काठमाडौं, १८ माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनएसडब्ल्यु च्याप्टरको छैटौं अधिवेशनको अवसरमा यही मिति ३ फेब्रुअरी २०२४ मा सिड्नीमा स्रष्टा ममता तिवारीको कविता संग्रह ‘समयको छाल’को लोकार्पण हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनएसडब्ल्यु च्याप्टरको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ बजेदेखि २:३० बजेसम्म सिड्नीको फ्रेडरिक स्ट्रिटस्थित झरना फंक्सन सेन्टरमा संचालन हुनेछ ।
साहित्यकार तिवारीको कविता संग्रह ‘जीवनको तरंग’ यस अघि नै सार्वजनिक भइसकेको छ ।