मंसीर २७, काठमाडौं । निबन्धको सयात्रा उपविधामा कलम चलाउँदै आएका सर्जक हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिँदा’ लोकार्पण गरिएको छ ।

काठमाडौंमा बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पण गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सयात्रा लेखनमा थापा हालसम्म एक्लै रहेको बताए । उनले यसको सिद्धान्त निर्माणका लागि अन्य लेखकहरूले पनि सयात्रामा कलम चलाउनु पर्ने बताए ।

समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिबारे बोल्दै सयात्रा भनिए पनि यो नियात्रा झैँ लाग्ने उल्लेख गरे । उनले सर्जक थापाले सुरु गरेको यस उपविधामा नियात्राभन्दा केही पृथक तत्व र संरचना देखिनु पर्नेमा जोड दिए । उनले कृति सुन्दर बनेको र यसमा अमेरिकामा बस्ने नेपालीको पीडा अभिव्यक्त भएको बताए ।कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, कृतिकार थापा, पवन आलोक, मधु पाठक र देविका तिमिल्सिनाले सयात्राबारे आफ्नो अवधारणा राखे ।

यसअघि दुई सयात्रा पुस्तक प्रकाशित गरिसकेका थापाको यो आठौँ कृति हो ।

Facebook Comments Box

Similar Posts