मंसिर १७, काठमाडौँ । जननेत्र पुस्तकालयले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

दक्षिणकाली नगरपालिका-६, को छुटोलमा आयोजित सो कार्यक्रम दक्षिणकाली नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवम् नगरपालिका उप्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा किशोर पहाडी, महेश प्रसाई, सुनील पुरी, जयदेव भट्टराई, डा. विष्णु राई, डा. शान्तिमाया गिरी, मुरारि सिग्देल, शेखर अर्याल, सुशीला प्रधानाङ्ग, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल, विजयकुमार महर्जन, सुरेश बस्याल, तुषार अधिकारी, विश्वनाथ अर्याल, सरिता बलामी, आवेश मिश्र, सविता केसी, शशिराज अर्याल, अप्सरा भुर्तेल लगायतले कविता वाचन गरेका थिए।

कार्यक्रममा कथा, कविता, नाटक, निबन्ध, समालोचना र अन्य गरी एक लाख रुपैयाँ बराबरको २९० खालका किताब सङ्कलन भएको थियो। कार्यक्रममा सुनील पुरीले नेपालकै सबभन्दा सानो हाइकुसंग्रह गाभा पनि प्रदान गरेका थिए।

दक्षिणकाली नगरपालिका वडा नं ६ का वडाध्यक्ष शैलेश मानन्धरले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिको स्वागत गर्दै जननेत्र पुस्तकालयलाई नगर पुस्तकालय बनाउन लागिपर्ने बताए।

जननेत्र पुस्तकालयका अध्यक्ष जयराम घिमिरेको अध्यक्षता तथा अप्सरा भुर्तेलले सञ्चालन गरेकाे उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार किशोर पहाडीले जननेत्र पुस्तकालयले नै आफूलाई साहित्य सिर्जनामा लाग्न प्रेरित गरेको बताए।

त्यस्तै डा. शेखरकुमार श्रेष्ठले नगर पुस्तकालय बनाउन नगरपालिकादेखि सबै स्थानीय लाग्नुपर्ने धारणा राखेका थिए।

त्यसै गरी कार्यक्रममा उपस्थित कविहरूले आफूसँग किताब हुनेबित्तिकै जननेत्रलाई प्रदान गर्ने गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वसन्ती तामाङ डङ्गोलले विगतझैं जननेत्र पुस्तकालयलाई नगर पुस्तकालय बनाउन पहल गर्ने धारणा राखेकी थिइन्।

कार्यक्रममा सुशान्त केसी, उज्वलकुमार श्रेष्ठ, रामराजा केसी, पूर्णमान बलामी, श्रीकृष्ण बलामी, सिद्धिभक्त श्रेष्ठ, शर्मिला बलामी, भगवती तसेजु, डा. नवीन अर्याल लगायत सुसेली साहित्यिक प्रतिष्ठान, जननेत्र पुस्तकालयको सदस्यहरू एवम् स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box

Similar Posts