनाको भन्ज्याङबाट’, श्रवण मुकारूङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’, नर्मदेश्वरी सत्यालले ‘मेरी छोरी’, ईश्वरचन्द्र ज्ञवालीले ‘उसको पत्र आमाको नाममा’, विश्वविमोहन श्रेष्ठले ‘यात्रा’, राजेन्द्रशलभले ‘दुई सैनिक’, दयाकृष्ण राईले ‘नगरवधुहरुको आवाज’, नरनाथ लुइँटेलले ‘डुक्रनेसँग केही प्रश्न’, नन्दकृष्ण जोशीले ‘कुडा कर्णालीका’, मित्रलाल पंज्ञानीले ‘दैवले देख्दैन’, सीता शर्माले ‘गन्तव्य’, वासुदेव अधिकारीले ‘वाफ’,
डा. नेत्र एटमले ‘म अवश्य पनि उठ्नेछु’, प्रभा भट्टराईले ‘जान्दिनँ म ता’, डा. रामप्रसाद ज्ञवालीले ‘म कवि’, गङ्गा सुवेदीले ‘यथार्थमा’, शोभा दुलालले ‘श्यामलाल’, रमेश पोखरेलले ‘जनविश्वास पाइँदैन बोलेर’, लक्ष्मण गाम्नागेले ‘उस्तै उस्तै लाग्न थालेको छ’, गोविन्द घिमिरे ‘वेदमणि’ले ‘सम्मान व्यापार हो’, वैरागी जेठाले ‘च्याङ्बाको गीत’, विना थिङले ‘ड्याम ड्याम’, जयन्ती सत्यालले ‘जवाफ देऊ न आमा मलाई ऐठन परिरहेछ’, हेमन्त विवशले ‘गोसाई तिमीले कसको मुटु बोकेका छौ’, अयोध्यानाथ चौधरीले ‘बिर्सिसकेँ अनुहार’, सन्तोष पोखरेलले ‘द फ्युटायल वल्र्ड’, राम विनयले ‘गन्तव्य’ र हरिकला उप्रेतीले ‘कालेका बा’ शीर्षकका कविता सुनाएको कार्यव्रmममा धन्यवाद ज्ञापन प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले गरे भने कार्यव्रmमको सञ्चालन प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बूले गरे ।

Facebook Comments Box

Similar Posts