असार २०, काठमाडौं । वरिष्ठ साहित्यकार श्रीराम पाण्डेको छैटौँ कृति ‘निःशब्द शब्द’ (कवितावलि) को गृह-विमोचन शनिबार ललितपुरमा सम्पन्न भएको छ।

प्रा.डा. निर्मोही व्यास, कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीय, स्रष्टा वीणा पोखरेल तथा लेखकका परिवारजनको समुपस्थितिमा आयोजित कार्यक्रममा कृतिको गृह-विमोचन गरिएको हो।

२३२ पृष्ठमा प्रकाशित यस कवितासङ्ग्रहमा ७५ वटा छोटा, मध्यम तथा लामा कविता समावेश गरिएका छन्। सङ्ग्रहमा वि.सं. २०३६ देखि २०८० सम्म विभिन्न समयमा रचना गरिएका कविताहरू संकलित छन् ।

यसअघि पाण्डेका ‘मातृस्मरण’ (शोकस्मृतिकाव्य), ‘दोछायाँ’ (संस्मरण), ‘बन्दीगृहमा समय’ (कविताकर्म), ‘दुर्घटित जन्म’ (कथासङ्ग्रह) तथा ‘आँसुको दीपावली’ (गीतगुच्छा) प्रकाशित भइसकेका छन्।

‘निःशब्द शब्द’ कवितासङ्ग्रहको प्रकाशन मधुकुमार थापा (बागमती, सर्लाही) ले गरेका हुन्।

Facebook Comments Box

Similar Posts