असार ८, काठमाडौं । आज संघीय राजधानीस्थित पुतली सडकको सहारा क्याफेमा भएको भब्य कार्यक्रममा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह ” एकमुठी घाम” को प्रतिनिधिसभाका सांसद एवम् पूर्ममन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले विमोचन गर्नुभयो ।
विमोचनपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरित् का रचनाहरु फुटकर रुपमै भए पनि आफूले प्रसस्त अध्ययन गदैॅ आएको र आज विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवल रुपमा रहेको बताउँदै आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
साहित्यकार दील पौडेलको सभापतित्वमा भएको उक्त विमोचन एवम् विमर्श कार्यक्रममा मन्तब्य व्यक्त गर्नेहरुमा प्रा.डा. गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्ट रहेका थिए । आफ्नो मन्तव्यको क्रममा प्रा.डा. पौडेलले विमोचित कृतिका स्रष्टा ‘सरित्’ बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको र उनी विशेषत नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताए । अन्य वक्ताहरुले पनि सरित् को करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पार्दै विमोचित कृतिले वतॅमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गरेका थिए ।
विमोचित कृति ” एक मुठी घाम ” लघुकथाका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयमले पनि आफ्नो साहित्यीक यात्रा र उक्त कृति तयार पार्दाको आफ्नो अनुभव साझा गरेका थिए
र्कायक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रवन्ध निर्देशक एवम् पत्रकार शिव विक मिलनले स्वागत मन्तव्य राखेका थिए भने साहित्यकार अच्युत घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् को बहुआयामिक ब्यक्तित्वको बारेमा प्रकाश पार्दै प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।
कार्यक्रममा विशिष्ट स्रष्टाहरु डा .छायादत्त नेउपाने, डा अर्पणा पोखरेल, त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, बोधराज पौडेल, श्रीराम राई, राजन नेउपाने, वसन्तराज अज्ञात, संगीता पनेरु आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् लाई “सुभाना आख्यान सम्मान- २०८१” बाट सम्मानित गरिएको थियो ।