भदौ १२, काठमाडौँ । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ । महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी उनले नेपाली रैथाने खानाको प्रवद्र्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्नेमा समेत नागरिक चेतना जगाउँदै आएकी छिन् ।

भदौ २३ गते काठमाडौँमा हुने नेपानको २९औँ वार्षिक साधारणसभाको अवसरमा उनलाई उक्त पुरस्कार अर्पण गरिने अध्यक्ष डा. अनोज क्षेत्रीले बताए । उक्त पुरस्कारको राशि रु दस हजार र सम्मानपत्र रहेको छ ।

विसं २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपछि उनको स्मृतिमा बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राख्नुभएको र सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गरिँदै आइएको छ । यसअघि सो पुरस्कार सहप्राध्यापक गम्भीरबहादुर हाडा, द्वन्द्वविद् डा. विष्णुराज उप्रेती, प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मा, ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापा र डा. चण्डीप्रसाद चापागाईंलाई प्रदान गरिएको थियो ।

Facebook Comments Box

Similar Posts