साउन २४, काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच उत्कृष्ट कृतिहरू छनौट गरेको छ । गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच उत्कृष्ट छनौट गरिएको गुठीले जनाएको छ ।
अब ति पाँच पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिने छ । छनौट गरिएका पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले चार लाख राशी भएको मदन पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ ।