पोखरा । गजलकारका रुपमा परिचित दीपक समीपको मुक्तकसङ्ग्रहअक्षर अक्षरमा देशकोलोकार्पण साहित्यकारद्वय सरूभक्त र तीर्थ श्रेष्ठबाट गरियो । समीपले झन्डै २ दसकअघि भूगोलमा नोकोरिएको देश ल्याएका थिए । कृतिविमोचनपछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले ५० कै दशकमा पहिलोपटक कविका रुपमा दीपकलाई भेटेको स्मरण गरे । साहित्यकार सरूभक्तले गजलकारका रुपमा सशक्त उपस्थिति जनाइरहेका समीपको मुक्तककारका रुपमाभएको उपस्थिति आफूहरुका लागि सन्तोषको कुरो भएको बताए । उनले लेखक बन्नकृति प्रकाशनमा हतारिनेका बिच दीपक स्थापित लेखक भएको बताए ।
तीर्थ श्रेष्ठले २०३४÷३५ सालतिर पोखरेलीयुवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यव्रmम गरेको सम्झना गरे । उनले भने, ‘उनका मुक्तक सुनेरै हामीले मुक्तक कसरी लेख्ने र कसरी वाचनगर्ने भन्ने कुरा सिक्यौँ ।’ कविश्रेष्ठले मुक्तक लेखन सिन्धुलाई विन्दुमा अटाउनु जत्तिकै कठिन कार्य भएको विचार राखे । ‘मुक्तक लेख्नु भनेको चौतारीमा बसेर गफ गरेजस्तो होइन ।’उनले भने, ‘छोटो लेख्नु भनेको कठिन कुरा हो ।’ उनले मुक्तक लेखन चौतारीमा बसेर बात मारे जस्तो नभएको प्रमाण दीपकको मुक्तक सञ्चयन रहेको धारणा राखे । कवि रमेश श्रेष्ठले दीपकलाई अक्षर जन्माउन सक्ने मस्तिष्क भएका स्रष्टाका रुपमा चिनाए ।गजल सञ्चयनप्रकाशनको लामो समयपछि मुक्तकसङ्ग्रह लिएर आएका स्रष्टा समीपले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेर अग्रजले देखाएको बाटोमा अनुजसँग हातेमालो गरेर हिँड्न चाहेको धारणा राखे । डा. ईश्वरमणि अधिकारीले स्रष्टा चिनारी राख्दै दीपकलाई समकालीन साहित्यमा दीपक भएर बलिरहेको जिकिर गरे । कृति समीक्षा गर्दै नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष सञ्जीवपौडेलले समीपलाई समसामयिक विषयचेतका स्रष्टाका रुपमा चिनाउँदै देशको समसामयिक परिवेश नै उनकामुक्तककाविषय रहेको बताए । समीपकामुक्तकमा खास गरी ५ थरी विषय समेटिएको जानकारी उनले दिए । उनले मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समीपको मुक्तकका विशेषता रहेको सुनाए । ‘वर्तमान राजनीतिक परिदृश्यप्रतिव्यङ्ग्य उनकामुक्तकमा छन् ।’ पौडेलले भने, ‘नेता नाङ्गै सत्ताको भ¥याङ चढ्छ र मुक्तककार ठाउँको ठाउँ विद्रोह बोल्छ ।’ पौडेलले मुक्तककार समीपले यथार्थको परिदृश्य मात्रै नदेखाई खबरदारी पनि गरेको सुनाए । कार्यव्रmममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’, रीता अधिकारी, अर्जुन अधिकारीलगायतले बोलेका थिए ।
Facebook Comments Box