काठमाडौं, ११ असार । सेन्टेनिअल मा.वि. र कुटुम्ब कलेज, जोरपाटीको आयोजनामा ११५ औँ घुम्ती कविगोष्ठी सम्पन्न भयो । कवि सुशील आचार्यको संयोजनमा भएको सो कार्यक्रममा कलेजका प्राचार्य आशिष आचार्यले सभापतिको आसन ग्रहण गरेका थिए । वरिष्ठ कवि वेदमणि घिमिरे प्रमुख अतिथि हुनुभएको सो कार्यक्रममा अर्का वरिष्ठ कवि कणाद महर्षि विशिष्ट अतिथि थिए । रमेशजङ्ग थापा, पवन बुढाथोकी, मोतीराम फुयाँल, रामचन्द्र दाहाल, नारायण नेपाल, विन्दु अधिकारी ढकाल लगायतले अतिथिको आशन ग्रहण गरेका थिए ।
कार्यक्रममा कविता, मुक्तक, सुशेली, गजल वाचन भएका थिए । रचना वाचन गर्ने कविहरूमाः सुमित्रा श्रेष्ठ, माधवलाल श्रेष्ठ, भोलानाथ सुवेदी, सुशील आचार्य, डोरबहादुर के.सी., घनश्याम प्रसाईँ, शिवराम घिमिरे, ओमप्रसाद कोइराला, रामकुमार पण्डित क्षेत्री, रामचन्द्र दाहाल, पवन बुढाथोकी, सङ्गीता ढुङ्गाना दाहाल, विन्दु अधिकारी ढकाल, नारायण नेपाल, रमेशजङ्ग थापा, कणाद महर्षि, आशिष आचार्य र वेदमणि घिमिरे थिए । कणाद महर्षिले कविता लेख्नलाई अध्ययन, अनुभूति, अनुभव अभ्यास आदि पाँच “अ” मा ध्यान दिनुपर्ने कुरा मन्तव्यको क्रममा बताए भने प्रमुख अतिथिय मन्तव्यको साथै वाचित कविताहरूप्रति सारगर्वित टिप्पणी गर्दै वेदमणि घिमिरेले नौ रसलाई ध्यान दिएर कविता रच्नुपर्ने तथा नयाँ पुस्तालाई लेख्नलाई प्रेरणा दिनुपर्ने बताउनु भयो । कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्षले स्वागत गरेका थिए भने पूर्व अध्यक्ष रामचन्द्र दाहालले धन्यवादज्ञापन र अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले उद्घोषण गरेका थिए ।
Facebook Comments Box