असार ३२, काठमाण्डौ । रिच भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट साहित्यिक पत्रकार (कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रकाशक सम्पादक ) निबन्ध आचार्यको प्रस्तुति रहेको सन्देशमुलक साहित्यप्रदान चलचित्र अटिजम अब यु ट्युब च्यानलबाट प्रशारण हुने भएको छ । कपन बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सबको अवसर पारेर साउन ५ गते सोमबार २ बजे कपन बानेश्वर साहित्यिक च्यानलबाट सार्वजनिक हुने चलचित्र अटिजमका सह निर्देशक साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरले जानकारी दिनुभयो । चलचित्रमा विक्रम श्रेष्ठ सागरको अलावा साहित्यकारहरु गङ्गा पौडेल ,प्राडा रामप्रसाद ज्ञवाली,शङ्कर भारती,वेदमणी घिमिरे,विष्णुबहादुर सिंह ,प्रभा श्रेष्ठ ,रामकुमार पण्डित ,सुशीला पौडेल ,पुण्यराज पुडासैनी ,राजबाबु श्रेष्ठ सागर,विजय कट्टेल,माधवलाल श्रेष्ठ ,दिवाकर शाह लगायतको अभिनय रहेको छ । कथा/ निर्माण : निबन्ध आचार्य ,सङ्गीत/ निर्देशन :केशव सान्दाइ,पटकथा/ सम्बाद: विक्रम श्रेष्ठ सागर,नृत्य:दीपक तामाङ ,छायांकन :तिलक गौतम रहेको चलचित्र अटिजममा सुशील पोखरेल,शुष्मा कार्की,प्रतीक शर्मा,सृष्टि आचार्य,करुणा पोखरेल,मिठुकृष्ण श्रेष्ठ ,पुष्कर जङ्गम,सौरव ढकाल,श्रद्धा कोइराला र अटिजम भएका सम्मान आचार्य सहित पचास भन्दा बढी नयाँ पुराना कलाकारहरुको अभिनय रहेको छ ।अटिजमको सामान्य जानकारीका साथै युवाहरुको बिदेश पलायनलाई मुख्य बस्तु बनाएर निर्माण गरिएको चलचित्र अटिजम आफ्नै च्यानलबाट प्रशारण गरिएको हुदा सब्सक्राइब(Subscribe) गरिदिनुहुन सबै दर्शकलाई निर्देशक सान्दाइले आग्रह गर्नुभएको छ ।
Facebook Comments Box


