भदौ ६, काठमाडौं । नेपाल सरकारले गायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिइन् ।
जेबी टुहुरेको निधन भएको दुई वर्षपछि सरकारले उक्त उपाधि प्रदान गरेको हो । सयौं जनवादी गीत गाएका उनको २०७८ साल भदौ १० गते ७८ वर्षको उमेरमा निधन भएको थियो । उनी संविधानसभाका पूर्वसभासद पनि हुन् ।