मंसीर ४, काठमाडौं । यशस्वी प्रज्ञा प्रतिष्ठानले साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट सम्मान गरेको छ । आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाली वांगमयका विशिष्ट विद्वान प्राडा वासुदेव त्रिपाठीले अवार्ड प्रेरणालाई समर्पण गरे । कार्यक्रममा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले फूलमालाले सम्मानित गरेकी थिइन् ।

त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उनको बहुआयामिक प्रतिभाको प्रशंसा गरेका थिए । कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ती विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाई जानकारी गराउनु सक्नु प्रेरणाको विशेषता रहेको बताए ।

समालोचक  ज्ञानु अधिकारीले ‘सुश्री पारिजात’ पुस्तक र सर्जक प्रेरणाको बारेमा  समीक्षात्मक टिप्पणी गर्दै जीवनी लेखनमा मौलिक शैली रहेको चर्चा गरिन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा गोविन्द गिरीको संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै उनको लेखन यात्राका बारेमा बोलेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टा प्रेरणाले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै यशस्वी पुस्तक अवार्ड प्राप्त पुस्तक ‘सुश्री पारिजात’ लेख्न सुरू गर्दादेखिको सुख दुःख तथा आत्म सन्तुष्टिका बारेमा चर्चा  गरेका थिए ।

Facebook Comments Box

Similar Posts