असार २१, काठमाडौं । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सुकन्या वाइवा र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ भूपाल बस्नेतलाई प्रदान गरेको छ । राजधानी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त सम्मान कार्यक्रममा वाइवालाई नगद राशि २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार एक रुपैयाँ प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेले सर्जकहरूलाई पुरस्कृत गर्नका साथै  योगमायाको व्यक्तित्वको चर्चा गर्नुभएको थियो । उहाँले योगमाया  निष्ठा र त्याग अर्को रुप भएको समेत बताउनु भयो । साहित्यकार श्रीओम रोदनले योगमायाले पुर्याउनु भएको योगदान र प्रेरणाको चर्चा गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिनु पर्नेमा जोड दिनुभयो ।

सम्मानित व्यक्तित्व वाइवाले योगमाया नेपालीको मनभरिमा बस्न सफल रहेको बताउँदै पारिजातले समेत उहाँलाई बहुआयामिक व्यक्तित्व मानेको स्मरण गराउनु भयो । अर्का सम्मानित व्यक्ति बस्नेतले योगमायाको समाधिस्थल बारे बोल्नुभएको थियो ।

कार्यक्रममा पुरस्कारका संस्थापकहरू पवन आलोक र राजेश न्यौपाने लगायतले योगमायाको व्यक्तित्वको चर्चा गर्दै योगमाया सम्मानको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

Facebook Comments Box

Similar Posts