भदौ २५, काठमाडौँ — कलाकार खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ लोकार्पण भएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो ।

कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’का लेखक एवम् निर्देशक खगेन्द्र लामिछानेलगायतले पुस्तकको संयुक्त लोकार्पण गरे ।

कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् ।

चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानीसिंहको भनाइ छ ।

वरिष्ठ कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले जनाए ।

‘पानीफोटो’ ले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरुलाई ग्य्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भने । चलचित्र बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो अवश्य पढ्नुपर्नेमा उनले जोड दिए ।

Facebook Comments Box

Similar Posts