१७ मङ्सिर, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १४३ औँ आख्यानवाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यको प्रमुख आतिथ्य रहेको थियो भने अतिथिमा सल्लाहकार कणाद महर्षि हुनुहुन्थ्यो । प्रतिष्ठानका सदस्य मेनका पोखरेल आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको सो कथावाचन कार्यक्रममा कणाद महर्षि, रमेश भट्टराई पुजारी, सुरेश सुवेदी, प्रमोद प्याकुरेललगायतले कथावाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।
Facebook Comments Box