मंसिर २६, काठमाडौँ । कवि एवं साहित्यकार प्रदीपरत्न शाक्यको कविताकृति ‘म सडकको प्रतिविम्ब’ लोकार्पण भएको छ । कृतिलाई कवि तुलसी दिवसले लोकार्पण गरेका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै कवि दिवसले कृतिभित्रका कवितामा कवि शाक्यको अनुभूति र भावना फरक रूपमा आएको उल्लेख गरे । कृतिमाथि कथाकार धु्रव मधिकर्मीले समीक्षात्मक मन्तव्य दिएका थिए ।

कार्यक्रममा कृतिकार शाक्यलगायत गोविन्दप्रसाद वेदमणि, भगतदास श्रेष्ठ, नरेशवीर शाक्य, नारद बज्राचार्य, विमल अर्याल र परशुराम पराशरले कृतिमाथि बोलेका थिए ।

नेपाली र नेपालभाषामा समेत कविता लेख्दै आएका शाक्यको सार्वजनिक कृतिमा ७६ वटा कविता समावेश छन् ।

Facebook Comments Box

Similar Posts