असोज १८, काठमाडौँ — यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । बिहीबार रोयल स्विडिस एकेडेमीले एक समारोहबीच यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो ।

एकेडेमीले लेखक फसलाई ‘नभनिएका वा भन्न नसकिने कुरालाई प्रयोगात्मक नाटक तथा गद्यबाट आवाज’ दिएका कारण नोबेल साहित्य पुरस्कार दिइएको जनाएको छ ।एकेडेमीका अनुसार फसको शैलीलाई ‘फस मिनिमलिज्म’ भनेर समेत चिनिने गरेको छ ।’ वेकफुलनेस’, ‘मेलांकोलिया’, ‘मेलांकोली’, ‘सेप्टोलोजी’ लगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ, ‘योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ ।’

नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले लेखकीय साहसका लागि अर्नोलाई साहित्य पुरस्कार दिएको बताएको थियो ।

Facebook Comments Box

Similar Posts