भदौ २०, काठमाडौं । कवि तथा गीतकार सागर फुयालको गीत ‘तिमी र म’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको उक्त गीतको भिडियोको निर्देशन निकेश खड्काले गर्नुभएको हो भने सो भिडियोमा कुन्साङ्ग लामा र रेखा लिम्बुको अभिनय रहेको छ । गायक परियारको नै संगीतमा रहेको सो गीतको संगीत संयोजन शशांक सापकोटाले गर्नुभएको हो।

‘अँजुलीमा थाप्न पाए’ र ‘आफैलाई खोज्न मन छ’ नामक दुई वटा कविता संग्रह सार्वजनिक गरिसकेका फुयालको लोकप्रिय गीत ‘तिमी हौ सबथोक मेरो’ को म्युजिक भिडियो केहि समय अघि बजारमा आएको थियो ।

फुयाल शब्दाङ्कुर साहित्यप्रधान मासिकका सम्पादक समेत हुनुहुन्छ।

Facebook Comments Box

Similar Posts