९ चैत्र, काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले आज काठमाडौ बानेश्वरमा रत्न पुस्तकालयको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण ,पुस्तक विमर्श ,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी सम्पन्न गरेको छ ।

डा.दामोदर पुडासैनी किशोरको प्रमुख आतिथ्यता र सरस्वती गौतम समृद्धिको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन राजन प्रसाद न्यौपाने र गीता अर्यालले गरेका थिए । संस्थाका प्रमुख संरक्षक पुष्प रन्जित ,कृतिकारद्व्य इन्द्रकुमार श्रेष्ठ सरित र छवि बैरागी,उप प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, प्राज्ञ चेतनाथ धमला, लोकमणि पौडेल ,चन्द्र श्री कार्की,गोपिकृष्ण प्रसाई,बिजयध्वज थापा,सुरेश वैध ,सुशील रिजाल,गणेश बाबु अधिकारी,राजेन्द्र बज्राचार्य ,मधुसुदन प्रसाद अधिकारी ,दुर्गा अधिकारी,निर्मलरमण पराजुली ,तिलक लुइँटेल,महेश रिजाल ,मणिराज सिंह लगायत अतिथि भएको उक्त समारोहमा अतिथि स्वागत बिद्या अनामिका तिवारीले गर्नु भएको थियो ।
कार्यक्रममा इन्द्रकुमार श्रेष्ठ सरित कृत तिन बालकृतिहरु बाटुली,मेरी छोरी मान्या र जूनतारा लोकार्पण गरिएको थियो भने कृति समिक्षा ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको थियो । आफ्नो साहित्यिक यात्रा र विमोचित कृति बारे स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरितले आफ्नो धारणा राख्नु भएको थियो ।

त्यसैगरी कवि छवि वैरागी घिमिरेकृत कृति किनारीकृत माइली माथि बिमर्श र पाठक प्रतिक्रिया पनि गरिएको छ । कृति माथि समिक्षा राजन न्यौपाने र लोकमणि पौडेलले गर्नु भएको उक्त कार्यक्रममा तिन दर्जन सर्जकहरुले रचना वाचन गर्नु भएको थियो । सोहि समारोहमा स्रस्टाहरुको सम्मान पनि संस्थाले गरेको थियो । सम्मानित हुने स्रस्टाहरुमा- इन्द्रकुमार श्रेष्ठ सरित्, संरक्षकहरु पुष्प रन्जित र डा दामोदर पुडासैनी ,समिक्षक ज्ञाननिष्ठ ज्ञावली र लोकमणि पौडेल ,कृतिकार छवि बैरागी घिमिरे तथा स्रस्टाहरु रोमा लम्साल, एम. पि. पाण्डे र लिलाधर पाण्डे (अनुपस्थित )हुनुहुन्थ्यो ।

Facebook Comments Box

Similar Posts