माघ १२, काभ्रे । नालाको ब्रह्म पार्कमा हरियालीको काखमा आयोजित ‘भुइँमान्छे विशेष’ कविता वाचन कार्यक्रममा २६ जना कविहरूले आ-आफ्ना सिर्जनाहरू प्रस्तुत गरे । वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकको संयुक्त प्रयासमा सम्पन्न कार्यक्रममा, नेपाली कवितामार्फत् भुइँमान्छेका आवाज प्रस्तुत गरे । कार्यक्रममा सहभागी भएका कविहरूमा मोहन दुवाल, केशव सिलवाल, भीष्म उप्रेती, हरिहर तिमिल्सिना, पुरूषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, प्रोल्लास सिन्धुलिय, अभय श्रेष्ठ, रामसुन्दर देउजा, सुमन संगम, शैलेन्द्र साकार, केशव ज्ञवाली, लक्ष्मी थापा, रमेशप्रसाद सागर, नवराज दाहाल, दियेशरत्न शाक्य, सन्तोष पौडेल, शारदा घिमिरे भैल, टेकेन्द्रराज चेम्जोङ, प्रमोद सारङ्ग, चन्द्रबहादुर लामा, छबि श्रेष्ठ, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, रमी प्रिया, र सञ्जय सुमन थिए । कविहरूले आफ्ना कवितामार्फत शब्दको शक्ति– मानिसलाई जोड्ने, प्रेरित गर्ने र भुइँमान्छेहरूलाई उचाइ दिने शक्ति–लाई प्रस्तुत गरे । कार्यक्रमको मुख्य आकर्षण शब्दांकुर मासिक को अघिल्लो अंक “छोटा कविता विशेष” को विमोचन थियो । कार्यक्रमको उद्घोषण कवि विश्व सिग्देलले गरेका थिए । उनका अनुसार यस्ता कार्यक्रमले सिर्जनशीलताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले यसअघि दुईवटा यस्तै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै यस्ता प्रयासले जनमानसमा साहित्यिक चेतनाको विस्तार हुने विश्वास व्यक्त गरे
Facebook Comments Box