शब्दाङ्कुर साहित्यप्रधान मासिक प्रकाशनको २१ वर्ष पूरा भई २२ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्रतियोगितात्मक कथा प्रतियोगिताको आयोजना गरिएको हुँदा निम्नलिखित प्रावधानहरु पूरा गरी भाग लिनुहुन सम्पूर्ण कथाकारमा हार्दिक अनुरोध गर्दछौँ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कथालाई प्रमाणपत्रसहित निम्नअनुसार पुरस्कृत गरिने छ:
प्रथम पुरस्कार: नगद रू. दश हजार
द्वितीय पुरस्कार: नगद रू. छ हजार
तृतीय पुरस्कार:  नगद रू. पाँच हजार
१. कथा नेपाली भाषामा लेखिएको मौलिक हुनुपर्ने छ ।
२. कथा अन्यत्र अप्रकाशित हुनुपर्ने छ । प्रकाशित कथा भुलवश पुरस्कृत भए प्रतियोगितामा समावेश गरिने छैन ।
३. कथा तीन हजार शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ ।
४. कथा प्रिती फन्ट/युनिकोडमा टाइप गरेर इमेलमार्फत पठाउनुपर्ने छ ।
५. कथाको सिरानमा कथा प्रतियोगिताका लागि भनी लेखिएको हुनुपर्ने छ ।
६. कथाकारको सङ्क्षिप्त परिचय पठाउनुपर्ने छ ।
७. कथाकारको डिजिटल फोटो पनि पठाउनुपर्ने छ ।
८. उत्कृष्ट कथाहरुलाई शब्दाङ्कुरमा प्रकाशन गरिने छ ।
९. कथा प्रतियोगितासम्बन्धी निर्णय गर्ने अधिकार शब्दाङ्कुरमा निहित रहने छ ।
१०. कथा पठाउनुपर्ने समयसीमा: २०७९ पुस मसान्तसम्म
११. कथा पठाउने इमेल: sabdankur@mail.com

Facebook Comments Box

Similar Posts