भदौ १७, भक्तपुर — चक्रपाणि स्मारक प्रतिष्ठानको पहिलो साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक भएको छ । प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमाल निभाले भक्तपुर कला संस्कृतिको केन्द्रमात्र नभएर साहित्य र सभ्य राजनीतिको केन्द्रसमेत भएको बताए ।

प्रतिष्ठानका सदस्यसचिव एवं कार्यकारी सम्पादक रामगोपाल आशुतोषद्वारा सम्पादित ‘चक्रपाणि’ साहित्यिक पत्रिकामाथि लेखक एवं समालोचकद्वय विन्दु शर्मा र महेश पौड्यालले टिप्पणी राखेका थिए । शर्माले पत्रिकाका सामग्री समावेशी र उत्कृष्ट भएको बताउँदै अझै स्तरीय बनाउन सुझाव दिइन् ।

अर्का समालोचक पौड्यालले सामग्रीमा विविधता भए पनि लेखहरू उस्तै-उस्तै खालका भएकाले आउँदा अंकमा सुधार गर्न सुझाव दिए ।

कार्यक्रममा राधिका कल्पित, कञ्चन गजमेर, प्रजेश खड्का, रमि प्रिया, पञ्चकुमारी, रचना मोक्तान, सामना पहाड, शान्तिराम भट्टराई, कृष्ण बाउसे, सुमित्रा सुमिलगायत २४ कविले कविता वाचन गरेका थिए ।

Facebook Comments Box

Similar Posts