जेठ १०, काठमाडौं । शिक्षाविद् तथा साहित्यकार डा.सदानन्द कडेलका शैक्षिक आकाशका उज्ज्वल नक्षत्र र झुल्को आँखामा दुई कृति लोकार्पित भएका छन् ।

नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको आयोजनामा शनिबार राजधानीमा आयोजित भव्य कार्यक्रमविच डा.कडेलका दुई कृतिहरु प्रा.डा.सुरेशराज शर्मा,प्रा.डा.वासुदेव त्रिपाठी, केदारभक्त माथेमा,प्रा.डा.विद्यानाथ कोइराला,प्रा.डा.मनप्रसाद वाग्ले,बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,प्रा.डा.अन्जना भट्टराई,प्रा.डा.बालचन्द्र लुइटेल लगायतले लोकार्पण गरे ।

दुई कृतिमध्ये शैक्षिक आकाशका उज्ज्वल नक्षण जीवनी बिम्ब हो भने झुल्को आँखामा गीतसङ्ग्रह हो ।
उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.शर्मा, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.त्रिपाठी,त्रिविविका पूर्व उपकुलपति माथेमा,प्रा.डा.कोइराला,प्रा.डा वाग्ले लगायतले आआफ्ना अनुभवहरु सहित मन्तव्य व्यक्त गरे । कृतिबारे प्रा.डा. अन्जना भट्टराई तथा प्रा.डा. बालचन्द्र लुइटेलले प्रकाश पारे ।

स्रष्टा डा.कडेल,श्रीओम श्रेष्ठ रोदन,पवन आलोक समेतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम समाजका महासचिव देविका तिमिल्सिनाको सञ्चालन र कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

शिक्षा तथा साहित्यका मुर्धुन्य व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

शैक्षिक आकाशका उज्ज्वल नक्षत्रको प्रकाशन नेपाल स्रष्टा समाजले गरेको हो । अर्को कृति झल्को आँखामालाई इन्दिरा लामिछाने उपाध्यायले प्रकाशनमा ल्याउनुभएको हो ।

Facebook Comments Box

Similar Posts