चैत्र १८, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १४७ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुुनुहुन्थ्यो भने अतिथिहरुमा प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि, कथाकार रमेशजङ्ग थापा, नियात्राकार महेन्द्र चालिसे र समाजसेवी उद्धव रायामाझी हुनुहुन्थ्यो । प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको यस कार्यक्रममा ११ जना कथाकारहरुले कथा वाचन गर्नुभएको थियो । ३० जनको उपस्थितिमा कथावाचन गर्नेहरुमा सुशील आचार्य, शारदा पराजुली, पवित्रा पौडेल, रमेशजङ्ग थापा, विश्व कुइँकेल, लक्ष्मण खतिवडा, अच्युत चालिसे, महेन्द्र चालिसे, गोविन्द घिमिरे वेदमणि, परशुराम पराशर र कणाद महर्षि हुनुहुन्थ्यो ।
दिउँसो १ बजे सञ्चालन भएको यो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो भने वाचित कथाहरुको समीक्षा उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

Facebook Comments Box

Similar Posts