काठमाडौँ, घुम्ती कविगोष्ठी नेपालको ११३ औँ शृङ्खला अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार गोविन्द घिमिरे वेदमणिको निवासमा सम्पन्न भएको छ । आयोजक वेदमणिको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरुमा शीतल गिरी, डिल्लीराज अर्याल, खोलाघरे साहिँलो, बाजुराम पौडेल, विजयध्वज थापा, दुर्गा अघिकारी भमरकोटे र डिल्लीप्रसाद मूलतिहुन हुनुहुन्थ्यो । कविता वाचन एवम् सभापति गोविन्द घिमिरे वेदमणि र उहाँको नाति अमन घिमिरेको जन्मदिवस मनाइएको यस कार्यक्रममा पहिले कविता वाचन र पछि जन्मदिवसको कार्यक्रम गरिएको थियो ।
बिहान ८ बजे सुरु भएको यस कविगोष्ठीमा कार्यक्रम सञ्चालक परशुराम पराशरको कविता वाचनबाट कार्यक्रमको थालनी गरिएको थियो । कविता वाचन गर्ने कविहरुमा लिलाराज दाहाल, कात्यायन, खोलाघरे साँहिलो, डिल्लीराज अर्याल, कणाद महर्षि, रामकुमार पण्डित, सुरेशचन्द्र घिमिरे, भावना न्यौपाने, कविराज घिमिरे, दुर्गा अधिकारी भमरकोटे, ओमप्रसाद कोइराला, सुशील आचार्य, विजध्वज थापा, बाजुराम पौडेल, सुमन पुडासैनी मित्र, विन्दा खतिवडा, मुकुन्द महत, शान्ति रिसाल, शारदा पराजुली, साजबाबु श्रेष्ठ सागर, दुर्गा भवानी भट्ट, घनश्याम प्रसाईं, नवराज पुडासैनी ज्योत्स्ना र रेहित सैँजु हुुनहुन्थ्यो । वाचित रचनाहरुको टिप्पणी खोलाघरे साहिँलोले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डितले धन्यवाद दिनुभएको थियो । सभापतिको सभा विसर्जनभन्दा पहिले केक काटेर जन्मदिवसको भव्यता दर्शाइएको थियो ।