वैशाख ६, काठमाडौं । कथाकार श्यामप्रसाद श्रेष्ठद्वारा लिखित कथाकृति “कठै!”को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ कथाकार मधुवन पौडेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम राजधानीको पुतली सडक स्थित ग्रीनलिफ फुडमा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख वक्ता प्रा.डा. भरत कुमार भट्टराइले विमोचित कृति माथि समिक्षात्मक धारणा राख्नु हुदै कृतिमा समावेश कथाहरुमा पृथक स्वाद भेटिने हुनाले सबैका लागि पठनीय रहेको बताउनु भयो । उहाँले कथा भित्र विविध बिषय र सन्दर्भहरु उठान भएको चर्चा गर्नका साथै लेखन तथा प्रस्तुतिको दृष्टिले समेत कृति अबल रहेको थप्नुभयो ।
कार्यक्रममा साहित्यकार किशन पौडेलले कृतिका स्रष्टाको संक्षिप्त परिचय गर्नु हुँदै श्रष्टा श्रेष्ठका यस अघि नै दुई नाटक ,एक लघुकथा संग्रहको प्रकाशन भइसकेको स्मरण गराउनु भयो । उहाँले श्रेष्ठका लेख, मुक्तक र कविताहरु विभिन्न पत्र पत्रीकामा प्रकाशित हुँदै आएको समेत जानकारी गराउनु भएको थियो
कार्यक्रममा विशिष्ट अतिथी साहित्यकार भागिरथी श्रेष्ठ ,श्रीओम श्रेष्ठ‘’रोदन’’, डा शेखर कुमार श्रेष्ठले कथाकारको व्यक्तित्वको संक्षिप्त चर्चा गर्दै कृतिको सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरु मनीष कुमार शर्मा, दिपक लोहनी, कात्यायन, दिव्य गिरी, निर्मला बराल, ध्रुवराज थापा, शान्ता तिम्सिना, राजबाबु श्रेष्ठ सागर, रासा, सत्या अधिकारी बिमल कुमार ताम्राकार, प्राथना खनाल, महेन्द्र न्यौपाने, बिरेन मालाकार, प्रकाश सिलवाल, दिनेश शर्मा,श्रीराम पाण्डे, मिथिला अधिकारी, राजेशमान केसि, जुमन किरण लगायत ६० जना भन्दा वढी साहित्यकारहरुको उपस्थित रहेको थियो ।
आयोजक समाजका सचिव तथा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुकथाकार ध्रुबराज थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सुदिप हाडाले गर्नुभएको थियो ।