चैत्र १८, काठमाडौँ । भुँडीपुराण प्रकाशन प्रा. लि. का अध्यक्ष केशवप्रसाद पराजुलीको अध्यक्षता, लिभरपुल युनिभरसिटी हस्पिटल, युकेका प्राध्यापक डा. शम्भू आचार्यको प्रमुख आतिथ्य र राजेश खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृष्ण बजगाईको लघुकथासङ्ग्रह ‘नग्न स्वप्न’ र नियात्रासङ्ग्रह ‘युङफ्राउ’ लोकार्पण गरियो । प्रा. डा. फणीन्दराज निरौला र श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथासङ्ग्रह उपर एवम् प्रा. डा.  लक्ष्मणप्रसाद गौतम र डा. लेखप्रसाद निरौलाले नियात्रासङ्ग्रह उपर समीक्षात्मक मन्तव्य व्यक्त गरे । प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले स्रष्टालाई शुभकामना व्यक्त गरे । समीक्षकहरुले बजगाईंको लेखनमा नौलोपन, पृथकता, खोजपरकता, दृष्टिकोणमा तीक्ष्णता र प्रस्तुतिमा नवीनता रहेको विचार व्यक्त गरे । बजगाईं स्वयंले भने सबैलाई धन्यवाद ज्ञापन गरे ।

Facebook Comments Box

Similar Posts