फागुन १४,  सिड्नी  । अष्ट्रेलिया स्थित  सिड्नीमा बिगत पांच बर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास “बिषाणु ऋ” को सिड्नी मा हिजो २५ फेब्रुअरी , २०२४ मा , म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ। ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो कार्यक्रम मा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन बिश्वबिद्यालय नेपाली भाषाकि प्राध्यापक गार्गी शर्माले संयुक्त रुपमा पुस्तक को लोकार्पण गर्नु भएको थियो ।

“बिषाणु ऋ “भित्र रहेका बिषयबस्तु माथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसंग लेखक सानु घिमिरेले आधा घण्टा लामो पुस्तक वार्ता गरेको थिईन्, जसमा पुस्तक भित्रका बिभिन्न घटनाक्रमहरु , लैगिंक चेतका कुराहरु र समग्रमा लेखकको भनाइ र दृष्टिकोण  प्रस्तुत भएको थियो ।

पुस्तक माथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृष्ट  नमुना भएको बताउँदै पुस्तक भित्र प्रस्तुत भएको मनोबैज्ञानिक पक्ष , साइकोथेरापीको प्रयोग देखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास “शिरिषको फूल” को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सिड्नीका अधिकांश लेखक तथा साहित्यप्रेमी उपस्थित भएको सो कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) अष्ट्रेलियाकी निवर्तमान अध्यक्ष ममता तिवारी, अष्ट्रेलियन भुटानी एसोसिएसनका सल्लाहकार  तथा भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगेल, गजलकार ज्ञानुवाकर पौडेल तथा पूर्व प्राध्यापक गार्गी शर्माले लेखक प्रज्ञा पनेरु तथा उनको कृति बिषाणु ऋलाई  शुभकामना दिनु भएको थियो ।

सभापति,  प्रमुख अतिथी र बिशेष अतिथी बिना अर्ध औपचारिक रुपमा सम्पन्न  भएको सो कार्यक्रमलाइ नारिनिकुंज अस्ट्रेलियाकी पूर्व अधक्ष्य तथा लेखक प्रतिज्ञा अधिकारीले संचालन गर्नु भएको थियो ।

Facebook Comments Box

Similar Posts