माघ २२, काठमाडौं । साहित्यिक पत्रकार संघले कविताका क्षेत्रमा चर्चित व्यक्तित्वहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।

सोमबार अनामनगरमा आयोजित कार्यक्रममा संघले क्रमशः २०७५, २०७७ र २०७९ सालको ‘व्यथित काव्य सम्मान’ प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि कविवर बैरागी काँइलाले कविहरूलाई सम्मानित गरे । कार्यक्रममा सम्मानित तीन कविहरूको परिचय प्रा. डा. लक्ष्मणप्रसाद गौतमले दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि काँइलाकासाथै राधेश्याम लेकाली, श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले बोलेका थिए ।

Facebook Comments Box

Similar Posts