भदौ १६, भक्तपुर । लेखक तथा साहित्यकार सुरेन्द्रलाल भुजूको लघुकथा संग्रह “एक मुठ्ठी माटो” लोकार्पण भएको छ ।
भक्तपुर स्थित भक्तपुर पार्टी भेन्युमा आयोजित एक कार्यक्रममा रङ्गकर्मी एवम् साहित्यकार किशोर पहाडीले सो संग्रह लोकार्पण गर्नु भएको हो ।

लोकार्पण कार्यक्रममा सिर्जना अभियानका सचिव ध्रुव मधिकर्मीले स्वागत मन्तव्य गर्नु भएको थियो । उक्त कार्यक्रममा सार्वजनिक कृति माथि डा. हिमलाल श्रेष्ठ र डा शेखरकुमार श्रेष्ठले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कवि एवं सञ्चारकर्मी रामगोपाल आशुतोषले कृतिभित्रको ” भाइरल” शिर्षकको कथा वाचन गर्नु भएको थियो भने लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइरालाले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम सञ्चालन महेन्द्र गोपाल कर्माचार्यले गर्नु भएको थियो ।

सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रसिद्ध साहित्यकार तथा कलाकारहरू महेश प्रसाईं ,रत्न प्रजापति, धीरकुमार श्रेष्ठ, बागजु कृष्णप्रसाद, श्याम आशा, हरि थापा, हरिबहादुर थापा, मञ्जु ज्ञवाली आदिको उपस्थिति रहेको थियो।

Facebook Comments Box

Similar Posts