साउन २७, काठमाडौं । टुक्का साहित्य समाजकाे आयाेजनामा चाैथाे टुक्का कविता दिवस विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेत, प्राज्ञ सभा सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थी, वरिष्ठ साहित्यकारहरू पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, डा.सावित्री श्रेष्ठ, शर्मिला श्रेष्ठ लगायत नेपाल र भारतबाट २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।

टुक्का साहित्य समाजका महासचिव चूडा निर्भिकले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा समाजकाे उपाध्यक्ष वसन्त अनुभवले स्वागत मन्तव्य, सचिव जमुना आचार्य काेइरालाले संस्थाकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा टुक्का कविता लेखन अभियानमा याेगदान पुर्याउने ८४ जना टुक्काकार तथा ५ वटा संस्थालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राइले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूकाे बारेमा प्रष्ट बुझेर ती विधाहरूलाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिन प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।

प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएकाे चार वर्षकाे अवधिमा नै यति धेरै पुस्तक तथा हजाराैँ सर्जकहरूकाे सहभागिता हुनुले याे उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकाेमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खाेज अनुसन्धान र प्रवर्तन भएका विधाहरूलाई स्थापित गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
डा देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरू भन्दा पनि नेपालमा नै शुरुवात भएका माैलिक विधाहरूलाई नेपाली साहित्यले आफ्नाे विधाकाे रुपमा स्थापित गर्दै अब साहित्य आयात हैन निर्यात गर्नु पर्छ भन्ने कुरामा जाेड दिनु भएकाे थियाे ।

पदमा शर्मा आँचलले नेपालबाट शुरुवात भएकाे दुई हरफमा लेखिन टुक्का कविता भारत हुँदै विस्तारै संसार भरी नै फैलिन लागेकाेमा शुभकामना व्यक्त गर्दै हिन्दी तथा नेपाली भाषाका टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।

कार्यक्रमका सभापति, प्रमुख अतिथी, विशेष अतिथी, पुस्तकका सर्जक तथा प्रकाशहरूबाट क्रमश: ऐतिहासिक टुक्का यात्रा दाेस्राे संस्करण, व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रह, राजेन्द्र पासाकाे तरङ्गित छालहरू, म्यामराज राईकाे महक, पुष्पा राईकाे पुष्पाश्री, रामप्रसाद पुरीकाे टुक्का सुधा, भगवती दवाडीकाे बन्धन टुक्का कविता सङ्ग्रहका साथै नागेन्द्रप्रसाद यादवकाे अवधि भाषाकाे कविता सङ्ग्रह कथरीकाे पनि विमाेचन तथा समिक्षा गरिएकाे थियाे ।

टुक्का साहित्य समाजकाे तर्फबाट प्रमुख अतिथि विशिष्ट अतिथि तथा विशिष्ट व्यक्तित्वहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

अन्त्यमा, सभाध्यक्ष चापागाईँले नेपालमा नै प्रवर्तन भएका साहित्यिक विधाहरूलाई माया गर्न आव्हान गर्दै कार्यक्रम सफल बनाउन सहयाेग पुर्याउने संघसंस्थाहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत नेपाल तथा भारतबाट टुक्का कवितालाई माया गरेर पाल्नु भएका सबै साहित्य प्रेमी व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमकाे समान गर्नु भएकाे थियाे ।

Facebook Comments Box

Similar Posts