असोज १९, काठमाडौँ । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८० रचना साहित्यिक पत्रिकाका प्रधानसम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको छ । पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा शुक्रबार भक्तपुरमा आयोजित एक समारोह बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही विशिष्ट योगदान दिएको भन्दै घिमिरेलाई पुरस्कार अर्पण गरिएको पुरस्कारको राशी नगद १ लाख रुपैया रहेको छ । सोही अवसरमा स्रष्टा गुणराज काफ्ले ‘शाण्डिल्य’ लाई नगद ५० हजार सहित कदरपत्र प्रदान गरियो । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरले निर्भिक पत्रकार गौतम नेपाली पत्रकारिताका अमूल्य रत्न भएको बताए । सोही अवसरमा ‘देवेन्द्र गौतम स्मृतिमा’ र गौतमकृत डायरी ‘आकाश पाताल’ चिनियाँ अनुवाद ‘काउन्टर इन्भेस्टिगेशनको लोर्कापण गरिएको थियो ।