भदौ १२, काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधीसहित सम्मान गरिएको हो ।

समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोको उपाधि प्रदान गरेको थियो । महासंघले यसलाई अनुमोदन गरेको हो ।

सम्मान ग्रहण गर्दैं डा गुरुङले ७७ बर्ष पछि पुन न्वरान गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गरे । उनले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताए । ‘विश्व हिन्दु महासंघले ७७ वर्ष पछि पुन न्वारान गरिदिएको छ । अब बाँकी जीवन सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लागाउने छु’ उनले भने ।

उनले धर्म संस्कृतिको व्याख्या विश्लेषण र सहित राष्ट्रको हितका लागि लाग्ने बताए । डा. गुरुङले नेपालको सदभाव कायम राख्न र्याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको बताए। नेपाल अध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचत भएको भन्दैं त्यसको अध्ययनमा लागउन सुझाव दिए ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जबराले माता सीता र वुद्धको देश भएको भन्दै नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने बताए । धार्मिक रुपमा एकता भौगोलीक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुस खोरीले दुसीत पार्न खोजेको भन्दैं आक्रोश व्यक्त गरे । । उनले भने,‘मेरै कलिकस्स भनौं ठूला पार्टीले भष्ट्राचार र घुस खोरीले दुशीत बनाएका छन् । तर माता सिता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन ।‘’

सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न सबै लाग्नुपर्ने धारणा राखे । रानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी गर्नुपर्ने बताए।

उनले भने,‘गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैँन, पहिला उनीहरुले माफी माग्नुपर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नु पर्छ । ’ नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाए ।

भदौ १३, पोखरा । पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। नेवाःखल कास्कीको आह्वान तथा रानीपौवा तायाःमचा नाच समिति पोखरा–११ को आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

तायाःमचा नाचको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि भन्दै हरेकवर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यो वर्ष शनिबार रानीपौवामा आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन। ‘उद्घाटन लगत्तै प्रतियोगिता शुरु हुन्छ,’ कार्यक्रम संयोजक ईश्वर कर्माचार्यले भने। उनका अनुसार प्रतियोगितामा ३३ वटा टीम सहभागि हुने उनले बताए। उनका अनुसार पुरुष २४ र महिला ९ गरेर ३३ वटा टीमले सहभागिता जनाउनेछन्।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एकवर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भन्ने गरिएको हो। गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्ने गरेको बताए। ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने। कास्कीमा अब ४ वटा कचाः खलले मात्र नाच निकाल्न बाँकी रहेको उनले बताए। उनले तायाःमचा नाचप्रति पर्यटकको आकर्षण बढ्दै गएको बताए। ‘पर्यटकको बसाई ४ दिनबाट डेढ दिनमा झर्यो भन्ने रिपोर्ट आएको छ,’ उनले भने, ‘पर्यटकको बसाई लम्ब्याउन पनि तायाःमचाले भूमिका खेल्न सक्छ।’

यसवर्षको प्रतियोगिताको पुरुषतर्फको बिजेताले ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ र तृतीय हुनेले १ लाख १ रुपैयाँ तथा सान्त्वना हुने एक टीमलाई ३० हजार रुपैयाँ प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले जानकारी दिए। उनका अनुसार महिलातर्फको उपाधि बिजेतालाई ४० हजार र द्वितीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ।

Facebook Comments Box

Similar Posts