असोज २७, भरतपुर । यस वर्षको द्वारिका नेपाल गजल स्मृति पुरस्कार चितवन रत्ननगरका गजलकार कमल अर्यालले पाएका छन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशि २५ हजार रूपैयाँ छ । गजल मञ्च चितवनले मञ्चका अध्यक्ष रहेका बेलामा नै दुई वर्षअघि निधन भएका द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको हो ।
मञ्चले गत वर्षदेखि उक्त पुरस्कार दिन सुरू गरेको हो । गत वर्ष गजलकार मुक्त उदासले उक्त पुरस्कार पाएका थिए ।
पुरस्कृत गजलकार अर्यालका गजलसम्बन्धी चारवटा संयुक्त कृति प्रकाशित छन् । तीनवटा एकल गजलसंग्रह र एउटा नियात्रासंग्रह पनि उनले प्रकाशन गरेको पुरस्कार वितरण कार्यक्रममा जानकारी दिएका छन् ।