बैशाख ३०, सिड्नी । आदिकवी भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीको अवसरमा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले विशेष साहित्यिक एवं सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । यहि जेठ २ गते बुधबारका दिन सिड्नी स्थित रातोघर, १२ गुड स्ट्रिट ग्राण्डभिल हुन गइरहेको उक्त कार्यक्रममा साहित्यिक विमर्श, साहित्यिक लेखन प्रतियोगिता साथै भानुभक्त पुरस्कार-२०२४ बाट समान गरिने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा आफ्ना मातृभाषामा सिर्जना गरिएका कविता, कथा, मुक्तक, टुक्का आदि सहभागी हुन सक्ने बताइएको छ भने उक्त अवसरमा कला, संस्कृति तथा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउदै आएका व्यक्तित्वलाई भानुभक्त पुरस्कार-२०२४ ले सम्मान गरिने भएको हो ।
Facebook Comments Box