साउन ३०, काठमाडौं । आख्यानकार राजन मुकारुङको चर्चित उपन्यास ‘दमिनी भीर’मा आधारित रहेर नाटक बन्ने भएको छ। रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा नाटक ‘दमिनी भीर’ बन्न लागेको हो।

‘दमिनी भीर’ वि.सं २०६९ सालको मदन पुरस्कार जित्न सफल उपन्यास हो ।

नाटक निर्माणमा समता फाउण्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले सहकार्य गरेका छन् ।

अहिले नाटकको रिहर्सलको काम भइरहेको छ । नाटक आगामी भदौ २२ देखि असोज १० सम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ ।

Facebook Comments Box

Similar Posts